जाजरकोटमा ढुङ्गाले लागेर टहरामा सुतेका दिदी बहिनीको ज्यान गयो

दाङ, असार २० । कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको ढुङ्गाले लागेर ज्यान गएको छ । टहरामा सुतिरहेकी १८ वर्षीया शर्मिला बुढा र १४ वर्षीया चमेली बुढाको गएराति ज्यान गएको वडाध्यक्ष वीरबहादुर बुढाले जानकारी दिनुभयो । नियमित पानी परिरहेको र उनीहरुलाई टहरामाथिबाट खसेको ढुङ्गाले लागेको उहाँले बताउनुभयो । नरबहादुर बुढाका दुई छोरी बाख्रा हेरचाहका लागि भूकम्पपीडितका लागि निर्माण...

डेङ्गु संक्रमणको उच्च जोखिम : ६० हजारसम्म संक्रमित हुने अनुमान

असार २० । आगामी चार महिना डेङ्गु संक्रमणको सबैभन्दा संवेदनशील समय भएकाले उच्च सतर्कता अपनाउन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आग्रह गरेको छ। महाशाखाले यस वर्ष देशभर करिब ६० हजार मानिसमा डेङ्गु संक्रमण हुने जोखिम रहेको अनुमान गरेको छ। महाशाखाले बिहीबार आयोजना गरेको अन्तर्क्रियात्मक कार्यक्रममा स्वास्थ्य विज्ञहरूले लामखुट्टेको प्रजनन चक्र नष्ट गर्नु नै संक्रमण नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय भएको बताए। कीटजन्य...

रोल्पाका चार उत्कृष्ट पशुपालक कृषक सम्मानित

दाङ, असार १९ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, रोल्पाले जिल्लाका चार जना उत्कृष्ट पशुपालक कृषकलाई नगद पुरस्कारसहित सम्मान गरेको छ। बिहीबार लिबाङमा आयोजित कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो। सम्मानित हुने कृषकहरूमा गंगादेव गाउँपालिका–३ जिनाबाङका बाख्रापालक लोकमान वली, त्रिवेणी गाउँपालिका–२ नुवागाउँका बंगुरपालक मणिराम घर्तीमगर, सुनिल स्मृति गाउँपालिका–३ मिझिङकी भैंसीपालक लतादेवी विष्ट र रोल्पा नगरपालिका–६ कोटगाउँकी गाईपालक अनकुमारी घर्तीमगर रहेका...

घोराहीमा तीन दिने पत्रकारितासम्बन्धी निःशुल्क तालिम सुरु

घोराही,  असार १९ । प्रेस सेन्टर नेपाल, घोराही शाखाले आयोजना गरेको “निःशुल्क समाचार लेखन तथा डिजिटल पत्रकारिता तालिम” बिहिबार देखि घोराहीमा सुरु भएको छ। पत्रकारिता क्षेत्रमा नयाँ पुस्ताको सशक्तिकरण गर्ने उद्देश्यले सुरु गरिएको तीन दिने तालिमको उद्घाटन कार्यक्रम शाखा अध्यक्ष हेमराज परिवर्तनको अध्यक्षता र प्रेस सेन्टर नेपालका केन्द्रीय उपमहासचिव लक्ष्मी आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे थियाे । प्रमुख अतिथि आचार्यले...

लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको राजस्व

दाङ, आषाढ १९ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा तय गरेको राजस्व संकलन लक्ष्यको आधा पनि उठाउन सकेको छैन। प्रदेश लेखा नियन्त्रक कार्यालय, राप्ती उपत्यका देउखुरीले सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्षको ११ महिनासम्ममा जम्मा ३६.८५ प्रतिशत राजस्व मात्र संकलन भएको छ। राजस्व संकलनमा आन्तरिक, स्थानीय तह र संघीय रोयल्टी तीनवटै तहमा लक्ष्य अनुसार प्रगति हुन...

लुम्बिनीकाे बजेट बहुमतले पारित, बजेट वैज्ञानिक, आवश्यकता र औचित्यमूलक छः मुख्यमन्त्री आचार्य

दाङ, १८ असार । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८२/०८३ को बजेट बहुमतले पारित भएको छ । बुधबार बसेको प्रदेश सभाको छैठौं अधिवेशनको १७औं बैठकले उक्त बजेट पारित गरेको हो । सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । सोही बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन...

लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई समयसापेक्ष र प्रभावकारी बनाउनेमा जोड

दाङ, असार १८ । लुम्बिनी प्रदेश सरकारको गौरवपूर्ण आयोजनाका रूपमा स्थापना गरिएको लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई समयसापेक्ष र प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिइएको छ। नेपालगञ्जमा आज आयोजित विश्वविद्यालयको तेस्रो वार्षिकोत्सव समारोहमा सहभागीहरूले विश्वविद्यालयलाई सबै सरोकारवाला निकाय तथा नागरिक समाजको सहकार्यमा थप सशक्त, समकालीन र गुणस्तरीय बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याएका थिए। समारोहको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री एवं विश्वविद्यालयका सह-कुलपति जन्मजय...

रुकुम पश्चिममा घरायसी विवादका कारण श्रीमतीको हत्या

रुकुम पश्चिम, असार १८ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–३ टाटागाउँमा घरायसी विवादका कारण एक महिलाको हत्या भएको छ। ३२ वर्षीय चन्द्रबहादुर बुढाथोकीले आफ्नी ३० वर्षीया श्रीमती देविका बुढाथोकीको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रमेश बिष्टका अनुसार प्रारम्भिक अनुसन्धानबाट घटनाको कारण घरायसी विवाद भएको खुलेको छ। हत्या पछि चन्द्रबहादुर...

प्रदेश सभाका लागि छुट्टै निजामती सेवा आवश्यकताबारे थप छलफल जरुरी : मुख्यमन्त्री आचार्य

दाङ, १८ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाको प्रभावकारी कार्यसम्पादनका लागि छुट्टै निजामती सेवा निर्माणका विषयमा अझै थप छलफल आवश्यक रहेको बताउनुभएको छ । बुधबार राप्ती उपत्यका (देउखुरी) मा प्रदेश सभा सचिवालयले आयोजना गरेको´प्रदेश सभा निजामती सेवा विधेयक सम्बन्धी अन्तरक्रिया कार्यक्रम´ लाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश निजामती सेवा ऐनभित्रै प्रदेश सभा निजामती सेवालाई सम्बोधन गरेर जान...

देशभर मनसुन सक्रिय, केही ठाउँमा भारी वर्षाको सम्भावना

काठमाडौँ, असार १७ । हाल देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले देशका अधिकांश भागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सामान्यभन्दा केही उत्तरतर्फ सरेर पश्चिम नेपाल नजिक पुगेको छ। आज दिउँसो देशभर सामान्य बदलीको अवस्था रहने अनुमान गरिएको छ। विशेषगरी बागमती, गण्डकी, लुम्बिनी प्रदेश र देशका पहाडी भू–भागका थुप्रै स्थानमा मेघगर्जन...

ताजा समाचार