त्रिभुवननगर जेसीज हाजिरीजवाफ २०२५ को विजेता जनज्योति बिद्यामन्दिर

घोराही, ७ फाल्गुन । प्रजातन्त्र दिवसको अवसरमा त्रिभुवननगर जेसीजद्वारा आयोजित ‘त्रिभुवननगर जेसीज हाजिरीजवाफ प्रतियोगिता –२०२५’ बुधबार सम्पन्न भएको छ । स्वर्गीय किरण दाहालको स्मृतिमा आयोजित हाजिरीजवाफ प्रतियोगितामा जनज्योति विद्यामन्दिर घोराही प्रथम भएको थियो । यसैगरी, दिपशिखा आवासीय माध्यमिक विद्यालय द्वितीय र गोरखा इन्टरनेशनल माध्यमिक विद्यालय तृतीय भएका थिए । गुरुकुल एकेडेमीकाे प्राङ्गणमा सञ्चालित उक्त प्रतियोगिता माध्यामिक तह अन्तर्गत कक्षा ९...

ज्ञानज्योती घोराहीद्वारा बृद्धाश्रमलाई सहयोग

घोराही, ७ फाल्गुन । घोराही उपमहानगरपालिका १३ डुमरगाउँस्थित ज्ञानज्योती एजुकेसनल एकेडेमीले आफनो १५ औं वार्षिकोत्सबका अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत मंगलबार जेष्ठ नागरिक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । घोराही उपमहानगरपालिका १६ तेरौटेमा अवस्थित जेष्ठ नागरिक सरोकार केन्द्रद्वारा सञ्चालित बृद्धाश्रमका जेष्ठ नागरिकहरुसँग विद्यालयले भेटघाट तथा सहयोग हस्तान्तरण गरेको शिक्षक नवीन आचार्यले जानकारी दिनुभयो । उक्त अवसरमा विद्यालयले जेष्ठ नागरिक सरोकार...

लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य

दाङ, ६ फाल्गुन । लुम्बिनी प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले प्रदेशसभाको पाँचौं ९हिउँदे० अधिवेशन अन्त्य गर्नुभएको छ । नेपालको संविधानको धारा १८३ को उपधारा ९२० बमोजिम फागुन ६ गते मंगलबार राति १२स्०० बजेदेखि लागू हुनेगरी अधिवेशन अन्त्य गरिएको हो । प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो । सोही आधारमा...

प्रदेश मन्त्रिपरिषद् बैठकले गर्यो चार महत्वपूर्ण निर्णय

दाङ, ६ फाल्गुन । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको छ । मंगलबार मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका९देउखुरी०मा सम्पन्न बैठकले विभिन्न चार वटा निर्णयहरु गरेको हो । बैठकले उजिरसिंह रंगशाला निर्माणका लागि आवश्यक बजेट तथा अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ । प्रदेश पूर्वाधार विकास प्राधिकरणलाई उक्त रंगशाला निर्माण कार्यान्वयन गर्न जिम्मेवारी...

देश विकासको पहिलो आधार प्राविधिक शिक्षा : महासचिव पोख्रेल

तुलसीपुर, ६ फाल्गुन । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले देश विकासको पहिलो आधार प्राविधिक शिक्षा भएको बताउनुभएको छ । तुलसीपुर बहुप्राविधिक शिक्षालय र तुलसीपुर मेट्रो कलेज तुलसीपुर १२ हरिपौरीको सभाहलको शिलन्यास कार्यक्रममा बोल्दै पोख्रेलले देश विकासका लागि प्राविधिक शिक्षामा लगानी गर्नुपर्नेमा जोड दिनुभयो । शिक्षालय सञ्चालक समितिका अध्यक्ष टिकाराम खड्काको अध्यक्षतामा भएको सभाहल शिलन्यास कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोख्रेलले आफुले...

लुम्बिनी प्रदेश सरकारका असल अभ्यासहरु

कृष्णहरि बास्कोटा मुलुकमा गठन भएका सबै ७ वटा प्रदेश सरकारले आ-आफ्नै ढंगले असल काम पनि गरिरहेका छन् । हामीलाई आलोचना सुन्ने बानी परेकाले पनि असल काम ओझेलमा पर्दै गएका हुन् । केहि समयदेखि मैले निरन्तररुपमा लुम्बिनी प्रदेश सरकारबाट सम्पादित कामको समीक्षा गर्दै आईरहेको छु । यस पूर्बका मेरा लेखमा प्रदेश सरकारका कमी कमजोरी औल्याएको छु । आज भने मुख्यमन्त्री कार्यालय...

प्राप्त उपलब्धिलाई तुलना गरेर धारणा निर्माण गर्न आवश्यकः मुख्यमन्त्री आचार्य

दाङ, ४ फाल्गुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश स्थापना भएपछिको अवधिलाई समीक्षा गर्दै उपलब्धिलाई हेरेर धारणा निर्माण गर्न आवश्यक रहेको बताउनु भएको छ । ‘टक्सार समृद्ध लुम्बिनी’ विशेषाङ्क लुम्बिनीको सामथ्र्य को लोकार्पण गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकार गठन भएयता भएका उपलब्धिहरूलाई तुलना गरेर धारणा निर्माण गर्न आवश्यक रहेको बताउनु भएको हो । ‘प्रदेशप्रति नकारात्मक धारणा सिर्जना गर्ने प्रयास...

कृषिको समग्र विकासलाई केन्द्रमा राखेर योजना अघि बढाएका छौं : मुख्यमन्त्री आचार्य

दाङ, ४ फाल्गुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले कृषिको समग्र विकासलाई केन्द्रमा राख्दै आवधिक योजनाको प्रस्तावना तयार पारेको बताउनु भएको छ । अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेश समितिले विभिन्न सुझाव समेटिएको ज्ञापनपत्र बुझाउने क्रममा मुख्यमन्त्री आचार्यले कृषिमा यान्त्रिकीकरण, व्यवसायीकरण गर्दै उत्पादन र उत्पादकत्व बढाउने गरी योजना अघि सारिएको स्पष्ट पार्नुभयो । उहाँले प्रदेशको समृद्धि र विकास...

प्रधानमन्त्रीले लुम्बिनी प्रदेश सभाको बैठकलाई बिशेष सम्वोधन गर्नुहुने

दाङ, ४ फाल्गुन । लुम्बिनी प्रदेश सभाको बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बिशेष सम्वोधन गर्नुहुने भएको छ । सोमवार बस्ने बैठकलाई प्रधानमन्त्री ओलीले बिशेष सम्वोधन गर्नुहुने लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बताउनु भयो । प्रधानमन्त्रीको आगमन र सम्वोधनको सम्पूर्ण तयारी पुरा भएको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिनुभयो । बिहान साढे ११ बजे प्रदेश सभाको बैठकलाई प्रधानमन्त्रीले बिशेष...

एमालेको बृहत जनसभाको तयारी पूरा, सभालाई प्रधानमन्त्री ओलीले सम्वोधन गर्ने

विमल योगी घोराही, ४ फागुन । नेकपा एमालेको आयोजनामा भोली हुने बृहत जनसभाको तयारी पूरा भएको छ । सभाका लागि मञ्च व्यवस्थापन, स्वंयसेवक परिचालन, माईक तथा साउण्डसिस्टम व्यवस्थापन, प्रचारप्रसार, यातायात व्यवस्थापन लगायतका काम सम्पन्न भइसकेको छ । सम्माननीय प्रधानमन्त्री  एवम् पार्टि अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा जिल्ला समन्वय समितिको मञ्चमा हुने सभामा करिव पचास हजार जनताको सहभागिता हुने एमाले दाङका अध्यक्ष...

ताजा समाचार