दलहरुको राजनीतिक संस्कार फेरिएनः केसी
घोराही, २५ असार । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले व्यवस्था फेरिए पनि दलहरुमा राजनीतिक संस्कार फेरिन नसकेकोमा चिन्ता व्यक्त गर्नुभएको छ । प्रगतिशील पत्रकार संघ दाङले सोमवार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष केसीले राजनीतिक संस्कार नफेरिदा गणतन्त्र नै खतरामा परेको बताउनुभयो ।
संविधानमै समाजवाद उन्मुख उल्लेख गरिएको छ तर शक्तिशाली बाम सरकारले ल्याएको वजेट पुरानै ढर्राको छ...
फोहर संकलन गर्न घोराहीमा थप चारवटा गाडी
घोराही, २० असार । घोराही उपमहानगरपालिकाले बढ्दो शहरीकरणसँगै उत्पन्न हुने फोहरमैला संकलन तथा व्यवस्थापनका लागि थप चार वटा गाडी खरिद गरेको छ । उपमहानगरले एउटा डोजर र ३ वटा फोहर बोक्ने कम्प्याक्टर खरीद गरेको हो ।
१ करोड १२ लाख ५० हजार रुपैयाँमा तीन वटा कम्प्याक्टर र ६१ लाख ५३ हजार रुपैयाँको एउटा डोजर खरीद गरेको हो । घोराही उपमहानगरपालिकामा...
चार हजार तिर्दा नेपाल लाइफले दियो १३ लाखको भुक्तानी
घोराही, २० असार । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी घोराही शाखाले चार हजार रुपैयाँ तिरेर बिमा गराएका तुलसीपुर १८ दूधरासका रुद्रवीर ठकुरीको परिवारलाई १३ लाख रुपैयाँ प्रदान गरेको छ । वैदेशिक रोजगारीमा जाने क्रममा बिमा बनाएका विमलाका श्रीमान रुद्रवीर ठकुरीको ४८ वर्षको उमेरमा दूधरासस्थित आफ्नै घरमा मृत्यु भएपछि उहाँको बिमा बापतको रकम शाखाले प्रदान गरेको हो ।
मृतक रुद्रवीरको वैदेशिक रोजगार...
बोल्ने कलाको विकासले मात्रै अधिकार सुरक्षितः मेयर चौधरी
घोराही, २० असार । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले बोल्ने कलाको बिकासले मात्रै अधिकार उपयोग गर्न सकिने बताउनुभएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १३ को आयोजनामा भएको दलित महिलाहरुका लागि उद्घोषण तालिम समापन कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले बोल्ने कलाको विकासले मात्रै सहज ढंगबाट अघि बढ्न सकिने बताउनुभयो । लाज र डरले आफैलाई पछि पार्ने भन्दै नगर प्रमुख...
रोजगारको अवसर सिर्जना गर्न मुक्त कमलरीको माग
घोराही, २० असार । मुक्ती पछि आफुहरुले विभिन्न विधामा अध्ययन गरेर सिप सिकेको भन्दै मुक्त कमलरीहरुले रोजगारको अबसर सृजना गर्न स्थानिय सरकार सँग माग गरेका छन् । प्लान इन्टरनेशनल नेपाल फिल्ड अफिस नेपालगञ्ज बाँकेको आयोजना र घोराही उपमहानगर शिक्षा शाखाको समन्वयमा मंगलबार घोराहीमा भएको सरकारी तथा गैरसरकारी संस्थाहरु सँग मुक्त कमलरीको लागि रोजगारका लागि छलफल कार्यक्रममा मुक्त कमलरीहरुले आफ्नो...
कटुवाखोलाको हरिबिजोगः पुल एकातिर, खोला अर्कोतिर
घोराही, १९ असार । घोराही लमही सडक खण्डको कटुवाखोलाबाट तीन दिनदेखि गाडीहरु आवतजावत गर्न सकिरहेका छैनन् । घोराहीदेखि बाहिरिने र लमहीदेखि भित्रिने सबै सवारीका साधनहरु नवलपुर, डबरी, चौघेरा हुँदै आवतजावत गरिरहेका छन् ।
कटुवाखोलाबाट पैदल यात्रु समेत वारपार गर्न सक्ने अवस्था छैन । पानी बगिरहेको छेउँमै पुल निर्माणको कार्य अन्तिम चरणमा छ । ह्युम पाइप हालेर आवतजावतका लागि डाइभर्सन बनाइएको...
घोराही उपमहानगरको १३ र १९ जोड्ने सेवारमा पुल निर्माण
घोराही, १८ आसर । घोराही उपमहानगरपालिका वडा नम्बर १३ देखि वडा नम्बर १९ जोड्ने सेवारखोलाको लापेमा झोलुंगे पुल निर्माण भएको छ । झण्डै २४ लाख रुपैयाँको लागतमा वडा नम्बर १३ लापेदेखि वडा नम्बर १९ साधन धोक्रे जोड्ने झोलुंगे पुलको निर्माण भएको हो ।
सेवा प्रतिष्ठान तुलसीपुरले जिम्मा लिएर सेवारखोलामा बनेको उक्त पुलको सोमबार घोराही उपहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले रिबन काटेर...
युवाहरु अब नयाँ एजेण्डाका साथ अघि बढ्नुपर्छः मेयर चौधरी
घोराही, १७ असार । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले वर्तमान समयमा युवाहरु नयाँ एजेण्डाका साथ अगाडि बढ्नुपर्ने बताउनुभयो । राजनीतिक परिवर्तनका लागि युवाहरुको महत्वपूर्ण योगदान भए पनि मुलकमा भएको राजनीतिक परिवर्तन पश्चात् युवाहरु निकै निस्क्रिय भएको बताउँदै अब मुलुकले युवाहरुको भूमिका खोजेको बताउनुभयो ।
युवा कार्य नेपालले आज घोराहीमा आयोजना गरेको ‘स्थानीय विकासमा युवा सहभागिता, हाम्रो चासो’ विषयक अन्तक्र्रिया कार्यक्रमका...
चाक्लीघाट पुर्याइँदै सडक
घोराही, १६ असार । अर्जुनखोलामा बगेर गत वर्ष २ जनाले ज्यान गुमाए, यसपालिको वर्षा सुरु भइसकेकाले स्थानीयमा बाढीको जगजगीले छोइसकेको छ । हरेक वर्षायाम चाख्लीघाटबासीका लागि सुखद् रहन नसकेको इतिहास सम्झिदै यतिबेला चाक्लीघाटवासीहरु आफ्नो ठाउँमा सडक पुर्याउन कस्सिएका छन् ।घोराही उपमहानगरपालिका वडा नं. २ चाक्लीघाटसम्मको झण्डै पाँच किलोमिटर बाटो निर्माण गर्न स्थानीय कस्सिएका हुन् । लमही नगरपालिका क्षेत्र बेलदमारदेखि...
निगरानीको दायर बढाउन सरोकारवालाहरुको आग्रह
घोराही, १६ असार । शिक्षा, स्वास्थ्य र खाद्यअधिकार मात्र नभई निगरानीको दायरा बढाउन सरोकारवालाहरुले मानवअधिकार निगरानी समूहलाई आग्रह गरेका छन् । इन्सेकद्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तर्गत गठित मानवअधिकार निगरानी समूहलाई नियमित विकासका गतिविधिमा पनि निगरानी बढाउन सम्वन्धित निकायहरुले आग्रह गरेका हुन् ।
शनिवार घोराहीमा आयोजित जिल्लास्तरीय सल्लाहकार समितिसँग अनुभव आदानप्रदान बैठकमा बोल्दै उनीहरुले...














