भिजिट भिसामा कुवेत जान लागेका ४७ महिला भारतबाट फर्काइए

काठमाण्डौ, साउन ९, भारतको राजधानी नयाँ दिल्लीको अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा कुवेत जान लागेका ४७ जना नेपाली महिलाहरूलाई नेपाल फर्काइएको छ । दिल्ली विमानस्थलबाट एनओसीविना कुवेत जान लागेका महिलाहरूलाई नेपाली दूतावाससँगको समन्वयमा स्थलमार्ग हुँदै गएराति रूपन्देही पुर्‍याइएको छ । ती महिलाहरूलाई सुनौली नाका हुँदै रूपन्देही पुर्‍याएर प्रशासनको जिम्मा लगाएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभयो । महिलाहरूलाई त्यहाँबाट...

दाङमा ब्राउन सुगरसहित दुई युवक पक्राउ

दाङ, साउन ८ । तुलसीपुर उपमहानगरपालिका क्षेत्रबाट लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्। प्रहरीले छुट्टाछुट्टै स्थानमा शंका लागेका उनीहरूलाई पक्राउ गरी नियन्त्रणमा लिएको हो। आज दिउँसो करिब २ बजे तुलसीपुर–९ नयाँबस्तीबाट अन्दाजी ३० वर्षीय नन्दबहादुर खड्कालाई चेकजाँच गर्दा उनको साथबाट २५० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ। उनलाई तत्काल नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। त्यसैगरी,...

मधेशमा खडेरी परेको भन्दै विशेष वैकल्पिक व्यवस्था गर्न सांसदहरुको माग

काठमाण्डौ, असार ९ । विभिन्न राजनीतिक दलका नेताहरुले मधेश प्रदेशका आठ जिल्लामा खानेपानीको खडेरी परेको भन्दै विशेष वैकल्पिक व्यवस्था गर्न माग गरेका छन् । एमाले मधेश प्रदेशका इन्चार्ज लिलानाथ श्रेष्ठले ४७ प्रतिशत रोपाइँ बाँकी भएको सप्तरी, सिरहा, सर्लाही, बारा, पर्सा, धनुषा, महोत्तरी र रौतहट जिल्लामा पानीको लागि वैकल्पिक व्यवस्था गर्नुपर्ने माग गर्नुभयो । तत्काल सरकारले चुरे किनारामा ठूलो–ठूलो पोखरी, ताल...

उत्पादनका आधारमा किसानलाई ५० लाख अनुदान

दाङ, साउन ९। जिल्लाका किसानलाई दुध, मासु, अण्डा र माछा उत्पादनका आधारमा करिब ५० लाख रुपैयाँ अनुदान वितरण गरिएको छ। भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङले उत्पादन र बिक्रीको विवरण संकलन गरेर किसानको खातामा प्रत्यक्ष अनुदान रकम उपलब्ध गराएको हो। कुल ४९ लाख ९९ हजार रुपैयाँ बराबरको अनुदान वितरण गरिएको केन्द्रका सूचना अधिकारी कृष्णकुमार न्यौपानेले जानकारी दिए। आर्थिक...

सुशासन र मीतव्ययिताको उदाहरण बन्नुपर्नेमा मुख्यमन्त्री आचार्यको जोड

दाङ, ९ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारलाई सुशासन, पारदर्शिता र मीतव्ययिताको उदाहरण बनाउनु आवश्यक रहेको बताउनु भएको छ । उहाँले सुशासन प्रवर्द्धन गर्ने रणनीतिक योजना कार्यान्वयनको प्रभावकारिता मूल्यांकन गर्नुपर्नेमा जोड दिनु भएको हाे । मुख्यमन्त्री आचार्यले मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति तथा आर्थिक वर्ष २०८१/०८२ को वार्षिक समीक्षा कार्यक्रमलाई बिहिवार राप्ती उपत्यका (देउखुरी)मा सम्बोधन गर्दै निर्णय...

लुम्बिनी प्रदेशको एक वर्षे यात्रा : सुशासन र प्रविधिमैत्री शासनतर्फको कदम

दाङ, ८ साउन । संघीय अभ्यासमा अग्रणी मानिने लुम्बिनी प्रदेश सरकारले आफ्नो एक वर्षको कार्यकाल पूरा गर्दै ७६ बुँदे उपलब्धिहरू सार्वजनिक गरेको छ। देउखुरीमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री चेतनारायण आचार्यले नीति, कार्यक्रम र संस्थागत सुधारमार्फत शासन प्रणालीलाई जनतामैत्री र पारदर्शी बनाउन निरन्तर प्रयासरत रहेको बताएका छन्। “हामीले सुशासनलाई प्राथमिकताका साथ अघि बढाएका छौं,” मुख्यमन्त्री आचार्यले भने, “राजस्व वृद्धिदेखि पुँजीगत खर्चको...

सल्यानमा यात्रुवाहक गाडी दुर्घटना

दाङ, ८ साउन । नेपालगञ्जबाट सल्यानको रागेचौर जाँदै गरेको यात्रुवाहक फोर्स गाडी कुमाख गाउँपालिका–२, बढाई ज्युला नजिक बिहीबार दिउँसो दुर्घटनामा पर्दा चालकसहित १५ जना घाइते भएका छन्। तीमध्ये १४ जनालाई गम्भीर घाइते अवस्थाका कारण थप उपचारका लागि नेपालगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। गम्भीर घाइतेमध्ये सल्यान कुमाख गाउँपालिका–६ का २८ वर्षीय चालक पारश आचार्य, ३६ वर्षीय भुपेन्द्र बस्नेत,...

घोराहीमा सालको रुखमा महिलाको आत्महत्या

घाेराही, साउन ८। दाङको घोराही उपमहानगरपालिका–१३ स्थित भाइरल रोड नजिक एक महिलाले सालको रुखमा झुन्डिएर आत्महत्या गरेकी छिन्। बिहीबार बिहान करिब ९:४० बजे उक्त घटना भएको बताइएको छ। प्रहरीका अनुसार मृतक महिला रोल्पा जिल्ला परिवर्तन गाउँपालिका–२, राङ्सी घर भई हाल घोराही बस्ने २८–२९ वर्षकी सिजमाया बाठा मगर रहेको खुलाइएको छ। घटना स्थलमा औषधि, मोबाइल र चप्पल भुइँमा राखेर उनी रुखमा...

प्रहरीले पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्ने

काठमाण्डौ, साउन ८ । प्रहरीले अब कुनै पनि घटना तथा अपराधमा पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्ने भएको छ । प्रहरी प्रधान कार्यालयले पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्न देशभरका प्रहरी कार्यालयहरूमा परिपत्र समेत गरिसकेको जनाएको छ । कुनै पनि सूचना दिँदा पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्न र नपठाउन देशैभरका प्रहरी युनिटमा परिपत्र...

दाङमा ४७ औं पुष्पलाल स्मृति दिवस मनाइयाे

तुलसीपुर, ७ साउन । नेपाल कम्युनिस्ट आन्दोलनका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४७ औं स्मृति दिवसको अवसरमा नेकपा (एमाले) दाङले तुलसीपुरमा एक विशेष अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ। पार्टीको जिल्ला कमिटीद्वारा आयोजित उक्त कार्यक्रममा वर्तमान सन्दर्भमा पुष्पलालका विचार र सिद्धान्तको सान्दर्भिकता, कम्युनिस्ट आन्दोलनको दिशा तथा सिद्धान्त र व्यवहारबीचको सम्बन्धमाथि गहिरो छलफल गरिएको थियो। नेकपा एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकीको अध्यक्षता एवम्...

ताजा समाचार