लुम्बिनी प्रदेशको बजेट ३८ अर्ब ९१ करोड (पूर्णपाठसहित)

दाङ, १ असार । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जसमध्ये चालुतर्फ १२ अर्ब १ करोड ४७ लाख ८६ हजार अर्थात् ३० दशमलव ८८ प्रतिशत र पुँजीगततर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार अर्थात् ६० दशमलव ३२ प्रतिशत विनियोजित छ । आइतबार लुम्बिनी प्रदेशसभाको छैठौं...

रुकुमपूर्व र रोल्पामा भूम्या (नाम्क) पर्व उल्लासपूर्वक मनाइँदै

असार १ । मगर समुदायको बाहुल्यता रहेको रुकुमपूर्व र रोल्पा जिल्लामा आज परम्परागत भूम्या (नाम्क) पर्व हर्षोल्लासका साथ मनाइँदै छ। हरेक वर्ष असार महिनाको पहिलो साता मनाइने यस पर्वमा मगर समुदायले पुर्खाको पूजा–पाठ गर्ने, मौलिक कला, संस्कृति र परम्परा झल्किने विविध कार्यक्रम प्रस्तुत गर्ने गर्छन्। दशैंको जस्तै निम्तो आदान–प्रदान, खानपान र सामूहिक उत्सवको रूपमा मनाइने भूम्या पर्व १८ मगरात क्षेत्रका...

लुम्बिनी प्रदेशका चार जिल्लामा आइतवार सार्वजनिक बिदा

लुम्बिनी, ३१ जेठ  । लुम्बिनी प्रदेश सरकारले भोलि आइतवार भूम्या पूजाको अवसरमा प्रदेशअन्तर्गतका चार जिल्लामा सार्वजनिक बिदा दिएको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना प्रकाशित गर्दै रोल्पा, दाङ, रुकुम (पूर्व) र प्यूठान जिल्लामा सम्बन्धित समुदायका लागि सार्वजनिक बिदा दिइएको जानकारी गराएको हो। भूम्या पर्व मगर समुदायले विशेष श्रद्धा र परम्परागत रूपमा मनाउने प्रमुख सांस्कृतिक पर्व हो। २०८१ साल चैत...

एसईई प्रदेशबाट सञ्चालन गर्ने प्रस्ताव, निजी विद्यालय गुठीमा लैजाने तयारी

काठमाडौं, जेठ ३१ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेश सरकारमार्फत सञ्चालन गर्ने प्रस्ताव अघि सारेको छ। विद्यालय शिक्षा विधेयकमाथि प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलका क्रममा मन्त्रालयले उक्त प्रस्ताव राखेको हो। मूल विधेयक र उपसमितिको प्रतिवेदनमा एसईईको स्पष्ट व्यवस्था गरिएको थिएन। तर कक्षा १० पछि विभिन्न शैक्षिक धारहरूमा अध्ययन गर्नुपर्ने भएकाले मूल्याङ्कन...

घोराही १३ मा निःशुल्क दन्त शिविर, ५४ जना ज्येष्ठ नागरिकले लिए सेवा

नवीन आचार्य घोराही, ३१ जेठ। घोराही उपमहानगरपालिका वडा नम्बर १३ मा आज एकदिने निःशुल्क दन्त स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। सञ्जीवनी डेन्टल क्लिनिक घाेराहीको आयोजना तथा वडा नम्बर १३ र स्वास्थ्य सेवा केन्द्रको समन्वय एवम् ज्ञानज्याेती माध्यामिक विद्यालय डुमरगाउँकाे व्यवस्थापनमा शिविर सञ्चालन गरिएकाे हाे। उक्त शिविरमा ५४ जना ज्येष्ठ नागरिकहरूले दन्त परिक्षण सेवा लिनुभएकाे थियो। शिविरका अधिकांश सेवाग्राहीहरूमा दाँत दुख्ने, हल्लिने...

सबिन प्रियासनको ११औँ उपन्यास ‘कडी’ विमोचित

दाङ, ३१ जेठ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव तथा उपन्यासकार सविन प्रियासनद्वारा लिखित ११औँ उपन्यास ‘कडी’ शनिबार औपचारिकरुपमा विमोचन गरिएको छ। सर्वोदय पुस्तकालय तथा वाचनालयका अध्यक्ष सुशील गौतमको अध्यक्षता तथा वरिष्ठ साहित्यकार नारायण प्रसाद शर्माकाे प्रमुख अतिथ्यतामा उपन्यास 'कडी'काे विमाेचन गरिएकाे थियाे। कार्यक्रममा राप्ती साहित्य परिषदका पूर्व अध्यक्ष पुरुषोत्तम खनालसहित जिल्लाका विभिन्न संघ–संस्थाका कर्मचारी, पत्रकार, साहित्यकार तथा साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति...

लुम्बिनी प्रदेशको बजेट आइतबार प्रदेश सभामा प्रस्तुत हुँदै

दाङ, ३१ जेठ। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि असार १ गते बजेट प्रस्तुत गर्ने भएको छ । आइतबार दिउँसो ३ बजे बस्ने प्रदेश सभाको तेह्रौं बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले "राजश्व र व्ययको वार्षिक अनुमान" प्रदेश सभामा प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूचीमा समावेश गरिएको छ । प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार मन्त्री...

नमूनामा अन्तर-सदनात्मक हाजिरीजवाफ प्रतियाेगिता

घाेराही, ३१ जेठ । घाेराही उपमहानगरपालिका १५ तारापुञ्ज टाेलस्थित नमुना बहुभाषिक शिक्षालयमा अन्तर-सदनात्मक हाजिरीजवाफ प्रतियोगिता शुक्रबार सम्पन्न भएकाे छ। प्रतियोगितामा राताे सदनका सम्भव खड्का, रेश्मा रोका, सोनिका थापा र रितिक गोडेले प्रथम स्थान हासिल गर्नुभएकाे थियाे। यसैगरी, उक्त प्रतियोगितामा पहेंलो सदनका श्रीषा भट्टराई, नेपोलियन रोका, एन्जश घर्ती र सबिना पुनले द्वितीय स्थान प्राप्त गर्नुभएकाे थियाे। प्रतियोगितामा कक्षा १ र २ का...

जाजरकोटमा ट्र्याक्टर दुर्घटना, एकजनाको मृत्यु, एक गम्भीर घाइते

जाजरकोट, जेठ ३१ । जाजरकोटमा ट्र्याक्टर दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन्।नलगाड नगरपालिका–७, बगराका १९ वर्षीय विनोद परियारको उपचारका क्रममा रुकुमपश्चिमको चौरजहारी मिसन अस्पतालमा मृत्यु भएको हो। शुक्रबार नलगाड नगरपालिका–७ खगेनकोटस्थित जाजरकोट–डोल्पा सडक खण्डमा सरिया लोड गरी दल्लीबाट कायाखेत जाँदै गरेको भे १ त ८७११ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले...

इरानद्वारा इजरायलमा जवाफी आक्रमण, तनाव चुलियो

काठमाडौ । इजरायलले हिजो बिहान इरानमाथि हवाई आक्रमण गरेपछि इरानले त्यसको जवाफस्वरूप इजरायलमा आक्रमण गरेको छ। पछिल्लो केही समयदेखि दुवै देशबीच एकपछि अर्को आक्रमण भइरहेका छन्। इरानी आक्रमणपछि तेल अभिभ र जेरुसलेममा शक्तिशाली विस्फोटका आवाजहरू सुनिएको जनाइएको छ। इरानले आफ्नो आक्रमण अभियानलाई ‘ट्रू प्रमिस ३’ नाम दिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, इरानले ब्यालिस्टिक मिसाइल प्रयोग गरेको छ। इरानी आक्रमणबाट इजरायलमा भौतिक...

ताजा समाचार