घोराही उपमहानगरपालिका जिल्लामा उत्कृष्ट घोषित
भरत वली
दाङ, भदाै ७ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)को नतिजा अनुसार दाङ जिल्लामा घोराही उपमहानगरपालिका उत्कृष्ट भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ का लागि सार्वजनिक गरेको नतिजा अनुसार जिल्लाका दशवटा स्थानीय तहमध्ये घोराही उपमहानगरपालिका प्रथम स्थानमा पर्न सफल भएको हो ।
मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार घोराही उपमहानगरपालिकाले ७३ अंक प्राप्त गरी जिल्लामा...
राेल्पा, सुलिचौरमा सशुल्क आँखा अपरेशन शिविर हुने
रोल्पा, भदाै ७ । नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम–राप्ती तथा बहादुरगंज अन्तर्गतको सुलिचौर सर्जिकल आँखा केन्द्रले सशुल्क आँखा अपरेशन शिविर सञ्चालन गर्ने भएको छ।
शिविरको आयोजना नेपाल नेत्रज्योति संघले गर्न लागेको हो भने लमही आँखा अस्पताल, दाङले प्राविधिक सहयोग गर्नेछ। आगामी भदौ २०, २०८२ गते बिहान १० बजेदेखि दिउँसोसम्म सुलिचौर सर्जिकल आँखा केन्द्र, रोल्पामा शिविर सञ्चालन हुने केन्द्रले जनाएको...
लगानी बोर्ड बैठक : आठ अर्ब ८४ करोड बराबरको लगानी स्वीकृत
काठमाण्डौ, भदाै ७ । लगानी बोर्ड बैठकले ५४ मेगावाट उत्पादन क्षमताको तल्लो अप्सुवा जलविद्युत् परियोजनाका लागि आठ अर्ब ८४ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ ।
लगानी बोर्डको कार्यालयका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायका अनुसार बोर्डको ६५औँ बैठकले सङ्खुवासभाको मकालुमा आयोजनास्थल रहेको तल्लो अप्सुवा परियोजनाका लागि लगानी स्वीकृतीको निर्णय गरेको हो । साथै बैठकले आठ सय मेगावाट क्षमताको पश्चिमसेती जलविद्युत् परियोजनाको...
तीज नजिकिएसँगै घोराहीका डेरीमा दूध पातलो, परीक्षणमा अत्यधिक पानी मिसावट फेला
घोराही, भदाै ७ । तीज पर्व नजिकिँदै गर्दा घोराहीका डेरीहरूले बिक्री गरिरहेको दूध पातलो भएको पाइएको छ। घोराही उपमहानगरपालिकाले बिहीबार र शुक्रबार १६ वटा डेरीबाट संकलन गरेको दूधको परीक्षण गर्दा अत्यधिक मात्रामा पानी मिसाइएको खुलासा भएको हो।
उपभोक्ता हित संरक्षण शाखा, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले अनुगमन गरी संकलन गरेका नमूना विश्लेषणमा...
लुम्बिनी प्रदेश विकास समस्या समाधान समितिको बैठक, ११ बुँदे प्रस्ताव पारित
दाङ, भदाै ७ । लुम्बिनी प्रदेश विकास समस्या समाधान समितिको शुक्रबार बसेको बैठकले ११ बुँदे प्रस्ताव स्वीकृत गरी राष्ट्रिय विकास समस्या समाधान समितिमा पठाउने निर्णय गरेको छ। बैठक मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा प्रदेश राजधानी देउखुरीमा सम्पन्न भएको हो।
बैठकले प्रदेशसँग प्रत्यक्ष सरोकार भएका विभिन्न विषय संघीयस्तरमा उठाउने तयारी गरेको छ। ढुंगा, गिट्टी, बालुवाबाट हुने राजस्व बाँडफाँडमा प्रदेशको हिस्सा सुनिश्चित गर्न...
गोकर्णेश्वरमा बिहानैदेखि श्रद्धालुको घुइँचो
काठमाण्डौ, भदाै ७ । दिवङ्गत पितालाई तर्पण, सिदादान र पिण्ड अर्पण गर्न आज बिहानैदेखि काठमाण्डौको उत्तर पूर्वी भेगमा रहेको गोकर्णेश्वर उत्तरगया पितृ तीर्थ धाममा भक्तजनको घुइँचो लागेको छ । भाद्रकृष्ण औँसीका दिनमा गोकर्णेश्वरमा तर्पण, सिदादान र पिण्डदान गर्ने गरिन्छ ।
विशेषगरी आजको दिन दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्ने गरिएको मन्दिरका पूजारी जगदीश भट्टले जानकारी दिनुभयो । गोकर्णमा...
पाकिस्तानमा ठूलो वर्षापछि आकस्मिक बाढी : २४ जनाको ज्यान गयो
पाकिस्तानमा बाढीका कारण २४ जनाको ज्यान गएको छ । त्यहाँको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) का अनुसार मनसुनी वर्षाका कारण कम्तीमा २४ जनाको ज्यान गएको र पाँच जना घाइते भएका छन् ।
उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा सबैभन्दा धेरै १४ बालबालिकासहित २१ जनाको ज्यान गएको विपद् अधिकारीलाई उद्धित गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । दक्षिणी सिन्ध प्रान्तमा दुई जना...
अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड खुल्यो
काठमाण्डौ, भदाै ७ । सुक्खा पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड खुलेको छ । आज बिहान साढे ६ बजेतिर इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा चट्टानसहितको सुक्खा पहिरो खस्दा सडकखण्ड दुईतर्फी नै अवरुद्ध थियो ।
झन्डै डेढ घण्टा अवरुद्ध सडक इलाका प्रहरी कार्यालय मुग्लिनको विपद् व्यवस्थापन टोलीसहितको पहलमा दुईतर्फी नै खुलेको प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी दिनुभयो ।
रोकिएका गाडी र यात्रु गन्तब्यतर्फ लागेका छन् ।...
लुम्बिनी, बागमती, कर्णाली र सुदूरपश्चिमका एक/दुई ठाउँमा आज ठूलो पानी पर्ने सम्भावना
काठमाण्डौ , भदौ ७ । आज चार वटा प्रदेशको एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । लुम्बिनी, बागमती, कर्णाली र सुदूरपश्चिमका एक/दुई ठाउँमा आज ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार देशभरको मौसम आज दिनभर नै साधारणतया बदली रहनेछ । देशका पहाडी भागका केही ठाउँमा र तराइको थोरै ठाउँमा मध्यम वर्षाको...
रोल्पा नगरपालिकामा नगर कार्यपालिकाको बैठक सम्पन्न
भरत वली
रोल्पा, भदौ ६ । रोल्पा नगरपालिका नगर कार्यपालिकाको बैठक नगर प्रमुख सुरेन्द्र थापा घर्तीको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकले यस भदौ महिनामा उपभोक्ता समिति गठन, सर्वेक्षण, अभिमुखिकरण तथा सम्झौता कार्यहरू समयमै सम्पन्न गर्ने निर्णय गरेको छ।
साथै बैठकले कर्मचारी इन्धन, सवारी साधन मर्मत तथा अन्य सुविधासम्बन्धी निर्देशिका २०८२ लाई स्वीकृत गरेको छ। बैठकले गाई–भैँसी पकेट विकास कार्यक्रम र लघु...














