पशु तथा कृषि बिमासम्बन्धी अभिमुखीकरण
दाङ, १४ असार । मानवअधिकार निगरानी समूह सौडियारको आयोजनामा पशु तथा कृषि विमा सम्वन्धी एकदिने अभिमुखिकरण सम्पन्न भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को संयोजन तथा मानवअधिकार निगरानी समूह सौडियारको आयोजनामा भएको अभिमुखिकरणमा नेपाल इन्स्योरेन्स कम्पनी दाङका प्रेम घर्तीमगरले प्रशिक्षक दिनुभएको थियो । उहाँले कृषकहरुलाई विमाका फाइदा, प्रक्रिया र यसले व्यवसायप्रवृद्धनमा पुग्ने टेवाका विषयमा जानकारी दिनुभएको थियो ।...
घोराही उपमहानगरद्वारा करिब डेढ अर्बको बजेट प्रस्तुत, चालुतर्फ साढे ९१ र पुँजीगतमा ५७ करोड
घोराही, १० असार । दाङको घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७५/०७६ को लागि एक अर्ब ४९ करोड २६ लाख ८३ हजार रुपैयाँको बजेट निर्धारण गरेको छ । आइतबार बसेको तेस्रो नगरसभामा उपमहानगरका उपप्रमुख सिता सिग्देल न्यौपानलेले संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त मार्गदर्शन तथा नगरपालिकाको आन्तरिक आयको प्रक्षेपणका आधारमा उक्त बजेट निर्धारण गरेको बताउनुभयो ।आगामी वर्षका लागि चालुतर्फ ९१...
टिप्पर समिति प्रालिमा जान तयार
घोराही, ९ असार । स्वर्गद्वारी टिप्पर व्यावसायी समिति प्रालिमा जाने भएको छ । समितिको शनिवार सम्पन्न विशेष भेलाले यस्तो निर्णय गरेको घोराहीमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । समितिका अध्यक्ष भरतनाथ योगीले पत्रकार सम्मेलनमार्फत निर्णय सार्वजानिक गर्दै राज्यले लागु गरेको नीति नियमको पालना गर्न समिति तयार रहेको बताउनुभयो ।
पत्रकार सम्मेलनमा टिप्पर व्यावसायीहरुले प्रहरी प्रशासनले दमन र अनावश्यक दवाव...
ज्ञानमालामा जुनियर रेडक्रस सर्कल
घोराही, ९ असार । ज्ञानमाला एकेडेमी घोराही १६ सर्रामा नेपाल जुनियर रेडक्रस सर्कल गठन गरिएको छ । विद्यालयका प्रिन्सिपल केशवराज गिरीको अध्यक्षता एवम् नेपाल रेडक्रस सोसाइटी घोराही उपशाखा सभापति थम्मन चौधरीको प्रमुख आतिथ्यतामा आयोजित विद्यार्थीहरुको भेलाले कक्षा ९ का छात्र खिम बहादुर चौधरीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको हो ।
भेलाले सर्कलको उपाध्यक्षमा कक्षा १० की छात्रा झरना डाँगी,...
घोराहीको नीति कार्यक्रम सार्वजनिक, भौतिक पूर्वाधार प्राथमिकतामा
घोराही, ९ असार । घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७५/७६ मा भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको जनाएको छ । तेस्रो नगरसभामा नीति कार्यक्रम प्रस्तुत गर्दै घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको उल्लेख गर्नुभएको हो ।
उपमहानगरपालिकाले कृषि, उद्योग, पर्यटन, व्यापार, वित्त र सहकारीलगायतका समृद्धिका क्षेत्रलाई चलाएमान बनाउन आधारका रुपमा सडक निर्माणलाई प्राथमिकता दिने नीति कार्यक्रममा उल्लेख गरेको...
युवाहरु सिर्जनशील काममा लाग्नुपर्छ-नेपाली
घोराही, ९ असार । जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीले युवाले आफूमा रहेकाे जोशलाई होसियारीपूर्वक प्रयोग गर्न आवश्यक रहेको बताउनुभएको छ । धेरै युवाहरुले जोशमा होस गुमाउने गरेकाले सफलताभन्दा पनि असफलता बढी प्राप्त हुने र उनीहरुमा निरासा देखिने गरेको बताउँदै नेपालीले जोश र होस दुवैको सन्तुलित प्रयोग युवाहरुले गर्नुपर्ने बताउनुभयो ।
जिल्ला युवा समिति दाङको आयोजनामा घोराहीमा भएको युवा...
बढ्दै बालिका बलात्कारका घटना
घोराही, ९ असार । दाङमा बालिका बलात्कारका घटनामा बृद्धि भएको छ । मानवअधिकारवादी संस्था इन्सेकले शनिवार घोराहीमा सार्वजनिक गरेको अर्धवार्षिक प्रतिवेदनले जिल्लामा बालिका बलात्कारको घटना ह्वात्तै बढेको उल्लेख छ ।
नेपाल मानवअधिकार वर्ष पुस्तकका लागि दाङमा संकलन गरिएका घटनाको अर्धवार्षिक समीक्षामा प्रस्तुत गरिएको प्रतिवेदनमा अङ्ग्रेजी वर्ष जनवरी २०१८ देखि जुन २२ सम्मको ६ महिनाको अवधिमा २३ बालिका बलात्कार तथा बलात्कार...
भोलि घोराही उपमहानगरको नीति कार्यक्रम ल्याइँदै, सडक पूर्वाधार बलियो बनाउनेमा जोड
घोराही, ८ असार । घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि भोलि आफ्नो नीति कार्यक्रम ल्याउने भएको छ । उपमहानगरपालिकाले सडक पूर्वाधारलाई विशेष प्राथमिकता दिँदै तेस्रो नगरसभा अधिवेशनमार्फत हरेक क्षेत्रमा विकास गर्नेगरी नीति कार्यक्रम ल्याउन लागेको छ ।
चालु आर्थिक वर्षमा सडक पूर्वाधार विकासलाई प्राथमिकता राखेको उपमहानगरले यसवर्ष पनि ती सडकहरुको पूर्णता, स्तर उन्नती र कालोपत्रे गर्ने कार्यक्रम ल्याउन लागेको नगर...
मेयरकपमा भोलिदेखि सेमिफाइनलका खेल हुने
घोराही, ८ असार । दाङको घोराहीमा जारी घोराही नगरस्तरीय प्रथम मेयरकप रनिङ फुटवल प्रतियोगितामा क्वाटर फाइनलका खेलहरु सकिएका छन् । भोलि शनिबारबाट सेमिफाइनलका खेलहरु हुने भएका छन् ।
सेमिफाइनमा ४ वटा वडाहरु पुगेका छन् । वडा नम्बर ६, ७, १५ र १८ का खेलाडीहरु क्वाटर फाइनलबाट सेमिफाइनलमा पुगेका हुन् । शुक्रबार दिउँसो भएको खेलमा वडा नम्बर १८ ले वडा नम्बर...
बुहारीले गरिन् सासुको हत्या
घोराही, ७ असार । घोराही उपमहानगरपालिका वडा नं. ८ की ३२ वर्षीया लालसरी बुढाले ५६ वर्षीया सासु दिलकुमारी बुढाको हत्या गरेकी छन् । कान्छी बुहारी लालसरीले घाँटी थिचेर मारेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
सेवारस्थित बृद्धा बस्दै आएको झुपडीमा उनको शव भेटिएपछि नजिकै बस्दै आएकी कान्छी बुहारीलाई प्रहरीले बुधवार नै पक्राउ गरी अनुसन्धान थालेको दाङका निमित्त प्रहरी प्रमुख डिएसपी...














