विश्व वातावरण दिवसमा ग्लोबल आईएमई बैंकद्वारा वृक्षारोपण सम्पन्न

दाङ, जेठ २२ । विश्व वातावरण दिवसको अवसरमा ग्लोबल आईएमई बैंक लिमिटेड, घोराही शाखाले घोराही उपमहानगरपालिका–१५ स्थित पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालय परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा विभिन्न प्रजातिका करिब १५० बिरुवा रोपिएका छन्। कार्यक्रमको उद्घाटन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास चौधरी, प्रधानाध्यापक लाेकबहादुर बस्नेत र बैंकका शाखा प्रबन्धक ठेकराज विनाडीले संयुक्त रूपमा वृक्षारोपण गरी शुभारम्भ गरीएकाे...

विश्व वातावरण दिवसको अवसरमा जनचेतनामूलक र्‍याली

घोराही, २२ जेठ । विश्व वातावरण दिवस २०२५ को अवसरमा आज घोराही उपमहानगरपालिका–१५, तुलसीपुर चोकमा जनचेतनामूलक र्‍याली सम्पन्न भएकाे छ। घाेराही उपमहानगरपालिका वातावरण तथा विपद महाशाखाकाे आयाेजना तथा सञ्जीवनी कलेज अफ हेल्थ साइन्स र पिरामिड एकेडेमीको प्राविधिक सहयाेगमा उक्त जनचेतनामूलक र्‍यालीकाे आयाेजना गरिएकाे थियाे । र्‍याली तुलसीपुर चाेकबाट सुरु भइ ट्राफिक चाेक, हस्पिटल राेड, नेपाल टेलिकम राेड, लखन पार्क, दामाेदर...

अब घरजग्गा किनबेच गर्दा बैंक स्टेटमेन्ट अनिवार्य

जेठ २२, काठमाडौं । सरकारले घरजग्गा कारोबारमा किन्ने र बेच्ने दुवैले बैंक स्टेटमेन्ट अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था लागू गरेको छ। नयाँ निर्देशिकाअनुसार अबदेखि घरजग्गा किनबेच गर्दा दुवै पक्ष (किन्ने र बेच्ने) ले बैंक स्टेटमेन्ट र केवाईसी फारम अनिवार्य रूपमा भरी पेश गरेपछि मात्र लिखत पारित गरिनेछ। १० लाख रुपैयाँभन्दा माथिको कारोबार अनिवार्य रूपमा बैंकिङ प्रणाली वा विद्युतीय माध्यमबाट गर्नुपर्ने...

आगामी २४ घण्टाको मौसम पूर्वानुमान

जेठ २२, काठमाडौं । देशका विभिन्न भूभागमा आज (बिहिबार) हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।विभागका अनुसार दिउँसो कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भूभागमा भने मुख्यतः सफादेखि आंशिक बदलीको अवस्था रहनेछ। कोसी प्रदेशका केही स्थान, पहाडी भूभागका थोरै स्थान तथा अन्य प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र...

संघीय संसद्को दुवै सदनको बैठक आज बस्दै

जेठ २२, काठमाडौं । संघीय संसद्का दुवै सदन—प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बिहिबार बस्ने भएको छ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ बजेर १५ मिनेटमा सुरु हुने कार्यतालिका संसद् सचिवालयले सार्वजनिक गरेको छ। प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले "आगामी आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल गरियोस्" भन्ने...

झोलुंगे पुल बिक्री प्रकरणमा वडा अध्यक्ष सहित २ जनालाइ चोरी मुद्दा

जेठ २१, काठमाडौं । गत असोजमा परेको अविरल वर्षा र त्यसपछिको बाढी–पहिरोले उपत्यका आसपासका बस्तीहरू डुबानमा परे। बीपी राजमार्गसमेत पहिरोले अवरुद्ध बनायो भने पुलहरू बगायो। कोसी नदी मात्र नभई सिन्धुपाल्चोक, सिन्धुली र काभ्रेका सहायक नदी तथा खोलाहरूले ठूलो क्षति पुर्‍याएकाे थियाे। त्यसै क्रममा काभ्रेको रोशी खोलामा आएको बाढीले नमोबुद्ध नगरपालिका–६ र रोशी गाउँपालिका–७ जोड्ने झोलुंगे पुल समेत बगाएको थियो। बाढीले...

विश्वकप लिग–२ मा नेपालद्वारा नेदरल्यान्ड्स ५ विकेटले पराजित

जेठ २२, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको छ।स्कटल्यान्डको डुन्डीमा हिजो सम्पन्न खेलमा नेपालले नेदरल्यान्ड्सले दिएको २ सय २६ रनको लक्ष्य ४७ ओभर १ बलमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो। नेपालका आरिफ शेखले सर्वाधिक ७८ रन बनाएर अर्धशतक पूरा गर्दै ‘प्लेयर अफ द म्याच’ घोषित भए। यस्तै, दीपेन्द्र सिंह ऐरीले ३८ रनको...

गाजाको अवस्था नर्कभन्दा पनि भयावह : रेडक्रस अध्यक्ष

जेठ २१, । गाजास्थित सहायता केन्द्रहरू एक दिनका लागि बन्द भएका छन्। इजरायली रक्षा बल (आईडीएफ) ले सहायता केन्द्र जाने सडकहरूलाई ‘लडाइँ क्षेत्र’ घोषणा गरेपछि  ती केन्द्रहरू बन्द गरिएका हुन्। अमेरिका र इजरायलको समर्थनमा सञ्चालित विवादास्पद मानवीय संस्था गाजा ह्युम्यानिटेरियन फाउन्डेशन  ले सहायता वितरण केन्द्रहरू केही समयका लागि बन्द गरिएको जानकारी दिएको छ। संस्थाका अनुसार केन्द्रहरूमा अद्यावधिक तथा संगठनात्मक सुधारका...

एमालेको ‘विकास योजना चित्र’ अभियान : जनताको घरघरमा पुगेर समस्या संकलन

जेठ २१, झापा – नेकपा एमालेले जनताको घरदैलोमा पुगेर समस्या पहिचान गर्ने र त्यसको आधारमा विकासको योजना तयार गर्ने अभियान सुरु गरेको छ। जनचाहनामा आधारित विकासको खाका बनाउन झापा जिल्लामा बुधबार अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको हो। कोशी प्रदेशको समृद्धिका लागि झापाको विकास योजना चित्र तयार पार्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा नेकपा एमालेका नेताहरूले अब गाउँगाउँ पुगेर जनसमस्याको तथ्य संकलन...

रौतहट जिल्लामा अवैध मदिराको बिगबिगी

रौतहट, २१ जेठ । रौतहट जिल्लाका ग्रामीण क्षेत्रहरूमा अवैध मदिरा भट्टी सञ्चालन भइरहेकाले स्थानीयको जनस्वास्थ्यमा गम्भीर समस्या देखापरेको छ। स्थानीय प्रहरी प्रशासनले यस्ता अवैध भट्टी नियन्त्रण गर्न नसक्दा अवैध मदिराको उत्पादन र वितरण दिनप्रतिदिन बढ्दो छ। राजपुर, मठिया, महादेवपट्टी, झुनखुनुवा, चन्द्रपुरलगायतका दर्जनौँ स्थानमा प्रहरी प्रशासनको मिलेमतोमा अवैध मदिरा खुलेआम बिक्री वितरण भइरहेको स्थानीयवासीहरू बताउँछन्। खुलेआम हुने यस्तो अवैध कारोबारले कानुनी...

ताजा समाचार