हापुरे , २८ कार्तिक । बबई गाउँपालिका वडा नं. ३ स्थित सचेतना युवा क्लबले देउसी भैलोबाट संकलित रकमले धनुवास गाउँको सडकमा बत्ती जडान गरेको छ ।

क्लबले देउसी भैलोबाट संकलित रकमलाई सामाजिक कार्यमा लगाएर समाजको विकाससँगै सकारात्मक सन्देश फैलाउन सडकको पोलमा बत्ती जडान गरेको जनाएको छ । देउसी भैलो खेलेर समाजबाट जम्मा गरेको पैसा समाजको हितका लागि नै खर्च गर्ने भन्दै क्लबले पोलहरुमा बत्ती जडान गरेर उदाहरणीय काम गरेको छ ।

जम्मा भएको रकम एकछिनको रमाइलोमा खर्च गरेर आर्थिक भारमा पर्नुभन्दा सामाजिक कार्यमा लगाउन सके समाजलाई विकसित गर्न सकिने रोशन बिकले बताउनुभयो । करिब १५ हजारको लागतमा बत्ती जडान गरिएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस