बंगलाचुलिमा स्थानीयद्वारा प्रदर्शन

घोराही, ७ वैशाख । बंगलाचुलि गाउँपालिकामा लामो समयदेखि एम्बुलेन्स सेवा अभावका कारण सेवा पाउन नसकेका स्थानीयवासीहरू आईतबार प्रर्दशनमा उत्रिएका हुन् । स्वास्थ्य हाम्रो अधिकार, एम्बुलेन्स खोइ सरकार ? भन्ने नारासहित गरिएको प्रदर्शनले जनस्वास्थ्य सेवाको पहुँचमा भइरहेको समस्याप्रति सरकारको ध्यानाकर्षण गराइएको छ । बंगलाचुलि वातावरण तथा दिगो विकास संरक्षण समितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय युवाहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो ।...

जेसीज सप्ताहकाे दाेस्राे दिन लागू औषध दुर्व्यसन विरुद्ध उत्प्रेरणा

चन्द्र प्रकाश नेपाली घोराही, ७ वैशाख । त्रिभुवननगर जेसीज घोराहीले जेसीज सप्ताह–२०२५ को दोस्रो दिन लागू औषध दुर्व्यसन विरुद्ध उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ । सप्ताहको दोस्रो दिन आइतवार घोराही १७ कर्जाही स्थित निर्णय पुनर्स्थापना केन्द्र र बुद्ध ईन्टरनेशनल हस्पिटलसँग सहकार्यमा लागू औषध दुर्व्यसन विरुद्ध उत्प्रेरणा कार्यक्रम सम्पन्न गरिएको हो । त्रिभुवननगर जेसीज वर्ष २०२५ का अध्यक्ष टंकबहादुर रावतको अध्यक्षता तथा...

जेसिज सप्ताह सुरु, पहिलाे दिन सेवा आश्रितहरुलाई भाेजन

घाेराही, ६ बैशाख । हरेक वर्ष जेसीज सप्ताह सञ्चालन गर्दै आएकाे त्रिभुवननगर जेसीजले आजदेखि जेसीज सप्ताह - २०२५ उद्घाटन गरेकाे छ । घाेराही उपमहानगरपालिका १० नारायणपुरस्थित मानव कल्याण समाज (सेवा घर) लाई विभिन्न उपभाेग्य सामग्रीहरु सहयोग तथा सेवा आश्रितहरूलाई भोजन गराउँदै सप्ताहको सुरुवात गरिएको हाे । त्रिभुवननगर जेसीज वर्ष २०२५ का अध्यक्ष जेसी टंक बहादुर रावत (अनन्त)को अध्यक्षता एवम् लुम्बिनी प्रदेश...

प्रेस चाैतारी घाेराहीकाे अध्यक्षमा बस्नेत, वस्तिभित्र लुकेर रहेका समाचार बाहिर ल्याउन आग्रह

विमल याेगी दाङ,६ बैशाख । प्रेस चाैतारी दाङ, घाेराही नगर कमिटीकाे अध्यक्षमा महेश बस्नेत निर्वाचित हुनुभएको छ । चाैतारी नगर कमिटिकाे शनिबार घाेराहीमा सम्पन्न दाेश्राे अधिवेशनले बस्नेतकाे अध्यक्षतामा १५ सदस्यीय नगर कमिटि सर्वसम्मत चयन गरेकाे हाे । जिल्लाका सबै पालिकामा चाैतारीकाे पालिका कमिटि गठन, पूनर्गठन गर्ने निर्णय अनुसार घाेराहीमा नयाँ कमिटि गठन गरिएको हाे । कमिटिकाे उपाध्यक्षमा अनुप आचार्य, महिला उपाध्यक्षमा...

प्रेस चाैतारी दाङकाे प्यानल डिस्कसन, गणतन्त्र विराेधी विरुद्ध डटेर प्रतिवाद गर्ने प्रतिबद्धता

विमल याेगी घाेराही, ५ बैशाख । गणतन्त्रका बिरुद्धमा राजावादीहरुको चलखेल सुरु भइरहँदा गणतन्त्रको सुदृढीकरणका लागि डटेर प्रतिवाद गर्ने दाङका राजनीतिक दल र अधिकारकर्मीहरुले प्रतिबद्धता जनाएका छन् । प्रेस चौतारी नेपाल दाङले शुक्रबार आयोजना गरेको ‘गणतन्त्र सुदृढीकरणका सवालहरू’ विषयक प्यानल डिस्कसन कार्यक्रममा बोल्दै राजनीतिक दल र नागरिक समाजका प्रतिनिधिहरुले एउटै स्वरमा भने, “गणतन्त्र नेपाली जनताको संघर्ष र बलिदानको प्रतिफल हो । कसैले...

चौथो दाङ गजल महफिल वैशाख ६ गते घोराहीमा हुँदै

घोराही, ४ बैशाख । गजल साहित्यको प्रवर्धन तथा यस विधामा क्रियाशील स्रष्टाहरूको सम्मानका लागि चौथो दाङ गजल महफिल–२०८२ आगामी वैशाख ६ गते घोराहीमा आयोजना हुने भएको छ। गजल अभियान दाङको आयोजनामा नेपाल पत्रकार महासङ्घको सभाहल, घोराहीमा हुने महफिलको तयारी पूरा भएको संयोजक प्रबल विष्टले जानकारी दिनुभएकाे  छ । कार्यक्रममा चर्चित गजल गायक सन्तोष रजौरेले गजल प्रस्तुति दिनुहुने छ । त्यस्तै, गजल...

खेलकुद तथा सांस्कृतिक मेलामा विभिन्न प्रतियोगिता जारी

दाङ, २ बैशाख । दाङ सोसाइटी क्लबको १६औं वार्षिक उत्सवको अवसरमा आयोजित प्रथम दाङ जिल्लास्तरीय खेलकुद तथा सांस्कृतिक मेला भव्यरूपमा सञ्चालन रहेको छ । “खेलकुद र संस्कृति दाङको पहिचान, स्वरोजगारको आधार” भन्ने मूल नाराका साथ सुरु गरिएको मेलामा विभिन्न खेलकुद प्रतियोगिता र सांस्कृतिक कार्यक्रमहरू जारी छन् । यसैबीच आज भएका विभिन्न खेल प्रतियोगिता अन्तर्गत भलिबलतर्फ महेन्द्र बहुमुखी क्याम्पसले राप्ती क्याम्पसलाई सिधा...

मुख्यमन्त्री आचार्यद्वारा विद्यालयबाहिर रहेका बालबालिकालाई अनिवार्य भर्ना गर्न अपिल

दाङ, २ बैशाख । लुम्बिनी प्रदेशमा शैक्षिक सत्र २०८२ का लागि विद्यालय भर्ना अभियान जारी छ । `सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षाप्राप्तिको सुनिश्चितता’ भन्ने नारासहित भर्ना अभियान जारी रहेकाे हाे । यसै सन्दर्भमा मुख्यमन्त्री चेतनारायण आचार्यले विद्यालयबाहिर रहेका बालबालिकालाई अनिवार्य रूपमा विद्यालयमा भर्ना गर्न स्पष्ट निर्देशन दिनुभएको छ । उहाँले शिक्षा सबैको मौलिक हक भएकाले एकजना पनि बालबालिका विद्यालयबाहिर...

खेलकुद तथा साँस्कृतिक मेलामा नायक पल शाहको प्रस्तुति, खेल प्रतियोगिता बैशाख २ गतेदेखि

दाङ, ३१ चैत ।  घोराही १४ झिगाैंरामा चैत ३० गतेदेखि सुरु भएको प्रथम दाङ जिल्लास्तरीय खेलकुद तथा साँस्कृतिक मेलाको तेस्रो दिन बैशाख १ गते नायक पल शाहको प्रस्तुति रहने भएको छ । दाङ सोसाइटी क्लबका अध्यक्ष लेखनाथ बुढाथोकीका अनुसार, शाहसँगै कलाकार कमल गाउले, प्रेम शर्मा, सन्दीप सेन्चुरी, सुदन थापा, ममता थापा, निशा गिरि, डिला घरच्वार र युनिस घिमिरेकाे समेत सांगीतिक...

घाेराहीमा जिल्लास्तरीय खेलकुद तथा सांस्कृतिक मेला सुरु

दाङ, ३० चैत । घोराहीमा प्रथम दाङ जिल्लास्तरीय खेलकुद तथा सांस्कृतिक मेला–२०८१ सुरु भएको छ । दाङ सोसाइटी क्लब घोराहीको आयोजना एवम् फ्रेन्ड्स स्केटजोन प्रालिको सहआयोजना तथा लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्रालय र घोराही उपमहानगरपालिकाको संरक्षकत्वमा शनिबारदेखि घोराहीमा प्रथम जिल्लास्तरीय खेलकुद तथा सांस्कृतिक मेला सुरु भएको हो । मेलाको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री...

ताजा समाचार