मिर्गौलासम्बन्धी समस्या पुरुषमा भन्दा महिलामा बढी
दाङ, २४ फागुन । २०७४ विश्व मिर्गौला दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी आज मनाइँदैछ ।
सन् २००६ देखि विश्वभर मनाइँदै आएको दिवसको यस वर्षको नारा मिर्गौला र महिलाको स्वास्थ्य भन्ने तय गरिएको छ । दिवसको अवसरमा राष्ट्रिय मिर्गौला उपचार केन्द्रले उपत्यका बाहिर विराटनगर, चितवन र दमौलीमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । नेपालमा कुल जनसंख्याको करीब १० प्रतिशतलाई...
बर्सैपिच्छे मनाइने दिवस, थाहै नपाउने श्रमिकहरु
घोराही, २४ फागुन । बिहीबार १०८औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइयो । विभिन्न सरकारी र गैरसरकारी निकायहरुले तामझामका साथ कार्यक्रम गरे । तर श्रम गरेर साँझ बिहानको छाक टार्नेहरुलाई भने दिवसले छुने मात्रै हैन पत्तो नै पाएनन् ।
विभिन्न संस्थामा आबद्ध भएकाहरुले कार्यक्रमको आयोजना गरेर भाषण गरे, जेरी र समोसा खाए अनि सुकिला मुकिला भएर कार्यक्रममा पुगे । तर दैनिक...
अग्नी पीडितलाई राहत प्रदान
घोराही, २४ फागुन । घोराही उपमहानगरपालिका १९ बाम्ला धनडाँडाका अग्नी पीडितहरुलाई रेडक्रसले राहत सामग्री प्रदान गरेको छ । केही दिन पहिले आगलागी हुँदा दुई परिवारका तीन घर जलेर नष्ट भएका थिए ।
घोराही उपमहानगरपालिकाको समन्वयमा रेडक्रसले त्रिपाल, कम्बल, बाल्टिन, डोरी, काँचो कपडा र भाँडाहरु उपलब्ध गराएको हो । उक्त रातह सामग्री पीडित डिला रावत र वीरबहादुर बिकलाई नगर प्रमुख नरुलाल...
महिलाको अधिकार र न्यायमा साझा सोच आवस्यक
घोराही, २४ फागुन । महिलाहरुको अधिकार र न्याय स्थापित गर्न साझा सोच बनाउनुपर्ने एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।
घोराही उपमहानगरपालिका वडा नम्बर १४, १५ र १६ को आयोजना तथा सौभाग्य महिला विकास बचत तथा ऋण सहकारी संस्थाको समन्वयमा भएको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बोल्ने वक्ताहरुले महिलाहरुको मुद्दालाई साझा बनाउनु पर्नेमा जोड दिएका हुन् ।
लैंगिक समानताले मात्रै विकास...
श्रमिक महिला दिवसः नीति कार्यान्वयन मुख्य मुद्दा
घोराही, २४ फागुन । अधिकारको लडाँई सकिएको र अब कार्यान्वयनको पक्षलाई प्रमुख विषय बनाउनुपर्ने एक कार्यक्रमका सहभागीहरुले निष्कर्ष निकालेका छन् । बिहीबार १०८औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा दाङको घोराहीमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले अधिकार कार्यान्वयनलाई प्रमुख विषय बनाउनुपर्ने निष्कर्ष निकालेका हुन् ।
देश संघीय संरचनामा प्रवेश गरिसकेको भन्दै वक्ताहरुले अब तीनवटै सरकारले प्राप्त उपलब्धीहरुको व्यवहरिक कार्यान्वयन गरेर अघि बढ्नुपर्ने...
दाङमा धुमधाम साथ ‘मेयर कप बिच भलिबल प्रतियोगिता’ शुरु
तुलसीपुर, फागुन २३ । तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा आजदेखि बबई नदी किनारमा ‘‘मेयर कप बिच भलिबल प्रतियोगिता’ शुरु भएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यले खेल आयोजना गरिएको उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले बताउनुभयो ।
‘बिच भलिबल’ले पर्यटन प्रबद्र्धनमा भूमिका खेल्ने उहाँले बताउनुभयो । नगरलाई खेल शहरका रुपमा विकास गर्ने योजना रहेको पाण्डेले बताउनुभयो । नदीलाई पर्यटन विकासमा उपयोग गर्न नयाँ कामको...
राष्ट्रियसभासम्बन्धी अन्तरिम आदेश खारेज
२३ फागुन, काठमाडौं । केपी ओलीको नयाँ सरकारले राष्ट्रियसभाका लागि सिफारिस गरेका तीनजनाले अब सपथ खाने पक्का भएको छ । उनीहरुको सपथग्रहण रोक्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश आज खारेज भएको हो ।
यसअघि सर्वोच्च अदालतका न्यायाशीध प्रकाश राउतको एकल इजलासले दिएको अन्तरिम आदेशका कारण अर्थमन्त्रीसमेत रहेका डा. युवराज खतिवडाका साथै रामनारायण बिडारी र विमला पौड्यालले राष्ट्रियसभाको सांसद पदमा सपथ...
प्रदेश ५ मिनी नेपाल बन्छः मुख्यमन्त्री पोख्रेल
दाङ, फागुन २३ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश ५ लाई मिनि नेपालका रुपमा विकास गर्ने बताउनुभएको छ । तुलसीपुर उपमहानगरपालिकाले आजदेखि बबई नदी किनारमा शुरु गरेको ‘मेयर कप बिच भलिबल प्रतियोगिता’ उद्घाटन गर्दै पोख्रेलले प्रदेशलाई नमूना बनाउने बताउनुभएको हो ।
प्रदेशमा स्रोतसाधन, भूगोल, विशेषता र पर्यटन विकासका हिसावले धेरै सम्भावना रहेको उल्लेख गर्दै उहाँले प्रदेशमा समुन्नत विकास...
खरको छानो विस्थापन अभियान सुरु
घोराही, २३ फागुन । घोराही उपमहानगरपालिका–१६ बाहुनडाँडाका बलिराम थापाको तीन पुस्ता भरपर्दो छाना विनै बित्यो । टालटुल गरी बास ढाक्नुपर्ने बाध्यता बाजेपुस्ताबाटै थियो, गतिलो छाना लगाउने पैसा थिएन, ऋण लिएर छानो हाल्ने कुरा सपना जस्तै थियो तर जनप्रतिनिधिहरुले उहाँको सपना यसपालि निःशुल्क पूरा गरेका छन् ।
वडा नं. १६ लाई खरको छानोमुक्त वडा बनाउन जनप्रतिनिधिहरुले जस्ता पाता ल्याएर घरमै पुर्याइदिएपछि...
कांग्रेस संसदीय दलको नेताका लागि ५ जनाको उम्मेदवारी
दाङ, फागुन २० । नेपाली काँग्रेसको ५ नम्बर प्रदेशको संसदीय दलको नेता अब निर्वाचनबाट चयन हुने भएको छ ।
काँग्रेसले केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई सहमतिका आधारमा संसदीय दलको नेता चयनको जिम्मेवारी दिए पनि आकांक्षी धेरै भएपछि अन्ततः चुनावी प्रक्रियाबाटै नेतृत्व चयन हुने भएको हो ।
निर्वाचनका लागि काँग्रेसले अधिवक्ता डा. बुद्धबहादुर थापाको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको छ ।
चैत्र ६ गते...














