आज केहि ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाण्डौ, असार २३ ।अहिले देशभरको मौसम आंशिक बदली छ । काठमाण्डौ उपत्यकासहित केही ठाउँमा बिहानैदेखि पोल्ने घाम लागेको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार राति कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँहरूमा ठूलो पानी पर्ने सम्भावना...

फार्मेसी संघका नवनिर्वाचित पदाधिकारीलाई मेट्रोका विद्यार्थीले गरे स्वागत सम्मान

दाङ, २२ असार । तुलसीपुर बहुप्राविधिक शिक्षालय फार्मेसी संकायकाे आयाेजनामा नेपाल फार्मेसी संघ दाङका नवनिर्वाचित पदाधिकारीलाई स्वागत सम्मान कार्यक्रम सम्पन्न भएको छ । फार्मेसी सङ्कायका सुनिता रसाइलीकाे अध्यक्षता एवम् तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख एवम् कलेज सञ्चालन समितिका अध्यक्ष टीकाराम खड्काकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रममा प्रमुख अतिथि खड्काले विज्ञताकाे अभावमा बिरामीहरूले औषधी सेवनमा समेत समस्या आएकाे बताउनुभयाे...

घोराहीमा महिलालाई वित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षा सम्पन्न

घाेराही, असार २२ । घोराही उपमहानगरपालिकाको 'सुरक्षित आप्रवासन (सामी)' कार्यक्रमअन्तर्गत वडा नम्बर १८, नयाँ बस्ती टोल विकास संस्थाका महिलाहरूलाई लक्षित गर्दै वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा सञ्चालन गरिएको छ। विदेशमा रोजगारीमा रहेका परिवारका सदस्यलाई कमाइ सुरक्षित गर्ने, उत्पादनमुखी क्षेत्रमा लगानी गर्ने तथा मानसिक रूपमा सबल बन्ने विषयमा केन्द्रित उक्त तालिम २१ हप्तासम्म सञ्चालन गरिएको थियो। तालिम पश्चात सहभागी...

नेपाल सरकार! अफ्ताब आलमलाई कडा सजाय गर : घाइते गौरीशंकर

काठमाडौँ , असार २२ । विस्फोट र इँटाभट्टामा जिउँदै मान्छे जलाएको घटनामा प्रमाण नभेटिएको भन्दै पूर्वमन्त्री एवं कांग्रेस नेता अफ्ताब आलमलाई उच्च अदालत वीरगन्जले सफाइ दिएपछि ४३ वर्षीय गौरीशंकर राम चमार काठमाडौँ आइपुगेका छन्। २७ चैत ०६४ मा रौतहटको राजपुर फरहदवामा भएको घटनाको फेहरिस्त सुनाउन र दोषीलाई कारबाही हुनुपर्ने माग गर्दै उनी भारतको बिहार सीतामढीबाट नेपालको राजधानी काठमाडौँ आएका हुन्। गत २०६४...

देशभर रासायनिक मलको सहज र सुलभ आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

काठमाण्डाै, असार २२। प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले देशभर रासायनिक मलको सहज र सुलभ आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आजकाे बैठकले प्रत्येक पालिकामा मल भण्डारणस्थल निर्माण गर्न तथा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र स्थानीय जनप्रतिनिधिको निगरानीमा मल वितरणको प्रबन्ध मिलाउन सरकारलाई निर्देशन दिएको छ । समितिले मलको आयात तथा वितरणमा संलग्न...

एक हप्ताका लागि ब्रोइलर र कोइलर कुखुराको चल्ला उत्पादन र बिक्री बन्द

काठमाण्डाै, असार २२ । नेपाल ह्याचरी उद्योग सङ्घले भोलिदेखि एक हप्ताका लागि कुखुराको चल्ला उत्पादन र बिक्रीमा रोक लगाएको छ । नेपाल ह्याचरी उद्योग सङ्घले सदस्य उद्योगहरूलाई पत्र पठाएर असार २३ गते सोमवारदेखि २९ गते आइतवारसम्म बोइलर र कलर बोइलर अर्थात् कोइलर कुखुराको चल्ला उत्पादन तथा बिक्री गर्न पूर्णरूपमा रोक लगाउने निर्णयबारेमा जानकारी गराएको हो । पत्रमा २० गते शुक्रवारको...

दाङमा बाघको छालासहित तीन जना पक्राउ

दाङ, असार २२ । बाघको छालासहित दाङको गढवा गाउँपालिकाबाट तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गढवा गाउँपालिका–६ खबरी गाउँका ४१ वर्षीया विक्रम बुढा मगर, दाङकै राजपुर गाउँपालिका–१ गुरुङ खोलाका ५३ वर्षीय केशवराज सेन ठकुरी र बर्दियाको बारबर्दिया नगरपालिका–४ पदनाहका ३३ वर्षीय अनिल थारु रहेका छन् । विक्रमको घरमा बाघको छालाको कारोबार भइरहेको छ भन्ने सूचनाका आधारमा उनीहरूलाई आज बिहान...

आज कोशी र बागमतीका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना   

काठमाण्डौ, असार २२ । देशभरको मौसम आंशिक बदली छ । मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी र बागमती प्रदेशका थोरै ठाउँमा हल्का पानी परिरहेको छ । ताप्लेजुङ, दोलखा र नुवाकोट आसपासका एक/दुई ठाउँमा पानी परिरहेको मौसमविद्ले बताएका छन् । महाशाखाका मौसमविद् डेविड ढकालका अनुसार आज दिउँसो कोशी र बागमती प्रदेशका...

भोजपुरमा ४ जनाको हत्या घटनामा संलग्न रहेको आरोपमा ज्वाइँ पक्राउ  

काठमाण्डौ, असार २२। भोजपुरको रामप्रसादराई गाउँपालिका–२, धोद्लेखानीको बोन्थिताङमा एकै परिवारका चार जनाको हत्या भएको छ । भोजपुर नगरपालिका–२, हेलौछाका ज्वाइँ नाता पर्ने राजेन्द्र राईले सासु, ससुरा, श्रीमती र सालोको हत्या गरेको र उनी आफैले गएराति फोन गरेर प्रहरीमा खबर गरेका जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घटनापछि ओख्रेमा रहेको अस्थायी प्रहरी चौकीबाट टोली खटिएको र ६८ वर्षीय वेलबहादुर गिरी...

हरिशयनी एकादशी आज, चार महिनाका लागि तुलसीको बिरुवा मोठमा सारिँदै

काठमाडौं, असार २२ । सनातन वैदिक परम्पराअनुसार आज आषाढ शुक्ल एकादशीका दिन ‘हरिशयनी एकादशी’ मनाउँदै देशभरका घरघरमा तुलसीको बिरुवा मोठमा सार्ने परम्परा सुरु भएको छ। ज्येष्ठ शुक्ल एकादशीका दिन दलमा रोपिएको तुलसी आजदेखि ठूलो गमला (मोठ) मा सारेर पूजाआराधना गर्ने प्रचलन छ। आजदेखि सुरु हुने यो पूजा विधि कार्तिक शुक्ल एकादशीसम्म अर्थात् चार महिनासम्म जारी रहनेछ। धार्मिक मान्यताअनुसार आजदेखि भगवान् विष्णु...

ताजा समाचार