धारपानीमा सोमबारदेखि महाशिवरात्री मेला लाग्ने

दाङ, ११ फागुन । दाङको धारपानीमा सोमबारदेखि महाशिवरात्रि मेला लाग्ने भएको छ। घोराही उपमहानगरपालिका वडा नम्बर ५ स्थित पाण्डवेश्वर महादेव मन्दिर धाममा लाग्ने मेलाको पहिलो दिन सोमबार १०८ गौमुखी धाराको उद्घाटन गरिनेछ। विभिन्न दाताहरूको सहयोगमा निर्माण भएका गौमुखी धाराहरू घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । गौमुखी धारा निर्माण भएको लामो समय भए पनि नियमित पानी...

रोटरी क्लबको हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

घोराही, ११ फाल्गुन । रोटरी क्लब अफ दाङको आयोजनामा घोराही उपमहानगरपालिका मावि स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । रोटरी क्लब दाङद्वारा आयोजित बिष्णु प्रसाद शर्मा घिमिरे स्मृति रोटरी हाजिरीजवाफ प्रतियोगिता २०२५ पद्मोदय नमुना माध्यामिक विद्यालय भरतपुरमा आइतबार सम्पन्न भएको छ । कक्षा ९ र १० का विद्यार्थीका लागि आयोजना गरिएको प्रतियोगितामा गुरुकुल एकेडेमीका सुवेक्षा पाण्डे, आर्यन घर्ती र सोहम...

सनलाइट कम्प्युटर इन्स्टिच्युटको १५औं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न

घोराही, १० फागुन । सनलाइट कम्प्युटर इन्स्टिच्युट घोराही दाङको १५औं वार्षिकोत्सव तथा दीक्षान्त समारोह रूपमा सम्पन्न भएको छ। घोराही उपमहानगरपालिका-१५ का वडा अध्यक्ष रमेश कुमार पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेले प्राविधिक शिक्षाले मात्र रोजगारीको अवसर प्रदान गर्ने भएकाले सनलाइट कम्प्युटरले दिने तालिम प्रभावकारी रहेको र आगामी दिनमा संस्थाले अझ गुणस्तरीय तालिम उपलब्ध...

प्याब्सन घाेराहीकाे निबन्ध लेखन र वक्तृत्वकला प्रतियोगिता सम्पन्न

महेश बस्नेत घाेराही, १० फाल्गुन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घाेराही नगर कमिटीकाे निबन्ध र वक्तृत्वकला प्रतियोगिता शनिबार सम्पन्न भएकाे छ । प्याब्सन घाेराही नगर कमिटीका अध्यक्ष बालकृष्ण ओलीकाे अध्यक्षता एवम् केन्द्रीय सचिव यादव गिरीकाे प्रमुख आतिथ्यतामा आयाेजित प्रतियाेगिताहरुमा गाेरखा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुल प्रथम भएकाे छ । कक्षा ९ देखि १० सम्मका लागि आयाेजित वक्तृत्वकला प्रतियोगितामा गाेरखा इन्टरनेशनल...

जता फर्केर हेर्दा पनि देखिने काम प्रदेशकै हुन : मुख्यमन्त्री आचार्य

अर्घाखाँची, ९ फाल्गुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक बर्षको बजेटमा साना आयोजनालाई कटौती गर्नेगरी बजेट निर्माण गर्ने बताउनु भएको छ । नेकपा एमालेले शितगंगा नगरपालिका-२ सितापुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले साना योजनालाई निरुत्साहित गर्दै बजेट निर्माण गर्ने तयारी सरकारले गरेको बताउनु भएको हो ।'साना आयोजनालाई निरुत्साहित गर्नेगरी तयारी गर्दैछौं' उहाँले भन्नुभयो 'उपलब्धि देखिने आयोजना...

नेपाली भाषाका शिक्षकका लागि एकदिने कार्यशाला सम्पन्न

दाङ, ९ फाल्गुन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दाङको आयोजनामा एकदिने नेपाली भाषा प्रशिक्षण कार्यशाला शुक्रबार घोराहीमा सप्पन्न भएको छ । प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपानेको अध्यक्षता तथा प्याब्सनका केन्द्रीय सचिव यादव गिरीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विश्वास पौडेलले प्रशिक्षण दिनुभएको थियो । कार्यशालामा कक्षा ३ देखि १० सम्मको नेपाली विषय शिक्षण तथा...

लुम्बिनीमा ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान सुरु हुदै

अर्घाखाँची, ९ फाल्गुन । लुम्बिनी प्रदेशमा ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान शुरु हुदै छ । सामाजिक विकास मन्त्रालयले प्रदेशका सबै विद्यालयमा अध्ययनरत पूर्वविद्यार्थीको ज्ञान, सीप र लगानीको सदुपयोग गर्ने उद्देश्यले ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान शुरु गर्न लागेको हो । मुख्यमन्त्री चेतनारायण आचार्यले आज शुक्रबार आफूले अध्ययन गरेको अर्घाखाँचीको अर्घा रजस्थल माध्यमिक विद्यालयबाट अभियानको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ ।...

मानविय विकासले मात्र समाज विकास हुने : उपमेयर हुमा कुमारी डिसी

महेश बस्नेत घोराही, ८ फाल्गुन । मानविय विकासले मात्र समाज विकास हुने घोराही उपमहानगरपालिकाकि उपमेयर हुमा कुमारी डिसीले बताउनुभएको छ । प्याब्सन घोराही नगर कमिटीले पूर्व प्राथमिक तहका संयोजकहरुका लागि बिहिबार आयोजना गरेको एकदिने अभिमुखिकरण तालिमको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । जबसम्म मानव जातीको विकास हुँदैन तबसम्म समाज विकासको कल्पना समेत गर्न नसकिने उममेयर डिसीले उल्लेख गर्नुभयो । कार्यक्रमकि...

महाशिवरात्री मेला व्यवस्थित बनाउन विभिन्न समिति गठन, १०८ गौमूखी धाराको उद्घाटन गरिने

विमल योगीदाङ, ८ फागुन । दाङको धारपानीमा लाग्ने महाशिवरात्रि मेला यस वर्ष पनि तीन दिनसम्म सञ्चालन हुने भएको छ। घोराही उपमहानगरपालिका वडा नं. ५, धारपानीस्थित पाण्डवेश्वर महादेव मन्दिर धाममा आयोजना हुने मेलामा विभिन्न धार्मिक कार्यहरू सम्पन्न गरिनेछन्। महाशिवरात्रि पर्वको अवसर पारेर यही फागुन १२ गते १०८ गौमुखी धाराको औपचारिक उद्घाटन गरिनेछ। विभिन्न दाताहरूको सहयोगमा निर्माण सम्पन्न भएका यी गौमुखी धाराहरू...

डिभाइन एकेडेमीको १७ औं वार्षिकोत्सब सम्पन्न

महेश बस्नेत घोराही, ८ फाल्गुन । घोराही उपमहानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष मधुसुदन शर्मा (मुनाल घिमिरे)ले आर्थिकरुपमा विपन्न विद्यार्थी शिक्षाबाट बञ्चित हुन आफुले नदिने उल्लेख गर्नुभयो । घोराही उपमहानगरपालिका ४ गोग्लीस्थित डिभाइन एकेडेमीको १७ औं वार्षिकोत्सबका अवसरमा उहाँले यस्तो बताउनुभएको हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका वडा अध्यक्ष मुनाल घिमिरेले आर्थिक अवस्थाका कारण कुनै विद्यार्थी शिक्षाबाट बञ्चित भएको...

ताजा समाचार