प्रथम रुरुक्षेत्र शालग्राम महोत्सव २०८२’ काे उद्घाटन, संस्कृति र पर्यटन प्रवर्द्धन प्रदेश सरकारको प्राथमिकता: मुख्यमन्त्री आचार्य

पाल्पा, २६ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशका धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण मानिएका स्थलहरूको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसारलाई प्राथमिकतामा राखेर सरकारले विशेष ध्यान दिएको बताउनु भएको छ । पाल्पाको रुरुक्षेत्र धाममा आयोजित ‘प्रथम रुरुक्षेत्र शालग्राम महोत्सव २०८२’ को शुक्रबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले आन्तरिक तथा बाह्य पर्यटकहरू भित्र्याउने गरी सरकारले ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक स्थलहरूको...

मुख्यमन्त्री आचार्य र स्विस राजदूत बीच शिष्टाचार भेटवार्ता, सहकार्य विस्तारमा जोड

दाङ, २४ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र नेपालका लागि स्विजरल्याण्डका राजदूत डा. ड्यानिएल मेउलीबीच बुधबार शिष्टाचार भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, राप्ती उपत्यका (देउखुरी) मा सम्पन्न उक्त भेटवार्तामा मुख्यमन्त्री आचार्यले संघीयताको सुदृढीकरण र विकासका लागि स्विस सरकार तथा साझेदार संघसंस्थाबीच अझ सघन सहकार्य आवश्यक रहेको बताउनुभयो । प्रदेश सरकार आत्मनिर्भरताको बाटोमा अघि बढिरहेको उल्लेख गर्दै...

प्याब्सन घाेराहीद्वारा महाशाखा प्रमुख ओलीलाई सम्मान

महेश बस्नेत घाेराही, २३ वैशाख । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घाेराही नगर कमिटीले घाेराही उपमहानगरपालिका सामाजिक विकास महाशाखा का नवनियुक्त प्रमुख घनश्याम ओलीलाई बधाई तथा स्वागत-सम्मान गरेकाे छ । गत १२ गते महाशाखा प्रमुख नारायण प्रसाद पाैडेल सेवा निवृत्त भएपछि रिक्त रहेकाे उक्त जिम्मेवारीमा घाेराही उपमहानगरपालिकाकाे कार्यपालिकाले ओलीलाई नियुक्त गरेकाे हाे । प्याब्सन घाेराही नगर कमिटीका अध्यक्ष बालकृष्ण ओलीको...

लुम्बिनीमा पोषण सुधारका लागि महिला स्वास्थ्य स्वयंसेविका परिचालनको रणनीति

दाङ, २२ वैशाख । लुम्बिनी प्रदेश सरकारले सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई पोषण सुधारका लागि समेत सक्रियरूपमा परिचालन गर्ने रणनीति तयार गर्ने भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाल स्वास्थ्य स्वयंसेवी संघ (नेभा) लुम्बिनी प्रदेशका प्रतिनिधिहरूसँगको भेटमा प्रदेश सरकारले मातृ मृत्युदर, बाल मृत्युदर घटाउने र पोषण सुधार गर्ने उद्देश्यले महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई परिचालन गर्ने योजना बनाउने जानकारी दिनुभयो । ‘सामुदायिक स्वास्थ्य...

जब मुख्यमन्त्री आचार्य बाँकेकाे किगंरियनपुर पुग्नुभयाे…

बाँके, २० वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य शनिबार नेपालगञ्जमा आयोजित मुस्लिम इत्तेहाद संगठनको राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन पुग्नु भएको थियो । कार्यक्रममा सहभागी भएसँगै मुख्यमन्त्री आचार्यलाई नेपालगञ्ज उपमहानगरपालिका–२२ मा रहेको किगंरियनपुर बस्तीबाट एउटा ज्ञापनपत्र बुझाइयो । जब मुख्यमन्त्री आचार्यले ज्ञापनपत्रमा समेटिएका विषयहरू अध्ययन गर्नु भयो, त्यसपछि उहाँलाई बस्तीमै पुगेर स्थलगत अवलोकन गर्नुपर्ने आवश्यकता महसुस भयो...

लुम्बिनी सरकारकाे नीति तथा बजेट प्राथमिकतामा दलहरूका सुझाव

दाङ, १९ बैशाख । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ काे नीति तथा कार्यक्रम र बजेटकाे प्राथमिकता निर्धारणका लागि प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख तथा जिम्मेवार प्रतिनिधिहरूसँग छलफल गरेकाे छ । मुख्यमन्त्री चेतनारायण आचार्यले नीति तथा कार्यक्रम र बजेटलाई लक्ष्य, उद्देश्यअनुकूल बनाउने र कार्यान्वयन पक्षलाई सुदृढ गर्ने उद्देश्यका साथ शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय, राप्ती उपत्यका (देउखुरी)...

ज्ञानमालामा समूह व्यवस्थापन तालिम

महेश बस्नेत घाेराही, १९ बैशाख । क्लबका पदाधिकारी तथा सदस्यहरुका लागि एकदिने समूह व्यवस्थापन तालिम शुक्रबार घाेराही उपमहानगरपालिका १६ सर्रास्थित ज्ञानमाला एकेडेमीमा सम्पन्न भएकाे छ । ज्ञानमाला एकेडेमीको आयाेजनामा शुक्रबारीय अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यालयमा गठित विभिन्न क्लबहरुका पदाधिकारी तथा सदस्यहरुलाई उक्त तालिम सञ्चालन गरिएकाे थियाे । विद्यालयमा गठित सिर्जनशील बाल क्लबका अध्यक्ष स्मारिका चाैधरीकाे अध्यक्षता एवम् घाेराही उपमहानगरपालिकाका राेजगार संयाेजक किरण...

राष्ट्रिय सूचना तथा प्रविधि दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

घोराही, १९ वैशाख । कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ) दाङ शाखाको आयोजनामा बिहीबार राष्ट्रिय सूचना तथा प्रविधि दिवस २०८२ (२०२५) को अवसरमा “सूचना प्रविधिको अभियान, डिजिटल नेपालको निर्माण” विषयक वक्तृत्वकला प्रतियोगिता मेचीकाली आवासीय विद्यालय, घोराहीमा सम्पन्न भएको छ। क्यान दाङ शाखाका अध्यक्ष धर्म बहादुर के.सी.को अध्यक्षता तथा क्यान महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष रेशम गिरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्लाका ११...

नागरिकलाई सहि सुचना दिन पत्रकार उत्पादन आवश्यक : केसी

भालुवाङ १८ वैशाख । प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य दुर्गालाल केसीले नागरिकहरूलाई सही सूचना प्रदान गर्न अब हरेक स्थानीय तहहरूमा पत्रकार उत्पादन गर्न आवश्यक रहेको बताउनुभएको छ। बिहीबार दाङको राप्ती गाउँपालिका- ३ मसुरियामा प्रेस चौतारी नेपाल राप्ती गाउँपालिका कमिटीले आयोजना गरेको तीन दिने आधारभूत पत्रकारिता तालिम उद्घाटन समारोहमा बोल्दै केन्द्रीय सदस्य केसीले सो कुरा बताउनु भएको हो । प्रमुख अतिथि...

श्रमिक दिवसमा सम्मानित भए श्रमिकहरु

खगेश्वर पाैडेल घाेराही, १८ बैशाख । पेशागत महासंघ जिल्ला समन्वय समिति दाङले आज अन्तराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर आयोजित शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा विभिन्न क्षेत्रका श्रमिकहरुलाई सम्मान गरेको छ । नेकपा एमाले दाङ जिल्ला अध्यक्ष शिवकुमार आचार्यको प्रमुख आतिथ्यता एवम् नेकपा एमालेका जिल्ला उपाध्यक्ष मनोहर बुढाथोकी र पेशागत महासंघ नेपालका केन्द्रिय निर्वाचन आयोगका अध्यक्ष उद्दव न्यौपानेको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न...

ताजा समाचार