अहमदाबाद विमान दुर्घटनाको ब्ल्याक बक्स फेला
अहमदाबाद, भारत । भारतको अहमदाबाद शहरको आवासीय क्षेत्रमा बिहीवार दुर्घटनाग्रस्त भएको विमानको ‘ब्ल्याक बक्स रेकर्डर’ फेला परेको छ।
एअर इन्डियाको बोइङ ७८७–८ ड्रिमलाइनर विमान अहमदाबादबाट बेलायतको लण्डनका लागि उडान भरेको थियो। तर, झण्डै एक सय मिटरको उचाइ नपुग्दै विमान दुर्घटनामा परेको हो।
विमानमा चालक दलका सदस्यसहित २४२ जना सवार थिए। तिनमध्ये २४१ जनाको ज्यान गएको पुष्टि भइसकेको छ। एक जना बेलायती...
ज्ञानमालाका विद्यार्थीद्वारा चित्रकला प्रदर्शन
घाेराही, ३० जेठ । घाेराही उपमहानगरपालिका १६ सर्रास्थित ज्ञानमाला एकेडेमीका विद्यार्थीहरुले चित्रकला प्रदर्शनी गरेका छन्।
शुक्रबारीय अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यार्थीले विभिन्न विधा र व्यक्तित्वहरुका चित्रहरु सिर्जना गरि विद्यालयमा प्रदर्शन गरेका छन्। विद्यार्थीहरुकाे सिर्जनशील क्षमतालाई परिस्कृत गर्ने उद्देश्यले आयाेजना गरिएकाे प्रदर्शनीमा कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुका ६० वटा चित्रहरु प्रदर्शन गरिएकाे थियाे।
प्रदर्शनीमा स्मारिका चौधरीले बनाएका ११ वटा, सुदिक्षा ओलीले ९...
बालबालिका स्वास्थ्य सुरक्षामा उत्कृष्ट लमही : राष्ट्रिय स्तरमा सम्मानित
दाङ, ३० जेठ । बालबालिकाको स्वास्थ्य सुरक्षामा देखाएको प्रतिबद्धता र उत्कृष्ट कार्यसम्पादनका आधारमा दाङको लमही नगरपालिकाले राष्ट्रिय स्तरमै गौरव गर्ने अवसर पाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालरोगको एकीकृत व्यवस्थापन कार्यक्रम (IMNCI) अन्तर्गत उत्कृष्ट पालिकाको रूपमा लमहीलाई प्रमाणपत्रसहित विशेष सम्मान प्रदान गरेको हो।
लुम्बिनी प्रदेशमा सञ्चालन भइरहेको बालरोग एकीकृत व्यवस्थापन कार्यक्रमको मूल्यांकनमा लमहीले उल्लेखनीय प्रदर्शन गर्दै प्रदेशकै नमुना पालिकाको पहिचान...
एमाले तुलसीपुर १४ ले रासायनिक मल उपलब्ध गराउन माग गर्ने
घाेराही, २९ जेठ । नेकपा एमाले तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर १४ को बैठक बिहीबार सम्पन्न भएको छ। नेकपा एमाले तुलसीपुर १४ वडा कमिटीका अध्यक्ष कृष्णबहादुर केसीको अध्यक्षता एवम् नेकपा एमाले दाङ जिल्ला कमिटीका उपाध्यक्ष मनोहर बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठक सम्पन्न भएकाे थियाे।
बैठकले खेतीको समयमा किसानहरूलाई अत्यावश्यक रासायनिक मल सहजरुपमा उपलब्ध गराउन स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारसँग...
दक्षिण अफ्रिकामा बाढीका कारण ४९ जनाको ज्यान गयो
दक्षिण अफ्रिकाको पूर्वी क्षेत्रमा आएको बाढीका कारण अहिलेसम्म ४९ जनाको ज्यान गएको छ । बाढीले स्कूल बस समेत बगाउँदा त्यसमा रहेका चार बालबालिकाको ज्यान गएको छ भने चार जना बेपत्ता भएका छन् ।
प्रभावित सबै क्षेत्रमा खोजी तथा उद्धार कार्य भइरहेको पूर्वी केपका प्रमुख लुबाबालो ओस्कर माबुयानले बताउनुभयो । यो क्षेत्रमा पछिल्लो एक हप्तामा परेको मुसलधारे वर्षाका कारण पहिरो जाँदा...
लुम्बिनी सहित केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना
काठमाण्डौ, जेठ २९ । देशका केही ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । आज सबै प्रदेशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्नु हल्का वर्षा, १० देखि...
दाङको घोराही–१३ मा निःशुल्क दाँत स्वास्थ्य शिविर हुने
दाङ, जेठ २७ । घोराही उप-महानगरपालिका वडा नं. १३ को समन्वयमा तथा सञ्जिवनी डेन्टलको आयोजनामा यही जेठ ३१ गते (शनिवार) दाँत सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।
शिविर वडा नं. १३ स्थित बाह्रकुने ताल नजिकको जेष्ठ नागरिक भवनमा सञ्चालन गरिनेछ। शिविर बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ।
शिविरमा ४० वर्ष पुरा गरेका तथा दाँत सम्बन्धी समस्या भएका...
बंगलाचुलीमा शान्ति सुरक्षा, अपराध नियन्त्रण र सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
दाङ, २८ जेठ । दाङको बंगलाचुली गाउँपालिकामा शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाहसम्बन्धी अन्तरक्रिया तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय दाङको आयोजनामा सम्पन्न कार्यक्रममा जिल्ला प्रशासन तथा जिल्ला प्रहरी कार्यालयले गरेका कार्यहरूको जानकारी गराइएको थियो।
कार्यक्रम दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालको अध्यक्षतामा, बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरको प्रमुख आतिथ्यता र उपाध्यक्ष भक्तबहादुर जिसीको विशेष आतिथ्यतामा...
विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित
जेठ २८, काठमाडौं । विपक्षी दलको अवरोधका कारण प्रतिनिधिसभाको आजको बैठक सञ्चालन हुन सकेन। बैठक भोलि दिउँसो ३ बजे बस्ने गरी स्थगित गरिएको छ।आजको बैठकमा विपक्षी दलका सांसदहरूले उभिएर नाराबाजी गरेका थिए। त्यसअघि सभामुख देवराज घिमिरेको पहलमा सत्तापक्ष र प्रतिपक्षी दलहरूबीच संयुक्त बैठक बसेको थियो, तर उक्त बैठकमा कुनै सहमति जुट्न सकेन।
सभामुख घिमिरे, उपसभामुख इन्दिरा रानामगर, कानून, न्याय तथा...
समाचारको विषयमा जिल्ला अदालतबाट जारी अल्पकालीन अन्तरिम आदेशप्रति पत्रकार महासङ्घको ध्यानाकर्षण
जेठ २८, काठमाडौं । बिजमाण्डू र नेपालखबर डटकममा प्रकाशित समाचारका सन्दर्भमा काठमाडौं जिल्ला अदालतले जारी गरेको अल्पकालीन अन्तरिम आदेशप्रति नेपाल पत्रकार महासङ्घसहित विभिन्न पत्रकार सङ्घ–सङ्गठनहरूले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
नेपाल पत्रकार महासङ्घले अदालतको आदेश प्रेस स्वतन्त्रतासम्बन्धी अन्तर्राष्ट्रिय मूल्यमान्यता तथा नेपालको संविधान २०७२ का प्रावधान र मर्मविपरीत रहेको उल्लेख गरेको छ।
न्यायाधीश पीताम्बर शर्माको एकल इजलासले नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष...













