आनन्द टोल विकास संस्थाको २५औँ साधारण सभा सम्पन्न, नयाँ नेतृत्व चयन

घाेराही, साउन ९ । घोराही उपमहानगरपालिका–१४ र १५ अन्तर्गतको आनन्द टोल विकास संस्थाको २५औँ साधारण सभा तथा सातौँ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले गणेश प्रताप पुनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्ष राधादेवी बिष्ट, सचिव प्रेमबहादुर केसी, सहसचिव भुपबहादुर ओली, कोषाध्यक्ष सन्ध्या महर्जन तथा सदस्यहरू किरण गिरी, इन्दु पुन, देवीराम पाण्डे, सुजाता राई, प्रकाश डाँगी र नविता...

मनसुनी वायुको प्रभाव कमजोर : कोशी र मधेश प्रदेशमा हावाहुरीको सम्भावना

अहिले देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ । आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै ठाउँहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही ठाउँमा हावाहुरी चल्ने सम्भावना...

गाजामा गम्भीर भोकमरी चुलिँदै गएको राष्ट्रसङ्घको चेतावनी

संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम डब्ल्यूएफपीले गाजा क्षेत्रमा गम्भीर भोकमरीको चेतावनी दिँदै त्यहाँका एक तिहाइ जनसङ्ख्या धेरै दिनदेखि भोकै रहेको जनाएको छ । डब्ल्यूएफपीले निकालेको विज्ञप्तिमा कुपोषणको अवस्था गम्भीर बन्दै गएको र करिब ९० हजार महिला तथा बालबालिकालाई तत्काल उपचारको आवश्यकता रहेको उल्लेख छ । एजेन्सीहरूका अनुसार गाजामा यो हप्ता भोकमरीको अवस्था अझै भयावह हुने अनुमान गरिएको छ । हमासद्वारा सञ्चालित...

तुलसीपुरबाट सल्यानका युवक बेपत्ता

दाङ, साउन ९। दाङको तुलसीपुरबाट सल्यानका एक युवक बेपत्ता भएका छन्। बेपत्ता हुनेमा सल्यानको शारदा नगरपालिका–१३ निवासी ४० वर्षीय देवराज घर्ती रहेको उनकी पत्नी सबिता घर्तीले जानकारी दिएकी छन्। सबिताका अनुसार, देवराज करिब १२ वर्षअघि रोजगारीका लागि विदेश गएका थिए। लामो समयसम्म परिवारसँग सम्पर्कमा नरहेका उनी गत मंसिर महिनामा अचानक दाङको तुलसीपुर आएको खबर पाएको उनले बताइन्। तुलसीपुर आएपछि एक फेन्सी...

रुकुमपूर्वबाट करिब ५९ करोड बजेट खर्च हुन नसकी फिर्ता

रुकुमपूर्व, ९ साउन। गत आर्थिक वर्ष २०८१/०८२ मा रुकुमपूर्व जिल्लाबाट करिब ५९ करोड रुपैयाँ बजेट खर्च हुन नसकी फिर्ता गरिएको छ। संघीय र प्रदेश सरकारबाट प्राप्त चालु तथा पुँजीगत बजेटमध्ये ५८ करोड ८७ लाख ६ हजार ८३० रुपैयाँ खर्च हुन नसकेर फिर्ता भएको हो। यसअघि २०८०/०८१ मा ३८ करोड रुपैयाँ बजेट फिर्ता भएको थियो। कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार...

राजतन्त्रको अन्त्यपछि देश चौतर्फी विकासको गतिमा छः प्रधानमन्त्री ओली

बारा, ९ साउन । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल अहिले चौतर्फी विकासको गतिमा अघि बढिरहेको दाबी गर्नुभएकाे छ । शुक्रबार बाराको परवानीपुर गाउँपालिकामा आयोजित नवनिर्मित प्रशासनिक भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजतन्त्रको अन्त्यसँगै मुलुक समृद्धिको दिशामा अघि बढेको उल्लेख गर्दै देशले पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक लगायतका क्षेत्रमा उल्लेखनीय फड्को मारेको बताउनुभयाे । प्रधानमन्त्री ओलीले...

पूर्वाधार विकासमा निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छौं : मुख्यमन्त्री आचार्य

रुपन्देही, ९ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गरेर हरेक क्षेत्रमा अघि बढ्न तयार रहेको स्पष्ट पार्नुभएको छ । नेपाल इञ्जिनियर्स एसोसिएसन लुम्बिनी प्रदेशले ६३औं इञ्जिनियर्स दिवसको अवसरमा शुक्रबार बुटवलमा आयाेजना गरेकाे ‘लुम्बिनी प्रदेशको आत्मनिर्भर पूर्वाधार विकास : अवसर र चुनौती’ विषयक कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले पूर्वाधार विकासमा पब्लिक–प्राइभेट पार्टनरशिप मोडेलमा जान सकिने...

ज्ञानमालाले दियाे विद्यार्थीलाई बिमा रकम

घाेराही, ९ साउन । घाेराही उपमहानगरपालिका १६ सर्रास्थित ज्ञानमाला एकेडेमीले दुर्घटना बिमा रकमकाे चेक हस्तान्तरण गरेकाे छ । गत जेठ २२ गते घरमा खेल्ने क्रममा दुर्घटना भइ उपचाररत विद्यार्थी बर्षात गिरिलाई अभिभावक लक्ष्मी गिरिकाे राेहबरमा विद्यालयका प्रिन्सिपल महेश बस्नेतले शुक्रबार बिमा चेक हस्तान्तरण गर्नुभएकाे थियाे । शिखर इन्स्योरेन्स कम्पनी घाेराहीले विद्यालयकाे खातामा दुर्घटना बिमावापत उपलब्ध गराएकाे ३३ हजार रकमकाे चेक बिमित...

बुद्ध हस्पिटलद्वारा चार्टर्ड एकाउन्टेण्ट्सलाई स्वास्थ्य सेवामा छुट

घोराही, ९ साउन । बुद्ध ईन्टरनेशनल हस्पिटल प्रा.लि., घोराही–१५ दाङ र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (ACAN) दाङबीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको छ । बिहीबार प्राली र संघबीच भएको सम्झौता अनुसार संघका सबै सदस्यहरूलाई बुद्ध ईन्टरनेशनल हस्पिटलबाट विभिन्न स्वास्थ्य सेवामा १० प्रतिशतसम्म छुट दिइने हस्पिटलका प्रमुख कार्यकारी अधिकृत बालाराम शर्माले जानकारी दिनुभयाे । शर्माका अनुसार हस्पिटलले संघका सदस्यहरुलाई औषधि...

राप्ती प्रादेशिक अस्पतालका मेसुले दिए राजीनामा

दाङ, साउन ९ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. पदमराज अधिकारीले पदबाट राजीनामा दिनु भएकाे छ । अधिकारीले अस्पतालभित्र सहज वातावरण नहुँदा जिम्मेवारी छोड्नुपरेको स्पष्ट पार्नु भयाे । उहाँका अनुसार दुई वर्षदेखि मेसुको जिम्मेवारी सम्हाल्दै आएका उहाँले, अरूलाई पनि अवसर दिनुपर्ने र काम गर्ने वातावरण नहुँदा पदमा बस्नु उचित नठानेकाे बताउनु भयाे । अस्पताल परिसरमा...

ताजा समाचार