९ बुँदे सहमति पश्चात् शिक्षक आन्दोलन फिर्ता — भोलिबाट पठनपाठन सुरु हुने
काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच ९ बुँदे सहमति भएपछि शिक्षकहरुले आन्दोलित कार्यक्रमहरू फिर्ता लिएका छन् । सहमति मन्त्रिपरिषद्बाट पारित भएसँगै आन्दोलन स्थगित भएको शिक्षामन्त्री रजुजी पन्तले पत्रकार सम्मेलनमार्फत जानकारी गराउनुभयो ।
शिक्षक आन्दोलनको अन्त्यसँगै भोलिदेखि विद्यालयहरूमा नियमित पठनपाठन सुरु हुने र विद्यार्थी भर्ना प्रक्रिया अघि बढाइने मन्त्री पन्तले बताउनुभयो । सरकार र शिक्षकबीचको सहमतिको आधारमा शैक्षिक वातावरण पुनः सामान्य...
भालुबाङ अस्पतालको मुख्यमन्त्री आचार्यद्वारा उद्घाटन, विशेषज्ञ सेवा विस्तार
भालुबाङ, १५ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भालुबाङ अस्पतालको उद्घाटन गर्नुभएको छ । उपस्वास्थ्य चौकी, स्वास्थ्य चौकी, प्रस्तावित अस्पताल हुँदै भालुबाङ अस्पताललाई ५० शैयामा स्तरोन्नति गरिएको हो । प्रस्तावित भालुबाङ अस्पतालले अस्पतालको रूपमा मान्यता पाएपछि सोमबार मुख्यमन्त्री आचार्यले उद्घाटन गर्नुभएको हो ।
मुख्यमन्त्री आचार्यले भालुबाङ अस्पताललाई विशिष्टीकृत अस्पतालको रूपमा प्रदेश सरकारले अघि बढाएकाे र जनशक्तिको व्यवस्थापनसहित गुणस्तरीय स्वास्थ्य...
बैंक तथा वित्तीय क्षेत्रको अनुगमन प्रभावकारी बनाउन जरुरी:मुख्यमन्त्री आचार्य
बुटवल, १४ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वित्तीय अनुशासन कायम राख्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय क्षेत्रको अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ ।
नेपाल राष्ट्र बैंकको ७०औं वार्षिकोत्सव समारोहको आइतबार रुपन्देहीमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले बैंक तथा वित्तीय क्षेत्रमा बेलाबखत देखा पर्ने समस्याले उपभोक्तालाई चिन्तित बनाउने भएकाले अनुगमन क्षेत्रलाई अझ प्रभावकारी बनाउनुपर्ने बताउनुभएको हो ।
बैंक तथा वित्तीय...
घोराही ६ मा तीन दिने सिर्जनात्मक कथालेखन प्रशिक्षण सम्पन्न
घोराही, १२ वैशाख । घोराही उपमहानगरपालिका वडा नम्बर ६ मा बालबालिकाका लागि तीन दिने सिर्जनात्मक कथा लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । वडाध्यक्ष विष्णुराम आचार्यको अध्यक्षता तथा समाजसेवी ऋषिराज जङ्गलीको प्रमुख अतिथ्यतामा प्रशिक्षण कार्यक्रमको समापन गरिएको थियो ।
वडा नम्बर ६ भित्र रहेका मावि जजरा गाउँ र अर्वराइजिङ एकेडेमीका विद्यार्थीहरूको सहभागिता रहेको सिर्जनात्मक कथालेखन प्रशिक्षण कार्यक्रमको प्रमुख प्रशिक्षकमा नेपाल...
सेवा निवृत्त पाैडेललाई प्याब्सन घाेराहीद्वारा सम्मान
महेश बस्नेत
घाेराही, ११ बैशाख । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घाेराही नगर कमिटीले सेवा निवृत्त हुनुभएका घाेराही उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख नारायण प्रसाद पाैडेललाई सम्मान गरेकाे छ । बिहिवार बिदाइ तथा शुभकामना कार्यक्रममार्फत सेवा निवृत्त पाैडेललाई प्याब्सन घाेराहीले मायाकाे चिनाे प्रदान गरि सम्मान गरेकाे छ ।
प्याब्सन घाेराही नगर कमिटीका अध्यक्ष बालकृष्ण ओलीकाे अध्यक्षता एवम् प्याब्सन दाङका...
विमानस्थल जसरी, जुनसुकै हालतमा पनि सञ्चालन हुनुपर्छ´ : मुख्यमन्त्री आचार्य
भैरहवा, १० वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गाैतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलकाे दिगाे सञ्चालनका लागि प्रदेश सरकारले संघीय सरकारको गम्भीर ध्यानाकर्षण गराएको बताउनुभएको छ ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले बुधबार भैरहवामा आयोजना गरेको विमानस्थलको दीगो सञ्चालन सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशको आर्थिक तथा पर्यटन विकासका लागि यो विमानस्थल मेरुदण्ड भएको उल्लेख गर्नुभयो । उहाँले...
घोराही–१८ को भर्ना अभियानमा जनप्रतिनिधि, विव्यस लाग्ने
घोराही, ८ बैशाख । घोराही उपमहानगरपालिका वडा नं. १८ ले सामुदायिक विद्यालयमा भर्ना अभियान आज मंगलबारबाट गर्ने निर्णय गरेको छ । वडा अध्यक्ष भरतमणी अर्यालको अध्यक्षतामा बसेको बैठकले शिक्षकहरुको आन्दोलनका कारणले समयमा भर्ना अभियान सञ्चालन हुन नसकेको भएपनि आज मंगलबारबाट भर्ना अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
वडा नं. १८ का अध्यक्ष अर्याल, वडासदस्यहरु किरण पोख्रेल, टिकाराम थापा, लैया...
पोषणका लागि रैथाने बालिको प्रयोग बढाऔं : मुख्यमन्त्री आचार्य
दाङ, ८ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पोषणयुक्त खानपान र स्वस्थ जीवनशैलीका लागि प्रदेश सरकारले विशेष ध्यान दिएको बताउनु भएको छ ।
`समतामूलक, उत्थानशील तथा दिगो खाद्य प्रणाली उन्मुख नेपाल : स्वच्छ र पोषणयुक्त खाद्यमा सबैको पहुँच´ भन्ने मूल नाराका साथ आयोजित खाद्य प्रणाली संवाद कार्यक्रममा मुख्यमन्त्री आचार्यले रैथाने खाद्यान्न बालिमा पोषणको मात्रा अधिक रहेको भन्दै रैथाने बालिको...
जेसीज सप्ताहको तेस्रो दिन, भ्याट ट्याक्स सचेतना सम्पन्न
चन्द्र प्रकाश नेपाली
घोराही, ८ वैशाख । त्रिभुवननगर जेसीज घोराहीले जेसीज सप्ताह–२०२५ को तेस्रो दिन भ्याट ट्याक्स सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरेको छ । सप्ताहको तेस्रो दिन सोमबार घोराही १५ स्थित त्रिभुवननगर जेसीजको आफ्नै हलमा व्यवसायी, विद्यार्थीलगायत सरोकारवालाहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न गरिएको थियाे ।
त्रिभुवननगर जेसीज वर्ष २०२५ का अध्यक्ष टंकबहादुर रावतको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नम्वर १५ का वडा...
जितगढी किल्लालाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न पहल लिन्छौं: मुख्यमन्त्री आचार्य
रुपन्देही, ७ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जितगढी किल्लालाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न प्रदेश सरकारले पहल लिने बताउनु भएको छ । संघीय सरकारसँग समन्वय गरेर जितगढी किल्लालाई सूचिकृत गर्ने उल्लेख गर्दै उहाँले राष्ट्रिय गौरवको विषयलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रयास गरिने बताउनु भएको हो ।
जितगढी उत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले कर्णेल उजिरसिंह थापालाई राष्ट्रिय सपुतका रूपमा नामाकरण...














