सुत्केरी मृत्यु घटनाको छानबिन गर्ने सहमतिपछि विवाद मिल्यो

दाङ, २१ असार । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको मृत्यु भएपछि उत्पन्न बिवाद मिलेको छ । घोराही उपमहानगरपालिका–१८ मसिनास्थित ब्रह्मचारी टोल निवासी २१ वर्षकी गुड्डी सुनारलाई सुत्केरी व्यथा लागेपछि प्रतिष्ठानमा ल्याइएकोमा बिरामीको अबस्था जटिल भएका कारण सामान्य डेलिभरी हुन नसकेपछि शल्यक्रियामार्फत सुत्केरी गराएको केही समयमा सुत्केरीको मृत्यु भएको थियो। मृत्युको बारेमा सत्यतथ्य छानबिन गर्ने सहमतिपछि विवाद मिलेको हो । पिडित परिवारको...

ब्रेकिङ र भाईरल न्यूजका नाममा मिडियाहरु चुकेका छन् : उपमहासचिव ज्ञवाली

पाल्पा, २१ असार । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले ब्रेकिङ र भाईरल न्यूज सम्प्रेषण गर्ने चक्करमा मिडियाहरु चुक्ने गरेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल, पाल्पा शाखाले तानसेनमा आयोजना गरेको वार्षिक समीक्षा तथा योजना तर्जुमा कार्यक्रममा बोल्दै नेता ज्ञवालीले यस्तो बताउनुभएको हो । उहाँले समाचार सम्प्रेषण गर्दा अलीकता ढिला भएपनी गलत नहोस् भन्ने हेतुले सञ्चारमाध्यमले काम गर्नुपर्नेमा पछिल्लो समय त्यसो...

एमालेमा ९८ प्रतिशत पालिका र ९० प्रतिशत वडाको अधिवेशन सकियो : महासचिव पोखरेल

काठमाडौं, २१ असार । नेकपा एमालेले प्रदेश र सबै जिल्लाका अधिवेशन सम्पन्न गरेको छ । स्थानीय तहतर्फ ९८ प्रतिशत पालिका, ९० प्रतिशत वडा र ५० प्रतिशत टोल कमिटीका अधिवेशन सकिएको महासचिव शंकर पोखरेलले जानकारी दिनुभएको छ । महासचिव पोखरेलले निर्वाचन सबै प्रदेश कमिटीसँगको बैठकपछि आज पार्टी निर्वाचन आयोगको बैठकको रिर्पोटिङको आधारमा सो कुरा उल्लेख गर्नुभएको हो । सामाजिक सञ्जालमा निर्धारित...

वन क्षेत्रलाई उत्पादन र आयआर्जनसँग जोड्दै अघि बढ्छाैं: मुख्यमन्त्री आचार्य

अर्घाखाँची, २१ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वन क्षेत्रलाई उत्पादन र आम्दानीको माध्यमका रूपमा विकास गरिने बताउनु भएको छ । शनिबार अर्घाखाँचीको डिभिजन वन कार्यालय अन्तर्गत डिभिजन वन नर्सरी, रुब्दी पुगेर अवलोकन गर्नुभएका मुख्यमन्त्री आचार्यले वृक्षारोपण कार्यक्रमलाई मात्र नभई त्यसपछिको संरक्षण र उपयोगितासम्म विस्तार गर्नुपर्ने धारणा राख्नुभयो । `हामीले लगाएका बिरुवाहरू संरक्षित हुनु अत्यन्त जरुरी छ,´ उहाँले भन्नुभयो,`वनमा खेर...

राप्तीमा सुत्केरीको मृत्युपछि आफन्त आन्दोलित

दाङ, असार २१ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा सुत्केरीको मृत्यु भएपछि आफन्तले आन्दोलन गरेका छन्। घोराही उपमहानगरपालिका–१८ मसिनास्थित ब्रह्मचारी टोल निवासी २१ वर्षकी गुड्डी सुनारलाई सुत्केरी व्यथा लागेपछि शुक्रबार बिहान ४ बजे प्रतिष्ठानमा ल्याइएकाेमा १० बजेसम्म सामान्य डेलिभरी हुने भनिए पनि नभएपछि शल्यक्रियामार्फत सुत्केरी गराएको केही समयमा सुत्केरीको मृत्यु भएको थियो। शल्यक्रियामार्फत छोरीको जन्म भएको तर केही समयपछि सुत्केरीको मृत्यु...

मनसुन केही कमजोर : आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना

काठमाण्डौ, असार २१ । अहिले कोशी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार गएराति कर्णाली र सुदूरपश्चिममा अरू प्रदेशको तुलनामा कम पानी पर्‍यो । राति नुवाकोटमा, सिन्धुपाल्चोक, रामेछाममा ठूलो पानी पर्‍यो । आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने...

जालसाजी गरेर जग्गा बिक्री, ६६ वर्षीया वृद्धा न्यायका लागि भौतारिँदै

दाङ, असार २१ । घोराही उपमहानगरपालिका–१४ सरस्वती टोलकी ६६ वर्षीया मुलजिता रोकाको नाममा रहेको जग्गा जालसाजीमार्फत बिक्री गरिएको रहस्य खुलेको छ। आफ्नै नामको जग्गा आफैँलाई नबताई बेचेको थाहा पाएपछि उहाँ न्यायका लागि अड्डा–अदालत धाउँदै धाइराख्नु भएकाे छ । मुलजिताका अनुसार उहाँले कृषि फर्म सञ्चालन गर्न २०७८ असार १६ गते घोराही–७ सौँडियारस्थित कित्ता नं. ३ क ९२६ को १० कट्ठा ८...

साउनदेखि नियुक्त कर्मचारीलाई पेन्सन र उपदानको सट्टा सामाजिक सुरक्षा प्रणाली लागू हुने

काठमाडौँ, असार २० । आगामी आर्थिक वर्ष २०८२र८३ देखि नियुक्त हुने कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने भएको छ। अर्थ मन्त्रालयले आज सबै मन्त्रालय, नियामक निकाय, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानलाई परिपत्र गर्दै सामाजिक सुरक्षा प्रणाली लागू गर्ने व्यवस्था मिलाउन भनेको हो। योगादनमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू नगरेका कारण सिर्जना हुने दायित्व नेपाल...

गढवा गाउँपालिकाद्वारा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण

दाङ , असार २१ । “आर्थिक सहयोगको आधार, लघु उद्यममार्फत रोजगार” भन्ने नारासहित गढवा गाउँपालिकाले गरिबी निवारणका लागि सञ्चालन गरेको लघु उद्यम विकास कार्यक्रम अन्तर्गत स्थानीय उद्यमीहरूलाई प्रविधि हस्तान्तरण गरेको छ। गाउँपालिकाको उद्यम विकास शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न उद्यमीहरूलाई व्यवसाय अनुकूल उपकरण वितरण गरिएको हो। गढवा–८ का चार जना होटल व्यवसायीलाई डी–फ्रिजर, माइक्रोवेभ ओभन, ग्यास चुल्हो र मिक्सर प्रदान...

लमही नगरपालिकाद्वारा जेष्ठ नागरिक सम्बन्धी आचारसंहिता सार्वजनिक

दाङ, असार २० । लमही नगरपालिकाले जेष्ठ नागरिकको हक, अधिकार, सम्मान र संरक्षणसम्बन्धी आचारसंहिताको पुस्तक सार्वजनिक गरेको छ। जेष्ठ नागरिकमैत्री समाज निर्माण गर्ने लक्ष्यसहित प्रकाशित पुस्तकमा स्थानीय सरकारबाट प्राप्त हुने सेवा–सुविधा, सामाजिक सुरक्षा, स्वास्थ्य सेवा, र व्यवहारसम्बन्धी मार्गदर्शन समावेश गरिएको छ। “तिमी जवान हुँदा वृद्धको सम्मान गर्न सिक, किनभने तिमी पनि एक दिन वृद्ध हुनेछौ” भन्ने सन्देशसहित तयार पारिएको पुस्तक विमोचन...

ताजा समाचार