मदन भण्डारीले मनायो ३२ औं मदन स्मृति दिवस

विमल भण्डारी घोराही, ३ बैशाख । घोराही उपमहानगरपालिका १७ गुलरियामा अवस्थित मदन भण्डारी मेमोरियल स्कुलले जननेता मदन भण्डारीको ३२ औं स्मृति दिवस मनाएको छ । विद्यालयले घोराही उपमहानगरपालिका वडा नम्बर १७ मा रहेका विद्यालयहरुका बिचमा हाजिरीजवाफ प्रतियोगिता आयोजना गरी स्मृति दिवस मनाएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज अधिकारीको अध्यक्षता एवम् घोराही उपमहानगरपालिकाका शिक्षा संयोजक राममणि पाण्डेको प्रमुख आतिथ्यतामा प्रतियोगिता...

एमाले दाङले मनायो लमहीमा मदन आश्रित स्मृति दिवस

देउखुरी, ३ जेठ । नेकपा एमाले दाङले मदन आश्रीत स्मृति दिवस दाङको लमहीमा मनाएको छ । लमही नगरपालिका–५ स्थित सहिद नेत्रलाल स्मृती भवन रातोडाँडामा आयोजित कार्यक्रममा जननेता मदन भण्डारी र जीवराज आश्रितको योगदानलाई स्मरण गर्दै संगठन सुदृढीकरण र जबजको सिद्धान्तको महत्वमा जोड दिइएको छ । एमाले दाङका अध्यक्ष शिवकुमार आचार्यको अध्यक्षता एवं नेकपा (एमाले) केन्द्रीय पोलिटब्युरो सदस्य शान्ता चौधरीको प्रमुख...

महिला अधिकार सुनिश्चितताका लागि पचास प्रतिशत महिलाकाे प्रतिनिधित्व हुनुपर्छ : केन्द्रीय सदस्य केसी

घाेराही, ३ बैशाख । अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य तुलसा केसीले महिलाहरुकाे अधिकार सुनिश्चितताका लागि तेत्तीस प्रतिशत नभइ पचास प्रतिशत महिलाकाे प्रतिनिधित्व हुनुपर्ने बताउनुभयाे । अखिल नेपाल महिला संघ घाेराही उपमहानगरपालिका वडा नं. ८ काे वडा अधिवेशनकाे उद्घाटन गर्दै केसीले यस्ताे बताउनुभएको हाे । अधिवेशनकी प्रमुख अतिथि समेत रहनुभएकी केन्द्रीय सदस्य केसीले राज्यका हरेक तह र तप्कामा महिलाहरुकाे प्रतिनिधित्व...

त्रिभुवननगर जेसीजले मनायाे ४० औं स्थापना दिवस

महेश बस्नेत घाेराही, २ जेठ । त्रिभुवननगर जेसीजले आफ्नाे ४० औं स्थापना दिवस भव्यरुपमा मनाएकाे छ । त्रिभुवननगर जेसीजका अध्यक्ष टंक बहादुर रावतकाे अध्यक्षता एवम् नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष कृष्ण सापकोटाकाे प्रमुख आतिथ्यतामा आयाेजित स्थापना दिवसमा त्रिभुवननगर जेसीजका संस्थापकहरुलाई सम्मान गरिएकाे थियाे । सम्मानित हुनुहुनेमा संस्थापक कार्यकारिणी उपाध्यक्ष देवी बहादुर डिसी, उपाध्यक्ष किशाेर कुमार शर्मा, सदस्यहरु हरिभक्त भण्डारी, लिलाधर शर्मा,...

जेसीजकाे वक्तृत्वकलाकाे फाइनलमा सात विद्यार्थी छनाैट

घाेराही, १ जेठ । त्रिभुवननगर जेसीजकाे ४० औं स्थापना दिवसका अवसरमा आयाेजित माविस्तरीय दुर्गा नारायण वक्तृत्वकला प्रतियोगिता २०२५ काे छनाैट चरण बिहीबार सम्पन्न भएकाे छ । जेसीज सचिवालयमा आयाेजित प्रतियोगितामा बीस विद्यालयका बीस जना प्रतियाेगिले प्रतिस्पर्धा गरेका थिए । उक्त छनाैट चरणकाे प्रतियोगिताबाट फाइनल चरणका लागि ७ जना प्रतियाेगिहरु छानिएका छन् । छनाैट चरणबाट फाइनल चरणमा छनाैट भएका प्रतियाेगिहरुमा दीपशिखा...

पिरामिडले गर्याे नव आगन्तुक विद्यार्थीलाई स्वागत

घाेराही, ३० वैशाख । पिरामिड एकेडेमीले नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेकाे छ । घाेराहीकाे तुलसीपुर चाेकमा सञ्चालित एकेडेमीले नव आगन्तुक विद्यार्थीहरुलाई घाेराही १८ घाेरदाैरामा एक कार्यक्रम गरि स्वागत गरेकाे प्रवन्ध निर्देशक नवीन आचार्यले जानकारी दिनुभयाे । एकेडेमीका अध्यक्ष किशाेरचन्द्र लाेहनीकाे अध्यक्षतामा भएकाे स्वागत कार्यक्रममा विद्यालयका प्रवन्ध निर्देशक आचार्यले एकेडेमीका बारेमा नव आगन्तुक विद्यार्थीहरुलाई जानकारी गराउनु भएकाे थियाे । उक्त अवसरमा...

नमुनाकाे प्रथम शिक्षक तथा अभिभावक भेला सम्पन्न

घाेराही, ३० वैशाख । घाेराही उपमहानगरपालिका १५ तारापुञ्ज टाेलस्थित नमुना बहुभाषिक शिक्षालयले शिक्षक तथा अभिभावकहरुकाे प्रथम भेला सम्पन्न गरेकाे छ । यसै वर्षदेखि सञ्चालनमा आएकाे शिक्षालयले भेलासहित प्रशिक्षणकाे कार्यक्रम समेत गरेकाे छ । शिक्षालयका अध्यक्ष गणेश घर्ती मगरकाे अध्यक्षता एवम् प्याब्सन घाेराहीका अध्यक्ष बालकृष्ण ओलीकाे प्रमुख आतिथ्यतामा भेला हाेटेल पाैवामा शनिबार सम्पन्न भएकाे थियाे । भेलालाई सम्बाेधन गर्दै प्रमुख अतिथि...

नेकपा एमाले दाङको बैठक सम्पन्न, जेठ ३ गते मदन आश्रित स्मृति, ६ गते नेत्र स्मृति र ७ गते जनप्रतिनिधि भेला गर्ने निर्णय

बैशाख, २८ घोराही । नेकपा एमाले जिल्ला कमिटी दाङको वैठक पार्टी कार्यालय भरतपुर घोराहीमा सम्पन्न भएको छ । जिल्ला कमिटिका अध्यक्ष शिवकुमार आचार्यको अध्यक्षता एवम् जिल्ला ईञ्चार्ज नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा भएको बैठकले महासचिव शंकर पोख्रेलको उपस्थितिमा जेठ ६ गतेको नेत्र स्मृति दिवस तुलसीपुरमा र जेठ ७ गते स्थानिय जनप्रतिनिधिहरुको भेला र प्रशिक्षण घोराहीमा गर्ने निर्णय गरेको छ । त्यस्तै...

पाण्डवेश्वर महादेव मन्दिरकाे जिर्णाेद्वार गरिने

विमल याेगी दाङ, २८ बैशाख । दाङकाे घाेराही उपमहानगरपालिका वडा नम्बर ५ स्थित पाणडवेश्वर महादेव मन्दिरकाे जिर्णाेद्वार गरिने भएकाे छ । 'सनातन धर्म हाम्रो सान, मन्दिर जिर्णाेद्वार हाम्राे अभियान' भन्ने नारा सहित मन्दिरकाे मूल मन्दिर कलात्मक, पुरातात्त्विक महत्त्व झल्कने गरि जिर्णाेद्वार गर्न थालिएको मन्दिर व्यस्थापन समितिका अध्यक्ष गणेश कुमार अधिकारीले जानकारी दिनुभएको छ । शनिवार मन्दिरकाे गुरूकुल सभाहलमा सम्पन्न मन्दिर व्यवस्थापन समितिकाे...

पिरामिड एकेडेमीद्वारा बृद्धाश्रमलाई सहयाेग

घाेराही, २७ वैशाख । घाेराहीमा सञ्चालित पिरामिड एकेडेमीले घाेराही उपमहानगरपालिका १६ तेराैटेस्थित जेष्ठ नागरिक सराेकार केन्द्रलाई आर्थिक सहयाेग गरेकाे छ । एकेडेमीले शुक्रबारिय अतिरिक्त क्रियाकलाप अन्तर्गत शुक्रबार विद्यार्थीहरुकाे सहभागीतामा सहयाेग हस्तान्तरण गरेकाे थियाे । पिरामिड एकेडेमीका अध्यक्ष किशाेरचन्द्र लाेहनीकाे अध्यक्षतामा भएकाे भेटघाट तथा सहयाेग हस्तान्तरण कार्यक्रममा प्रवन्ध निर्देशक नवीन आचार्यले कार्यक्रमकाे उदेश्यमाथि प्रकाश पार्नुभएकाे थियाे । उक्त अवसरमा जेष्ठ नागरिक...

ताजा समाचार