पेशागत महासंघ दाङकाे वनभाेज तथा शुभकामना आदानप्रदान
सुधासुमन ढकाल
दाङ, ३० चैत । पेशागत महासंघ दाङले नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान र वनभाेज कार्यक्रम सम्पन्न गरेकाे छ । महासंघका अध्यक्ष खिम बहादुर डाँगीकाे अध्यक्षता तथा नेकपा एमालेका केन्द्रीय सदस्य कुमार दसाेैदिकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बाेल्ने वक्ताहरुले नयाँ वर्षको अवसरमा यस्ता कार्यक्रमहरूले आपसी सम्बन्ध सुदृढ बनाउन सहयोग पुग्ने बताएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि कुमार दसौँदीले पेशागत महासंघले...
पत्रकार महासंघ दाङकाे शुभकामना आदानप्रदान, पत्रकारमाथिका चुनाैतीहरु सामना गर्न सशक्त पत्रकारितामा जाेड
विमल याेगी
दाङ, ३० चैत्र । नेपाल पत्रकार महासंघ दाङ शाखाले नयाँ बर्ष २०८२ काे अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेकाे छ ।
महासंघ दाङ शाखा अध्यक्ष सन्ताेष सुवेदिकाे अध्यक्षता तथा नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पाेख्रेलकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियाे । कार्यक्रममा बाेल्दै प्रमुख अतिथि पाेख्रेलले पत्रकारमाथि पछिल्लो समयमा थुप्रै चुनाैतीहरु थपिएको भन्दै चुनाैतिहरुकाे सामना गर्न सशक्त...
पञ्चायतकालिन र गणतन्त्रकालिन आर्थिक सुचकको तुलना गर्दै कार्यपत्र प्रस्तुत
घाेराही, ३० चैत । बुद्धिजीवी परिषद दाङले 'नेपालको पञ्चायतकालिन र गणतन्त्रकालिन व्यवस्थामा आर्थिक समृद्धिका सुचकहरुको तुलना विषयक' कार्यपत्र प्रस्तुति कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल बुद्धिजीवी परिषदका केन्द्रीय सचीव कृष्णप्रसाद लम्सालको प्रमुख आतिथ्यतामा नेपाल पत्रकार महासङ्घ दाङको सभाहलमा आयोजित कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका उप-प्राध्यापक महेन्द्र भण्डारीले कार्यप्रत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यपत्रमाथि टिप्पणी गर्दै नेपाल प्रगतिशील प्राध्यापक संगठन महेन्द्र बहुमुखी क्याम्पस...
नमुना बहुभाषिक शिक्षालयद्वारा नृत्य प्रतियोगिता तथा भित्तेपात्राे विमाेचन
महेश बस्नेत
घाेराही, ३० चैत । घाेराही उपमहानगरपालिका १५ तारापुञ्ज टाेलमा सञ्चालित नमुना बहुभाषिक शिक्षालयले एकल लाेक नृत्य प्रतियोगिता सम्पन्न गरेकाे छ ।
घाेराही उपमहानगरपालिका स्तरीय एकल लाेक नृत्य प्रतियोगितामा ज्ञानमाला एकेडमीकी छात्रा कृष्टिना बेल्बासे प्रथम भएकीछिन् । घाेराही उपमहानगरपालिका १६ सर्रास्थित ज्ञानमाला एकेडेमीमा कक्षा ३ मा अध्ययनरत छात्रा कृष्टिनाले अन्य प्रतियाेगिलाई उछिन्दै प्रथम स्थान हासिल गरेकी हुन् । यसैगरी रमना...
वैशाखभित्र पालिका कमिटी गठन गरिसक्ने चौतारी दाङको निर्णय
घोराही, २६ चैत । प्रेस चौतारी नेपाल दाङले यही वैशाख मसान्तभित्र १० वटै पालिका कमिटी पुनर्गठन गरिसक्ने निर्णय गरेको छ ।
प्रेस चौतारी नेपाल, दाङको सोमबार घोराहीमा बसेको बैठकले पालिका कमिटी पुनर्गठन गर्नका लागि नेताहरूलाई जिम्मेवारी समेत तोकेको छ । जसअन्तर्गत घोराहीमा सविन प्रियासन र महेश बस्नेत, तुलसीपुरमा जेएन सागर र बसन्त परियार, बबईमा प्रेमबहादुर राम्जा र रामप्रसाद सुवेदी, दंगीशरणमा...
लुम्बिनी प्रदेशभर ट्याक्सीलाई रुट इजाजतको व्यवस्था गर्न मजदुर संगठनको माग
दाङ, २६ चैत । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, लुम्बिनी प्रदेशले साना तथा मझौला हलुका सवारी साधन (ट्याक्सी, भ्यान, कार) लाई लुम्बिनी प्रदेशभर सहज रूपमा सञ्चालन गर्न सकिने गरी रुट इजाजत (प्रमिट) को व्यवस्था गर्न माग राखेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमवार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसँग भएको भेटमा संगठनले हाल रुट इजाजत दुई जिल्लामा मात्र सीमित भएकाले...
वन क्षेत्रबाट अपेक्षित राजस्व सङ्कलन नभएकाेप्रति मुख्यमन्त्रीकाे चिन्ता
दाङ, २६ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वन क्षेत्रबाट अपेक्षाअनुसार राजस्व संकलन हुन नसकेकोप्रति गम्भीर समीक्षा गरिनु पर्ने बताउनु भएको छ ।
लुम्बिनी प्रदेशमा सञ्चालन गरिएको सम्बद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्यक्रमको प्रभावकारिता अनुगमन कार्यक्रमको उद्घाटन गर्दै उहाँले वन क्षेत्रलाई अनिवार्यरूपमा करको दायरामा ल्याउनुपर्नेमा जोड दिनुभयो । ‘वन क्षेत्र अनिवार्य रूपमा करको दायरामा आउनुपर्छ । करको दायराभित्र नपर्ने...
लुम्बिनीमा मनाईयो सिँचाई दिवस, ४ सय बढी बाँध निर्माण, ५५ प्रतिशत भू-भागमा सिँचाइ बिस्तार
दाङ, २६ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सिंचाइमा उत्पन्न भएको पानीको संकट समाधानका लागि वैकल्पिक उपायहरू अभ्यासमा ल्याउन सकिने बताउनुभएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय लुम्बिनी प्रदेशले सिंचाइ दिवस २०८१ को अवसरमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले पोखरी निर्माण गरी वर्षाको पानी संकलन गरेर सिंचाइ तथा खानेपानी दुवैमा उपयोग गर्न सकिने योजना अघि...
सिंचाइ दिवसमा उत्कृष्ट कार्यसम्पादन गर्नेहरू सम्मानित
दाङ, २५ चैत । सिंचाइ दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकार अन्तर्गत उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले कार्यसम्पादनकाे आधारमा जल उपभोक्ता समूह, कार्यालय प्रमुख तथा कर्मचारीहरूलाई सम्मान गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्य र उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री सीता शर्मा चौधरीले सम्मान प्रदान गर्नुभएको हो । मन्त्रालयले उत्कृष्ट जल उपभोक्ता समूह, कार्यालय प्रमुख, कर्मचारी, र निर्माण व्यवसायीको मूल्यांकन गरी...
मुख्यमन्त्री आचार्यद्वारा अर्घाखाँची दुर्घटनाका पीडित परिवारसंग भेट
अर्घाखाँची, २४ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँचीको मालारानी गाउँपालिका–३ मा भएको जिप दुर्घटनाका मृतकका परिवारलाई भेट गरी समवेदना प्रकट गर्नु भएको छ । अर्घाखाँची जिल्ला अस्पतालमा पुगेर मृतक परिवारका सदस्य संग भेट र घाइतेहरूको अवस्थाबारे जानकारी लिँदै उहाँले उपचारलाई प्रभावकारी बनाउन जाेड दिनुभयाे ।
लुटीपोखरी–खनदह भित्री सडकखण्डमा लु २ च २९९० नम्बरको सिङ्गल क्याब जिप अनियन्त्रित भई...














