स्मारक माग गर्दै द्वन्द्वपीडितले गाडे व्यानर

घोराही, ११ साउन । घोराही उपमहानगरपालिका–१७ वर्गद्दिका द्वन्द्वपीडितहरुले सामुहिक हत्याकाण्डका मृतकहरुको नाममा स्मारक बनाउन माग गर्दै घटनास्थलमा व्यानर गाडेका छन । घटनास्थलमा जम्मा भएका पीडितहरुले पटक–पटक आग्रह गर्दा पनि स्थानीय प्रशासन, उपमहानगरपालिका, राजनीतिक दललगायत सरोकारवालाहरुसमेतले व्यवास्था गरेको भन्दै आफन्त मारिएको ठाउँमा ऐतिहासिक घटनास्थल संरक्षण गर्न घटना मिति उल्लेखित व्यानर गाडेको द्वन्द्व प्रभावित सरोकार केन्द्र दाङकी अध्यक्ष सुशीला चौधरीले जानकारी दिनुभयो ।...

गुरु पूर्णिमाको अवसरमा ज्ञानमालामा विविध कार्यक्रम

महेश बस्नेत दाङ, ११ साउन । घोराही १६ सर्रास्थित ज्ञानमाला एकेडेमीका छात्रछात्राहरुले एक कार्यक्रमको आयोजना गरी शुक्रबार गुरु पुर्णीमा मनाएका छन् । विद्यालयमा गठित नेपाल जुनियर रेडक्रस सर्कल (जुरेस) का अध्यक्ष खिमबहादुर चौधरीको अध्यक्षता एवम् विद्यालयका प्रिन्सिपल केशवराज गिरीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले गुरु र शिष्यहरुका बिचमा निकटतम र सुमधुर सम्बन्ध कायम हुनुपर्ने धारणा व्यक्त गरेका थिए ।...

घोराही वडा नं. २ द्वारा बृक्षारोपण

घोराही, ५ साउन । घोराही उपमहानगरपालिका वडा नं. २ ले शनिबार वृक्षारोपण गरेको छ । वडा कार्यालय, प्रहरी चौकी तथा रामपुर सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र परिसरमा आज वृक्षारोपण गरिएको हो । अशोक, निम, कपुर, राजवृक्ष (बाँदर लठ्ठी) लगायतका २०० बढी बिरुवाहरु जनप्रतिनिधि, वडा नं. २ मा रहेका विद्यालयका प्रधानाध्यापकहरु, समाजसेवी/बुद्धिजीवी एवं स्थानीयको सहभागितामा रोपिएको थियो । कार्यालय परिसरलाई सुन्दर, सफा...

स्वास्थ्य सेवा नरोक्न सञ्जालको आग्रह

दाङ, ३ साउन । मानवअधिकार सञ्जाल दाङले आन्दोलनका नाममा स्वास्थ्य सेवा नरोक्न चिकित्सकहरुलाई आग्रह गरेको छ । नेपाल चिकित्सक संघको आह्वानमा गरिएको ओपिडी सेवा बन्दको क्रममा नागरिकहरुले उपचार नपाएर फर्किनु पर्ने अवस्था देखिएको भन्दै सञ्जालले आधारभूत स्वास्थ्य सेवा नरोक्न सम्वन्धित पक्षलाई आग्रह गरेको हो । दाङका राप्ती उपक्षेत्रीय अस्पताललगायतका स्वास्थ्य संस्थामा बिहीवार ओपिडी सेवा बन्द हुँदा बिरामी उपचार नपाएरै फर्किएको...

नेपाल लाइफले दियो १४ लाखको भुक्तानी

घोराही, ३ साउन । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी घोराही शाखाले बागचौर १२ सल्यानकी नोखी वलीलाई बिमा वापतको १४ लाख रुपैयाँ प्रदान गरेको छ । वैदेशिक रोजगारीमा जाँदा बिमा बनाएका नोखीका श्रीमान् चन्द्रबहादुर वलीको विदेशमै मृत्यु भएपछि उहाँको बिमा वापतको रकम श्रीमती नोखी वलीलाई प्रदान गरिएको हो । मृतक चन्द्रबहादुरको वैदेशिक रोजगार म्यादी जीवन बीमा अन्तर्गतको उक्त रकम इन्स्योरेन्सका शाखा प्रमुख...

रुख पुनर्उत्पादन गर्न चक्लाबन्दी

घोराही, ३० असार । वन संरक्षणले मात्रै उपभोक्ताहरुको जीवन परिवर्तन गर्न नसकिने भन्दै जिल्ला वन कार्यालयले राष्ट्रिय तथा सामुदायिक वनमा चक्लाबन्दी सुरु गरेको छ । अघिल्लो वर्षदेखि सामुदायिक वनको वैज्ञानिक व्यवस्थापनसमेत थालेको जिल्ला वन कार्यालयले वनमा रुखको पुनर्उत्पादनका लागि १० वर्षे कार्ययोजना बनाएर काम थालेको हो । "नेपालमा वन संरक्षणको काम नमूना नै भयो तर त्यसलाई उत्पादनशील बनाउन सोचेजति काम...

ज्ञानमाला एकेडेमीको साधारणसभा सम्पन्न

महेश बस्नेत दाङ, ३० असार । घोराही उपमहानगरपालिका वडा नंं १६ सर्रास्थित ज्ञानमाला एकेडेमीको दशौं साधारणसभा शनिबार सम्पन्न भएको छ । सभाले चिजबहादुर चौधरीको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ । समितिका सदस्यहरुमा बोधिबहादुर केसी, बब्लु शर्मा, दुर्गालाल केसी, सन्तोष सुवेदी र सरस्वती खड्का तथा सदस्य सचिवमा केशवराज गिरी चयन हुनुभएको छ । समितिका सल्लाहकारहरुमा बामदेव पोख्रेल, रामहरी शर्मा पौडेल,...

जडिबुटीको हब बनाउन पाइलटिङ

घोराही, २९ असार । जडिबुटीहरुको उत्पादनशील क्षेत्र मानिने बंगलाचुली गाउपालिका–४ जुम्लेपानीलाई जडिवुटीको हब बनाउन सुरु गरिएको छ । प्राकृतिक रुपमै बहुमूल्य जडिवुटी क्षेत्र जुम्लेपानीमा हावापानी मिल्दो जडिवुटि प्रवर्द्धन  गर्न जिल्ला वन कार्यालयले गत वर्षदेखि नै जडिवुटीका विरुवा वितरण र विरुवाको प्रवर्द्धनका लागि आर्थिक सहयोग समेत गर्दै आएको जिल्ला वन अधिकृत जगदिशप्रसाद यादवले जानकारी दिनुभयो । जडिवुटी उत्पादनका लागि वातावरणको हिसाबले...

दाङको जिल्ला सभा भोलि

दाङ, २७ असार । दाङ जिल्लाको दोस्रो सभा विहीबार हुने भएको छ । सभाको प्रदेश न‍‍ं. ५ का मुख्यमन्त्री शंकर पोख्रेलले उद्घाटन गर्ने कार्यक्रम तय भएको जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले बताउनुभयो । सभाको उद्घाटनमा जिल्लाबाट  संघीय संसद र  प्रदेश संसदमा प्रतिनिधित्व गर्ने सांसद्हरुलाई समेत आमन्त्रण गरिएको छ । सभाको सबै तयारी पूरा भएको समन्वय समितिका प्रमुख नेपालीले बताउनुभयो...

घोराही उपमहानगरले असार २९ गते सार्वजनिक सुनुवाई गर्ने

घोराही, २५ असार । घोराही उपमहानगरपालिकाले आफ्नो मातहतमा प्रवाह हुने सेवा सुविधालाई थप सहज र व्यवस्थित बनाउन नगरबासीको राय सुझाब लिने भएको छ । उपमहानगरले यही असार २९ गते सार्वजनिक सुनुवाई कार्यक्रममार्फत नगरबासीको राय सुझाव लिने भएको हो । घोराही उपमहानगरपालिकाले प्रदान गर्ने सेवा सुविधालाई थप प्रभावकारी बनाउनुका साथै स्थानीय विकासमा नागरिकहरुको सहभागितामा कर्तव्यबोध गराउने गरी सार्वजनिक सुनुवाई गर्न लागेको...

ताजा समाचार