योजना लगेर जनप्रतिनिधिको टोली राजधानी

दाङ, ६ भदौ । सडक, खानेपानी र विद्युत विस्तार योजनाको माग लगेर घोराही उपमहानगरपालिका १९ को जनप्रतिनधिको टोली काठमाडौँ पुगेको छ । वडाका विभिन्न योजनाहरुकाे पोको लगेर अध्यक्ष हर्क घर्ती सहितको टोली काठमाडाैँ पुगेको हाे । वडास्तरका सडक, खानेपानी र विद्युत विस्तारको योजनाका लागि काठमाडौँ गएको वडा अध्यक्ष हर्क घर्तीले बताउनुभयो । उहाँका अनुसार बुधवार संघीय संसदका सभामुख तथा दाङ...

रुकुममा एक व्यक्तिद्वारा आफ्नै भाइ र छोराको हत्या

घोराही, ३० साउन । पश्चिम रुकुममा एक व्यक्तिले आफ्नै भाइ र छोराको हत्या गरेका छन् । मुसिकोट नगरपालिका १४ लहरेखेतका करिब ३७ वर्षीय शंकर विष्टको हँसिया प्रहारबाट अरु दुई जना छोराहरु समेत घाइते भएका छन् । उनको आक्रमणबाट २० वर्षीय भाइ गोकर्ण र करिब ६ वर्षीय छोरा सुदर्शनको मृत्यु भएको रुकुम पश्चिम प्रहरीले जानकारी दिएको छ । यस्तै, छोराहरु १३...

ग्वारखोलाले बगाउँदा चौधरीको मृत्यु

दाङ, २७ साउन । दाङको ग्वारखोलाले बगाउँदा एकजनाको ज्यान गएको छ । ज्यान जानेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ टरिगैका अन्दाजी ४५ वर्षीय परशुराम चौधरी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । मृतक चौधरीलाई शनिवार साँझ मजगाउँबाट घर फर्कने क्रममा ग्वारखोलाले बगाएको थियो । सँगै गएका चित्रबहादुरले आइतवार विहान घरपरिवारलाई जानकारी दिएपछि उनको खोजी गरिएको थियो । चौधरीको शव...

प्रदेस ५ मा मोनोरेलकाे सम्भाव्यता अध्ययनबारे छलफल

बुटवल, २५ साउन । चाइना रेलवे इन्टरनेसनल गु्रपको एक टोलीले मुख्यमन्त्री शंकर पोखरेलसँग मानोरेलको सम्भाव्यताबारे छलफल गरेको छ । टोलीले शुक्रवार मुख्यमन्त्री पोखरेलसँग भेट गरी रामग्राम—लुम्बिनी—कपिलवस्तु बुद्धसर्किटमा मोनोरेलको संभाव्यता अध्ययन बारे छलफल गरेको हो । भेटमा मुख्यमन्त्री पोखरेलले बुद्ध सर्किटमा पर्यटनको सम्भावना प्रचुर रहेको र प्रदेश सरकार पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकासलाई प्राथमिकता दिएकोले काम गर्ने वातावरण तयार भएको बताउनुभयो...

ज्ञानमालामा हाजिरीजवाफ प्रतियोगिता

घोराही, २५ साउन । घोराही उपमहानगरपालिका १६ सर्रास्थित ज्ञानमाला एकेडेमीमा शुक्रबारीय अतिरिक्त क्रियाकलाप अन्तर्गत हाजिरीजवाफ प्रतियोगीता शुक्रबार सम्पन्न भएको छ । विद्यालयमा गठित नेपाल जुनियर रेडक्रसको आयोजना तथा विद्यालयको संयोजनमा हाजिरीजवाफ प्रतियोगीता सम्पन्न भएको हो ।विद्यालयमा रहेका चारओटा सदनहरुबिच भएको उक्त प्रतियोगीतामा ग्रीन हाउसका शिक्षा पौडेल, सुदिप बस्नेत, किशन खड्का, नरेश चौधरी र अनुप चौधरी प्रथम भएका छन् ।...

गोर्खा सैनिकमा जाने युवाहरुका लागि व्यवहार परिवर्तन प्रशिक्षण

दाङ, २५ साउन । गोर्खा सैनिकमा भर्ती हुने युवाहरुका लागि घोराहीमा दुईदिने व्यवहार परिवर्तन सम्बन्धी प्रशिक्षण दिइएको छ । ब्रिटिस सेना र सिंगापुर पुलिसमा भर्ती हुने युवाहरुको आत्मबल बढाउँदै उनीहरुलाई रचनात्मक बनाउन प्रशिक्षित गरिएको आयोजक स्याल्युट गोर्खा प्रशिक्षण केन्द्रले जनाएको छ । ब्रिटिश सैनिकमा भर्ती हुँदा दिइने अन्तर्वार्ताबारे प्रशिक्षण दिन पूर्व बिट्रिश सैनिक सर्जन्ट मेजर माइकल न्यूटन आएका थिए ।...

खेतमा जीवन उपयोगी सीप सिक्दै विद्यार्थीहरु

महेश बस्नेत घोराही, २२ साउन । घोराही १६ सर्रास्थित ज्ञानमाला एकेडेमीका छात्रछात्राहरु साउने झरीमा आइतबार बेसाहीस्थित खेतमा पसे । बिद्यालय पोशाकमै रहेका बालबालिकाले किसानहरुसँगै रोपाई गरे र किसानका कुरा सुने । कक्षाकोठाभित्र बसेर निश्चित पाठ्यपुस्तकमा मात्रै गरिने अध्ययन अपर्याप्त हुने हुँदा व्यवहारिक शिक्षाका लागि विद्यार्थीलाई खेतमा लगेको विद्यालयका प्रधानाध्यापक केशवराज गिरीले बताए । कक्षा आठको पेशा, व्यवसाय तथा प्राविधिक शिक्षा विषयको प्रयोगात्मक...

ग्वारखोलामा बस पल्टिँदा १५ यात्रु घाइते, ५ को अवस्था गम्भीर

दाङ, २० साउन । दाङमा यात्रुबाहक बसलाई खोलाले बगाउँदा १५ जना यात्रु घाइते भएका छन् । धनगढीबाट दाङको तुलसीपुरका लागि छुटेको ना४ख ८१३६ नम्बरको बसलाई तुलसीपुर–घोराही सडकखण्ड अन्तर्गत ग्वारखोलामा आएको बाढीले बगाउँदा  बसमा सवार यात्रु घाइते भएका हुन् ।  घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको राप्ती अञ्चल अस्पताल तुलसीपुरले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते दाङ तुलसीपुर उपमहानगरपालिका २...

नमुना युवा सांसदले अन्तर्राष्ट्रिय युवा दिवस मनाउने

दाङ, १८ साउन । दंगीशरण गाउँपालिकामा राष्ट्रिय युवा परिषद् दाङद्वारा गठित नमुना युवा संसदले युवाहरुको लागि सुरक्षित वातावरण भन्ने मुल नाराका साथ अन्तर्राष्ट्रिय युवा दिवस मनाउने भएको छ । संसदको शुक्रवार हेकुलीमा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो । सभामुख पारस खड्काको अधयक्षता एवं संघीय युवा सांसद चक्रमिलन विक र रमिता चौधरीको विशेष उपस्थितिमा बैठक सम्पन्न भएको हो । बैठकले यही...

शान्ति निकेतनको क्याप्टेनमा बस्नेत विजयी

दाङ, १८ साउन । शान्ति निकेतन विद्यालय घोराहीको क्याप्टेनमा ममता बस्नेत र भाइस–क्याप्टेनमा सुदन भण्डारी निर्वाचित हुनुभएको छ । शुक्रबार सम्पन्न निर्वाचनबाट बस्नेत र भण्डारी अत्यधिक बहुमतले बिजयी हुनुभएको हो । क्याप्टेनमा विजयी बस्नेतले ७८ मत ल्याउनुभएको थियो भने उहाँका प्रतिद्वन्द्वी अस्मिता पौडेलले ५१, समीक्षा भण्डारीले १३ र मनिका पोख्रेलले २ मत ल्याउनुभएको मुख्य निर्वाचन अधिकृत सुनिल गौतमले जानकारी दिनुभयो ...

ताजा समाचार