विद्यालय शिक्षा विधेयकबाट पन्छिँदै सरकार, शिक्षक महासंघसँगको छलफललाई देखाउँदै
जेठ २१, काठमाडौँ । विद्यालय शिक्षा विधेयकमाथिको छलफल अनिश्चित बनेको छ। प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा कहिलेदेखि विधेयकमाथि छलफल सुरु हुने हो भन्ने विषय अझै टुंगो लाग्न सकेको छैन। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले नेपाल शिक्षक महासंघसँग विगतमा भएका सहमति विधेयकमा समेट्ने विषयमा वार्ताका लागि एक हप्ता समय मागेका थिए। सोही अनुरूप जेठ ११ गते...
प्रतिनिधिसभा बैठक स्थगितः बिहीबार एक बजे सारीयाे
जेठ २१, काठमाडौँ । भिजिट भिसा प्रकरणको विषयलाई लिएर अवरुद्ध संघीय संसद् प्रतिनिधि सभाको बैठक आज बुधबार पनि स्थगित भएकाे छ । यसअघि आज दिउसो १ बजेका लागि ताेहिएकाे बैठक पनि भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाका विषयमा सत्तापक्ष र प्रतिपक्ष आ–आफ्नै अडानमा रहेपछि सूचना टाँस गरेर सवा ३ बजेसम्मका लागि स्थगित गरिएको थियो । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक...
बिजुलीको पोलले थिचिँदा ललितपुरमा एक जनाको मृत्यु
जेठ २१, ललितपुर । ललितपुरको ठैवमा बिजुलीको पोल सार्ने क्रममा पोलले थिचिँदा एक व्यक्तिको मृत्यु भएको छ।गोदावरी नगरपालिका–१४ स्थित सरस्वतीटार टोलमा आज बुधबार बिहान बाटो निर्माणका क्रममा डोजरले पोललाई ठीकसँग अड्याउन नसक्दा बिजुलीको पोल लडेर स्थानीय ५५ वर्षीय रमेश शाहीको ज्यान गएको हो। घटनाबारे प्रहरी वृत्त बाँडेगाउँका प्रहरी निरीक्षक विक्रम केसीले जानकारी दिनुभयो।
घटनापछि आक्रोशित स्थानीयवासीहरूले डोजरको दायाँपट्टिको सिसा फुटाएका...
दाङमा साथीको कुटपिटबाट एक जनाको मृत्यु
जेठ २१, दाङ – दाङको तुलसीपुरमा साथीको कुटपिटबाट एक व्यक्तिको मृत्यु भएको छ। रुकुमको बाफिकोट स्थायी घर भई तुलसीपुर उपमहानगरपालिका–८ दुधेनामा बसोबास गर्ने विशाल गिरीको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
प्रहरीका अनुसार, दुई दिनअघि बेलुका गिरीलाई उनका साथी यज्ञ वलीले कुटपिट गरेका थिए। कुटपिटबाट घाइते भएका गिरीलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज लगिएको थियो।
टाउकोमा गम्भीर चोट लागेका...
दाङकाे राम्री–कपुरकोट सडकखण्ड नौ दिनका लागि बन्द हुने
जेठ २१, दाङ । राप्ती लोकमार्गअन्तर्गत दाङको राम्री–कपुरकोट सडकखण्ड नौ दिनका लागि बन्द हुने भएको छ।सडक स्तरोन्नतिको कार्य हुने भएकाले सो सडकखण्ड आगामी नौ दिनसम्म बन्द रहने जिल्ला प्रशासन कार्यालय दाङले जानकारी दिएको छ।
प्रशासन कार्यालयले एक सूचना जारी गर्दै पर्सि अर्थात् २३ गतेदेखि असार १ गतेसम्म हरेक दिन ६ घण्टा सडक बन्द हुने जनाएको छ। सडक बिहान ११ बजेदेखि...
बालअधिकारको संरक्षणका लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै
जेठ २१, काठमाण्डौ । आज (बुधबार) ‘निर्दोष बालबालिकामाथिको अत्याचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस’ मनाइँदैछ। संयुक्त राष्ट्रसंघको महासभाले सन् १९८२ को अगस्ट १९ मा प्यालेस्टाइनसम्बन्धी आपतकालीन विशेष अधिवेशनमार्फत इजरायलको आक्रमणका कारण प्यालेस्टाइन र लेबनानका बालबालिकाले भोगेको हिंसाबाट स्तब्ध हुँदै उक्त दिनलाई अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाउने निर्णय गरेको थियो।
यस दिवसको उद्देश्य विश्वभरका बालबालिकाले सहनुपरेको शारीरिक, मानसिक तथा भावनात्मक पीडालाई सम्बोधन गर्नुका साथै उनीहरूको...
आन्दोलन स्थगितपछि दाङमा सार्वजनिक सवारी चल्न थालेः यात्रु संख्या न्यून
भरत वली
दाङ, जेठ २१ । गण्डकी प्रदेश सरकारले ‘राइड शेयरिङ नियमावली’ एक महिनाका लागि स्थगित गर्ने निर्णय गरेसँगै यातायात व्यवसायीहरूले आफ्ना आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्। आन्दोलन स्थगित भएसँगै दाङको घोराहीसहित विभिन्न स्थानमा सार्वजनिक गाडीहरू पुनः सञ्चालनमा आएका छन्।
पछिल्लाे दुई दिनसम्म सार्वजनिक सवारी अवरुद्ध हुँदा यात्रुहरूले ठूलो सास्ती भोग्नुपरेको थियो। सोमवार मध्यरातमा सरकार र व्यवसायीबीच सहमति भए पनि त्यसको कार्यान्वयन...
राइड सेयरिङ नियमावली स्थगित, यातायात व्यवसायीको आन्दोलन फिर्ता
२० जेठ, काठमाडौं । गण्डकी प्रदेश सरकारले राइड सेयरिङसम्बन्धी नियमावली फिर्ता लिने निर्णय गरेपछि यातायात व्यवसायीहरूले आन्दोलनका सबै कार्यक्रम हाललाई स्थगित गरेका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरका अनुसार प्रदेश सरकारको निर्णयपछि व्यवसायीहरू आन्दोलन स्थगित गर्न सहमत भएका हुन्।
गण्डकी प्रदेशले ल्याएको नियमावलीप्रति आपत्ति जनाउँदै साेमबार देखि सार्वजनिक यातायात व्यवसायीहरू आन्दोलनमा उत्रिएका थिए। आन्दोलनकै क्रममा देशभर सडक...
गण्डकी सरकारले राइड सेयरिङ नियमावली एक महिनाका लागि स्थगित गर्याे
जेठ २०, पोखरा । गण्डकी प्रदेश सरकारले राइड सेयरिङसम्बन्धी नियमावलीको कार्यान्वयन एक महिनाका लागि स्थगित गर्ने निर्णय गरेको छ।मुख्यमन्त्री कार्यालयका एक अधिकारीका अनुसार संघीय सरकारले पठाएको पत्रका आधारमा नियमावलीलाई अस्थायी रूपमा रोक्ने निर्णय गरिएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मङ्गलबार नियमावली कार्यान्वयन रोक्न प्रदेश सरकारलाई पत्र पठाएको थियो। उक्त पत्र प्राप्त भएपछि मुख्यमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले सम्बन्धित मन्त्री तथा पदाधिकारीहरूसँग छलफल...
मनसुन पूर्व तयारीमा चुनौती, १७ हजार बढी जनशक्ति परिचालन गरिँदै
काठमाडौँ, जेठ २० । सरकारले मनसुनजन्य विपद् व्यवस्थापनमा सीमित स्रोतसाधनका कारण अपेक्षित रूपमा उद्धार तथा राहत कार्य गर्न कठिन रहेको जनाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता एवं उपसचिव रामबहादुर केसीले जोखिम न्यूनीकरणका लागि आवश्यक उपकरण तयारी अवस्थामा राखिए पनि पर्याप्त संख्यामा नभएकाले विपद्पछिको उद्धार तथा राहत कार्यमा समस्या आउन सक्ने...














