प्रहरीद्वारा ५ सेल अश्रुग्याँस प्रहार
टीकापुर, फागुन २० । गत फागुन १७ गते राति टीकापुरमा होली खेल भैरहेको बेला खुल्ला खेलमैदानमा भएको हत्यापछि मृतकका समर्थकले गरेको आन्दोलन आक्रामक र उग्र बन्दै गएपछि त्यसलाई नियन्त्रण गर्न प्रहरीले ५ सेल अश्रु ग्यास प्रहार गरेको छ ।
हत्यारालाई सार्वजनिक गरी कारवाहीको माग गर्दै आएका आन्दोलनकारी इलाका प्रहरी कार्यालय टीकापुर घेराउ गर्न गएको भीडलाई नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार...
टुँडिखेलमा हजारौंले एकसाथ बाचन गरे बुद्ध वचन
काठमाडौं, १८ फागुन । भगवान गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्दै गिनिज वुक अफ दि वर्ल्ड रेकर्डमा लेखाउने प्रयासमा शनिबार काठमाडौंको टुँडिखेलमा हजारौं व्यत्ति भेला भएर एक साथ बुद्धको वचन पढेका छन् ।
कार्यक्रममा ७५ हजारले आधिकारिक पास लिएर सहभागी भएका तर त्यती नै संख्यामा पास नभएकासहभागीहरु टुँडिखेल प्रवेश गरेको गायक तथा उक्त अभियानका अभियन्ता धिरज राईले बताए ।
विश्व किर्तीमानी परिषदले आयोजना गरेको कार्यक्रमको अभियान गायक...
प्रदेश ५ को मुख्य महान्यायाधिवक्तामा डिसी
बरिष्ठ अधिवक्ता ठाकुरप्रसाद डिसी प्रदेश ५ सरकारको मुख्य न्यायाधिवक्तामा नियुक्त हुनुभएको छ ।
मुख्यमन्त्रीले कानूनी सल्लाहकारको रुपमा मुख्यन्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक प्रावधानअनुसार उहाँ नियुक्त हुनुभएको हो ।
दाङका वरिष्ठ अधिवक्ता डिसीलाई प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले मुख्य महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको हो । उहाँको सपथग्रहण आइतवार हुने बताइएको छ ।
वैद्य र विप्लवबीच कार्यगत एकता
१६ फागुन, चितवन । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द, ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी चितवनबीच कार्यगत एकता भएको छ ।
मंगलबार बसेको संयुक्त बैठकले कार्यगत एकता गर्ने सहमति गर्दै चारबुँदे संयुक्त विज्ञप्ति जारी गरेको छ । नेकपा (क्रान्तिकारी माओवादी) चितवनकी जिल्ला इन्चार्ज अम्बिका मुडबरीका अनुसार केन्द्रस्तरमा जारी सहकार्यलाई जिल्लामा समेत निरन्तरता दिन यसरी कार्यगत एकता गरिएको...
विप्लवका नाममा पक्राउ पूर्जी
१६ फागुन, दाङ । नेपाल कम्प्यूनिष्ट पार्टीको महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई पक्राउ गर्न पक्राउ पूर्जी जारी गरिएको छ ।
जिल्ला अदालत भोजपुरले पक्राउ गर्न आदेश दिए बमोजिम कार्यन्वय गर्नलाई विप्लवको घरमा पक्राउ पूर्जी टासिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनायो ।
त्यहाँका डिएसपी नरेन्द्रकुमार कार्कीले भने, ‘हामीले अदालतको आदेश पालना गरेका हौं ।’ विलप्वको घर शिवराज नगरपालिकामा पर्छ ।
फेसबुकबाट कसरी पैसा कमाउने ?
अमृत भण्डारी
हामी सबैले युट्युबबाट पैसा कमाई हुन्छ भन्ने कुरा त सुनिरहेकै विषय हो। आजभोलि फेसबुकबाट पनि पैसा कमाई हुन्छ भन्ने हल्ला ब्यापक बन्दै गएको छ। त्यसको सत्यता के हो र कसरी गर्न सकिन्छ हेरौं।
फेसबुक विश्वकै नम्बर एक सामाजिक सञ्जाल हो।यसमा करिब १.३ विलियन प्रयोगकर्ताहरु विश्वभरबाट जोडिएका छन्। प्राय यसका प्रयोगकर्ताहरुले दिनमा एक पटक फेसबुक खोलेकै हुन्छन्। त्यसैले आफ्नो व्यापार...
सकियो महोत्सव, १८ करोडको कारोबार
घोराही, १४ फागुन । दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगिक कृषि प्रदर्शनी २०७४ सकिएको छ । सोमबार औपचारिक कार्यक्रम गरेर महोत्सवको समापन गरिएको हो । फागुन ३ गतेदेखि सुरु भएको महोत्सवमा १८ करोडको कारोवार भएको महोत्सव मुल आयोजक समिति एवं दाङ उद्योग वाणिज्य संघले जनाएको छ । १२ दिन चलेको महोत्सवलाई साढे तिन लाख दर्शकले अवलोकन गरेको...
शिक्षक संघको प्रदेश अध्यक्षमा योगी
बाँके, १४ फागुन । नेपाल शिक्षक संघको पाँच नम्वर प्रदेश अध्यक्षमा दाङका अर्जुन योगी निर्वाचित हुनु भएको छ । सोमबार नेपालगञ्जमा भएको निर्वाचनमा उहाँ विजयी हुनु भएको थियो । समितिको वरिष्ठ उपाध्यक्षमा पाल्पाका दीपक प्रसाद ज्ञवाली, महिला उपाध्यक्षमा वर्दीयाकी शान्ति योगी, उपाध्यक्षमा अर्घाखाँचीका कृष्ण पौडेल र वर्दीयाका यज्ञ नेपाल निर्वाचित हुनु भएको छ ।
यसैगरी महासचिवमा रुपन्देहीका लालप्रसाद पंगेनी, महासचिव...
यी हुन् लडाकु विमान उडाउने २४ वर्षीया युवती
नयाँ दिल्ली । भारतको मध्यप्रदेशको एउटा सानो गाउँमा जन्मिएकी अवनी चतुर्वेदीले सपनामा पनि चिताएकी थिइनन् कि कुनै दिन एक्लै लडाकु विमान उडाउँछृु भनेर । तर उनले नचिताएको कुरा पुगेको छ ।
२४ वर्षीया अवनी एक्लै लडाकु विमान उडाउने पहिलो भारतीय महिला बनेकी छन् । गत सोमबार दिउँसो उनले एमआईजी–२१ बाइसन विमानको ३० मिनेट एकल उडान गरेकी थिइन् । अहिले उनी...
फागुको रंग, होलीको भंग
तीर्थबहादुर श्रेष्ठ
फागु वा होली भन्ने बित्तिकै रंग र भंग अनि प्रेम र प्रणयका सन्दर्भ जोडिन्छन्।
लगभग ६० वर्षअघिको काठमाडौंमा हामी होली हैन, फागु खेल्थ्यौं। पुस–माघको मीनपचास विदाभर टोलका सबै साथीसँग खेलेको गुच्चा, पैयुँ र पांग्रा एक कुनामा थन्क्याएर स्कुल जानुपर्थ्यो। फागुन महिनाले फागु तुरुन्त बोलाएसँगै टोलछिमेकका सबै साथीसंगिनीसँग फेरि जमेर खेल्ने अवसर जुर्थ्यो।
फागुन शुक्ल अष्टमीका दिन काठमाडौं वसन्तपुरमा कुमारी घर...













