आज कोशी र सुदूरपश्चिमलगायत पहाडी भागमा मध्यम वर्षाको सम्भावना

काठमाण्डाै, भदाै १० । आज देशका पहाडी भागमा साधारण तथा बाँकी भागमा आशिंक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भाग तथा तराईका १/२ ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो । महाशाखाका अनुसार आज देशभर कतै पनि ठूलो पानी पर्ने सम्भावना छैन । राति कोशी, बागमती, गण्डकी...

आज हरितालिका तीज मनाइँदै

काठमाण्डाै, भदाै १० । आज हरितालिका तीज पर्व मनाइँदैछ । नेपाली महिलाहरूले धुमधामका साथ तीज मनाउँदैछन् । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ । हिजो दर खाएपछि औपचारिक रूपमा शुरू भएको तीज पर्व पर्सि ऋषि पञ्चमीसम्म मनाइन्छ । तीजको अवसरमा देशभरका शिवमन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको...

राप्ती गाउँपालिकामा सामूहिक सखरखण्ड खेती सुरु, कृषक आत्मनिर्भरतातर्फ

दाङ, भदौ ९ । दाङको राप्ती गाउँपालिकामा खाली जमिन उपयोग गर्दै कृषकलाई आत्मनिर्भर बनाउन सामूहिक सखरखण्ड खेती थालिएको छ । गाउँपालिकाको वडा नं. २ कठाहा क्षेत्रमा करिब दुई बिघा नदीले उकासिएको जमिनमा प्रगतिशील कृषक समूह र कठाहा गाउँ भूमि अधिकार मञ्चले वडा अध्यक्ष पहलवान चौधरीको पहलमा खेती सुरु गरेका हुन् । खाली रहेको जमिनलाई उत्पादनमूलक बनाउँदै कृषकलाई सामूहिक खेतीतर्फ आकर्षित गर्ने...

देउखुरीमा ट्याक्टर–अटो दुर्घटना, एकको मृत्यु दुई गम्भीर घाइते

दाङ, भदौ ९ । दाङको देउखुरीमा आइतबार राति भएको ट्याक्टर–अटो दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । गढवा गाउँपालिका–३, धैरेनीमा राति करिब ८ बजेतिर विपरीत दिशाबाट आइरहेको ट्याक्टरले रा १ ह ५९२३ नम्बरको अटोलाई ठक्कर दिँदा अटोमा सवार सोही गाउँपालिकाका ५५ वर्षीय बलबहादुर थापा गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि तत्काल राप्ती...

दाङमा पहिलोपटक पहल थिएटरको निर्माण कार्य प्रारम्भ

घोराही, भदौ ९ । दाङ जिल्लामा पहिलो पटक पहल थिएटर स्थापनाको प्रक्रिया सुरु भएको छ । चलचित्र तथा नाट्य क्षेत्रमा सक्रिय कलाकार केएल बुढाथोकीको पहलमा घोराहीमा नाट्यमञ्च निर्माण सुरु गरिएको हो । साहित्य र नाटकलाई नियमित मञ्चनमार्फत अघि बढाउने उद्देश्यले घोराही उपमहानगरपालिका–१५, कर्मचारी मिलन केन्द्र नजिकै थिएटर निर्माण थालिएको बुढाथोकीले बताउनु भयाे । करिब दुई दशकदेखि चलचित्र र नाटक क्षेत्रमा सक्रिय...

लुम्बिनी प्रदेश राजधानी क्षेत्रको जग्गा शर्तसहित फुकुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

दाङ, ९ भदौ । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले १२ वटा महत्वपूर्ण निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा दिउँसो मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले प्रशासनिक, कानूनी, भौतिक पूर्वाधार र सामाजिक क्षेत्रका बिषयहरु बारे निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दीनेश पन्थीले जानकारी दिनुभएको छ । राजधानी क्षेत्र भित्र राप्ती गाउँपालिका,...

इम्बोस्ड नम्बर प्लेट देवनागरीमा कार्यान्वयन गर्न नागरिक समाज दाङको आग्रह

घोराही, भदौ ९ । नागरिक समाज दाङले नेपाल सरकारले आगामी असोज १ गतेदेखि सवारीसाधनमा अनिवार्य रूपमा लागू गर्न लागिएको इम्बोस्ड नम्बर प्लेटलाई देवनागरी लिपीमा कायम गरेर मात्र कार्यान्वयन गर्न माग गरेको छ । समाजको आइतबार घोराहीमा बसेको बैठकले संविधानले सरकारी कामकाजको भाषा नेपाली हुने व्यवस्था गरेको स्मरण गराउँदै, इम्बोस्ड नम्बर प्लेटमा अंक र अक्षर देवनागरी लिपीमै राख्नुपर्ने र उपभोक्तालाई सहज रूपमा उपलब्ध...

लुम्बिनी प्रदेशको पाँच वर्षे आवधिक योजनाको नतिजा मिश्रित

घोराही, भदाै ९ । संघीयता कार्यान्वयनपछि लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०७६/७७ देखि पाँच वर्षका लागि तयार पारेको पहिलो आवधिक योजनाको नतिजा मिश्रित देखिएको छ । आर्थिक वर्ष २०७५/७६ मा निरपेक्ष गरिबीको रेखामुनिको जनसंख्या १८.२ प्रतिशत थियो भने पाँच वर्षपछि २०८०/८१ मा उल्टै बढेर २४.३५ प्रतिशत पुगेको छ । पाँच वर्षमुनिका बालबालिकामा ख्याउटेपन (उचाइअनुसारको तौल) पनि सुधार हुनुको सट्टा दोब्बर बढेको...

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी नगरपालिका सुदूरपश्चिममै पहिलो

कैलाली, भदाै ९ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी नगरपालिका सुदूरपश्चिममै पहिलो बन्न सफल भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गएको शुक्रवार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को नतिजाअनुसार घोडाघोडी पहिलो भएको हो । घोडाघोडीले ८५ दशमलव ५० अङ्क पाएको छ । योसँगै घोडाघोडी कैलाली जिल्लामा दोस्रो पटक प्रथम भएको छ । आर्थिक वर्ष २०७९/८० मा...

भारतका विभिन्न जिल्लामा अविरल वर्षा, राजस्थानका सबै विद्यालय बन्द

भारतको राजधानी दिल्लीसहित विभिन्न क्षेत्रमा अविरल वर्षा भइरहेका कारण धेरै ठाउँमा बाढी  आएको  छ । राजस्थानका धेरै जिल्लामा बितेको २४ घण्टाभन्दा बढी समयदेखि भइरहेको ठूलो वर्षाका कारण बाढीको जोखिम बढेको बीबीसी हिन्दीले जनाएको छ  । आज त्यहाँका सबै विद्यालयहरू बन्द गरिएको छ । यस्तै, पञ्जाबको पठानकोटमा पनि वर्षाका कारण सडकमा पानी जम्ने समस्या देखिएको छ । त्यहाँको एक घर क्षतिग्रस्त...

ताजा समाचार