शिक्षाका लागि बाहिरियो १ खर्ब ३८ अर्ब रुपैयाँ

काठमाण्डौ, भदाै ८ । देशभित्र उच्च शिक्षाका लागि विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा रहेको भए पनि ठूलो मात्रामा धनराशी विदेशिने गरेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको गएको आर्थिक वर्ष २०८१/८२ को विवरणअनुसार शिक्षाका लागि मात्रै एक खर्ब ३८ अर्ब ४८ करोड रुपैयाँ विदेशिएको छ । अघिल्लो वर्ष शैक्षिक गतिविधिका लागि एक खर्ब २५ अर्ब १३ करोड रुपैयाँ...

यस वर्षको तीज शुरु, आज दर खाने दिन

काठमाण्डौ, भदाै ९ । यसवर्षको तीज आजदेखि शुरु भएको छ । आजको दिन माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ । दरलाई तीजको व्रतको पूर्वतयारीको रूपमा पनि लिइन्छ । भोलिको तीजमा व्रत बस्नुपर्ने भएकाले दरका रूपमा सात्विक पदार्थ खानुपर्छ भन्ने मान्यता छ । विशेषगरी दूधबाट बनेका खिर, ढकनी, गुँदपाक र मिठाइजस्ता परिकार खाइन्छ । दरले व्रतका दिन आडिलो बनाउँछ भन्ने...

राेल्पा, बाल कल्याण मा.वि.मा साइबर अपराध तथा लागूऔषध न्यूनीकरणसम्बन्धी प्रशिक्षण सम्पन्न

भरत वली रोल्पा, भदौ ८ । समुदाय प्रहरी–साझेदारी कार्यक्रमअन्तर्गत जिल्ला प्रहरी कार्यालय रोल्पा र रोल्पा नगरपालिकाको संयुक्त आयोजनामा सम्पूर्ण वडाका विद्यालयलाई समेट्ने गरी विद्यार्थी लक्षित सचेतनामूलक कार्यक्रमको शुभारम्भ गरिएको छ । साेहि कार्यक्रम अन्तर्गत आज (आइतबार) राेल्पा लिबाङमा अबस्थित बाल कल्याण माध्यमिक विद्यालयमा इबर अपराध र लागूऔषध दुर्व्यसन न्यूनीकरण सम्बन्धी विषयमा प्र.ना.उ. बिरेन्द्रवीर विश्वकर्मा र प्रनि रोहितकुमार शाहीले प्रशिक्षण तथा सहजीकरण...

ब्रह्मचारी टोल विकास संस्थाको २५ औँ साधारणसभा र तिज मिलन सम्पन्न

दाङ, भदौ ८ । घोराही उपमहानगरपालिका–१८ स्थित ब्रह्मचारी टोल विकास संस्थाले २५ औँ वार्षिक साधारणसभा तथा तिज मिलन कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम अध्यक्ष तिलक कुवरको अध्यक्षतामा र वडा नं १८ का वडा अध्यक्ष भरतमणि अर्यालको प्रमुख आतिथ्यतामा आयोजना गरिएको थियो। कार्यक्रममा गाउँ सुरक्षा समिति अध्यक्ष पूर्णबहादुर मल्ल, स्माल टोलका अध्यक्ष मधुसुदन अर्याल, रझेना टोल विकास संस्थाका अध्यक्ष कमल गौतम,...

दाङमा ११ हजारभन्दा बढीले ओमिक्रोन विरुद्धको खोप पाए

दाङ, भदौ ८ । कोभिड–१९ को नयाँ ओमिक्रोन भेरियन्टविरुद्ध दाङ जिल्लामा सञ्चालन गरिएको खोप अभियानमा ११ हजार ८२१ जनाले फाइजर–बायोएनटेक मोनोभ्यालेन्ट खोप प्राप्त गरेका छन्। जिल्ला स्वास्थ्य कार्यालयले दशवटै स्थानीय तहमा जम्मा १२ हजार नागरिकलाई खोप दिने लक्ष्य राखेको भए पनि त्यसअनुसार पूरा हुन सकेन। स्वास्थ्य कार्यालय दाङका खोप फोकल पर्सन भानुज्योति वलीका अनुसार सबैभन्दा बढी तुलसीपुर उपमहानगरपालिकामा खोप लगाइएको...

रोल्पा उद्योग वाणिज्य संघको २१औं साधारणसभा तथा ९औं अधिवेशन निर्वाचन कार्यक्रम सार्वजनिक

भरत वली रोल्पा, भदाै ८ । रोल्पा उद्योग वाणिज्य संघले आफ्नो २१औं वार्षिक साधारणसभा तथा ९औं अधिवेशनअन्तर्गत हुने निर्वाचन कार्यक्रम तालिका सार्वजनिक गरेको छ। संघका अनुसार आगामी २०८२ भदौ ८ गते बिहान १०:०० बजे मतदाताको नामावली प्रकाशन गरिएको छ। नामावलीमा त्रुटि वा छुट भएमा सो सम्बन्धी दाबी–विरोध भदौ ९ गते बेलुकी ५:०० बजेसम्म दर्ता गर्न सकिनेछ। अन्तिम नामावली भने भदौ १३...

रौतहटमा सुटकेसभित्र फेला परेको शवको सनाखत

रौतहट, भदौ ७ । रौतहटमा सुटकेसभित्र फेला परेको शवको सनाखत भएको छ। प्रहरीले दिएको जानकारीअनुसार मृतक माधवनारायण नगरपालिका–६ माधोपुरकी ३० वर्षीया रुबी देवी साह भएकाउ पाइएकाे छ । गौर–२ महादेवपट्टीमा डेरा गरी बस्दै आएकी रुबी शनिवार ब्युटी पार्लर जान्छु भनेर घरबाट निस्किएकी थिइन्। साँझ ६ बजेतिर परिवारले फोन गर्दा सम्पर्क नभएपछि खोजी भइरहेका बेला राति करिब १० बजे सडक पेटीमा...

दाङ, गढवा गाउँपालिकामा टिपर–मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

दाङ, भदौ ८ । दाङको गढवा गाउँपालिका–१ धोर्देमा आइतबार बिहान टिपर र मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ। ना.८ ख ८२५९ नम्बरको टिपर र लु.३९ प ८३९० नम्बरको मोटरसाइकल ठोक्किँदा प्युठानको ऐरावती गाउँपालिका–५ का २० वर्षीय सुशिल थापाको मृत्यु भएको हो। गम्भीर घाइते भएका उनको भालुवाङ अस्पतालमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते मोटरसाइकल चालकको भालुवाङ अस्पतालमै...

गत आर्थिक वर्षमा रेमिट्यान्स आप्रवाह हालसम्मकै उच्च

काठमाडौं, भदौ ८ । आर्थिक वर्ष २०८१/८२ मा रेमिट्यान्स आप्रवाह हालसम्मकै उच्च स्तरमा पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार उक्त अवधिमा कुल १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको हो। यो अघिल्लो वर्षको तुलनामा १९.२ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा १४ खर्ब ४५ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको थियो, जसमा १६.५ प्रतिशत वृद्धि भएको...

झन्डै ७० लाख जनाले स्थायी लेखा नम्बर लिए

काठमाण्डाै, भदाै ८ । नेपालमा झन्डै ७० लाख जनाले स्थायी लेखा नम्बर (पान) लिएका छन् । अर्थ मन्त्रालयको विवरण अनुसार एकै वर्षमा ७ लाख ७३ हजार २ सय १७ जना करदाता थपिएसँगै स्थायी लेखा नम्बर लिनेकाे सङ्ख्या गएको असार मसान्तसम्म ६९ लाख ९९ हजार ३ सय ५० पुगेको हो । अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखाका अनुसार व्यावसायिक स्थायी लेखा नम्बर (बीप्यान)...

ताजा समाचार