पहिरोका कारण आज विभिन्न सडक अवरुद्ध : नवलपरासीको दाउन्नेमा पनि समस्या
काठमाण्डौ, असार २५ । पहिरोका कारण आज विभिन्न सडक अवरुद्ध भएका छन् । सिद्धार्थ राजमार्गअन्तर्गतको पाल्पा–बुटवल सडक खण्ड आज बिहानैदेखि अवरुद्ध छ । यो सडक खण्डअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबा मन्दिर नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
त्यस्तै पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्नेको खुर्सानी खोलामा सडक भासिदा बर्दघाट–दुम्किबास खण्डमा यातायात अवरुद्ध छ । वर्षाका...
सहमति जुटेपछि चिकित्सक सङ्घको आन्दोलन स्थगित : आजदेखि अस्पतालमा सेवा नियमित
काठमाण्डौ, असार २५ । सरकार र आन्दोलनरत नेपाल चिकित्सक सङ्घबीच सहमति जुटेको छ । आन्दोलनरत चिकित्सक र सरकारबीच हिजो बेलुका तीन बुँदे सहमति भएसँगै सङ्घले आह्वान गरेका सबै आन्दोलनका कार्यक्रमहरू स्थगन भएको छ ।
आजदेखि अस्पतालमा सेवा नियमित भएको छ । उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा गरेको कारबाहीको निर्णयप्रति आपत्ति जनाउँदै सङ्घको नेतृत्वमा चिकित्सक तथा स्वास्थ्यकर्मीले अस्पतालमा आकस्मिकबाहेकका सम्पूर्ण सेवा...
भोटेकोशीमा हिमताल फुटेर बाढी आएको हुन सक्ने ईसीमोडको अनुमान
काठमाण्डौ, असार २५ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसीमोड) ले वर्षाका कारण नभई कुनै हिमताल फुटेर रसुवाको भोटेकोशी नदीमा बाढी आएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ । विज्ञप्ति निकालेर ईसीमोडले हिमताल फुटेको हुनसक्ने बताएको हो ।
हिजो जल तथा मौसम विज्ञान विभागले पनि नेपाल र चीन आसपासका क्षेत्रमा ठूलो वर्षा नभएको र बाढीको कारण वर्षा नभएको जनाएको थियो ।
रसुवामा...
दाङमा स्थानीयको श्रमदान र आर्थिक सहयोगमा भवन निर्माण
भरत वली
घाेराही, असार २४ । घोराही उपमहानगरपालिका–३, वनखेतमा निर्माण सम्पन्न गरिएको मितेरी टोल विकास संस्थाको नवनिर्मित भवन एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएको छ। असार २४ गते आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा घोराही उपमहानगरपालिकाका उप–प्रमुख हुमाकुमारी डि.सी.ले भवनको समुद्घाटन गर्नुभयो। त्यस्तै कार्यक्रमको अध्यक्षता बाढी बोहरा रहनुभएको थियो । कार्यक्रममा टोल विकास संस्थाका पदाधिकारीहरू, पत्रकार, भवन निर्माण समितिका सदस्यहरू,...
मैत्रीपूर्ण भलिबलमा प्याब्सन घाेराही विजय
घाेराही, २४ असार । विश्व भलिबल दिवसका अवसरमा आयाेजित मैत्रीपूर्ण भलिबल प्रतियोगितामा प्याब्सन घाेराही नगर कमिटी विजय भएकाे छ ।
नेपाल राष्ट्रिय शिक्षक संगठन घाेराही नगर कमिटीद्वारा आयाेजित सामुदायिक र संस्थागत विद्यालयका शिक्षकहरू बीचकाे मैत्रीपूर्ण भलिबल प्रतियोगितामा प्याब्सन घाेराही नगर कमिटीको समूह (ख) विजय भएकाे थियाे ।
प्रतियोगितामा प्याब्सन घाेराही नगर कमिटीकाे समूह (ख) का नवराज खत्री, नारायण प्रसाद घिमिरे, नारायण...
सर्पप्रति भय होइन, सतर्कता आवश्यक: सर्पदंश नियन्त्रणका लागि जनचेतना अपरिहार्य
जैविक विविधताले भरिपूर्ण नेपालजस्तो देशमा सर्प एक महत्वपूर्ण प्राणी हो, जसलाई धेरैले डरलाग्दो रूपमा लिने गर्छन्। तर सर्प हाम्रो पारिस्थितिक प्रणालीको सन्तुलन कायम गर्न आवश्यक प्राणी हो। सर्पले मुसा, भ्यागुता, चराचुरुङ्गी लगायतका साना जीव खाएर वातावरण सफा राख्न सहयोग गर्छ।
तर मानिस र सर्पको अप्रत्याशित जम्काभेट हुँदा, सर्पले आफूमाथि खतरा महसुस गरेमा डस्न सक्छ, जसले गर्दा कहिलेकाहीँ ज्यानसमेत जान सक्छ।...
घोराहीमा महिलालाई वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा सम्पन्न
घोराही, असार २३ । घोराही उपमहानगरपालिकाको सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत वडा नं. ५ धारापानीका महिलालाई लक्षित गरी वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा सञ्चालन गरिएको छ।
विदेशी रोजगारीमा गएकाहरूका परिवारले विदेशबाट पठाइएको रकम कसरी सुरक्षित गर्ने, उत्पादनमुखी क्षेत्रमा कसरी लगानी गर्ने तथा मानसिक रूपमा कसरी सशक्त बन्ने भन्ने विषयमा केन्द्रित कक्षा २१ हप्ता सञ्चालन गरिएको थियो। कक्षा सम्पन्न भएपछि...
विदेश पठाइदिने भन्दै एक करोड ८२ लाख ठगी गर्ने दुई जना काठमाडौंबाट पक्राउ
काठमाडौं, असार २३। विभिन्न देशमा वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै एक करोड ८२ लाख रुपैयाँभन्दा बढी ठगी गरेका दुई जना काठमाडौंबाट पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा रामेछापको उमाकुण्ड गाउँपालिका–६ घर भई हाल काठमाडौं महानगरपालिका–६ बस्ने ३२ वर्षीय फिन्चु लामा र सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ घर भई कागेश्वरी मनोहरा नगरपालिका–८ बस्ने २९ वर्षीय उत्तम खड्का रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका...
दाङका किशोरीमा रक्तअल्पता र कम तौलको समस्या बढ्दै
दाङ, असार २३। दाङ जिल्लाका विद्यालयमा अध्ययनरत धेरै किशोरीहरूमा रक्तअल्पता (एनेमिया) र तौलसम्बन्धी समस्या देखिएको एक सरकारी अध्ययनले देखाएको छ। जिल्लाका १० वटै स्थानीय तहअन्तर्गतका १८ विद्यालयमा गरिएको स्वास्थ्य परीक्षणमा सहभागी पाँच हजार ७१ मध्ये करिब ५५ प्रतिशत किशोरीमा रक्तअल्पता देखिएको हो।
स्वास्थ्य कार्यालय दाङका निमित्त प्रमुख उज्ज्वल पौडेलका अनुसार परीक्षणमा २७७६ किशोरीमा रक्तअल्पता देखिएको छ। तीमध्ये १६७५ जना...
सहकारीका बचतकर्ताको पौने ४ अर्ब रकम फिर्ता
काठमाण्डौ, असार २३ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सहकारी पीडितलाई तीन अर्ब ७१ करोड ६६ लाख पाँच हजार छ सय ५४ रुपैयाँ फिर्ता तथा हिसाब मिलान गरेको छ । समितिका अनुसार सहकारीका ६१ हजार ९४ बचतकर्ताले आफूहरुको ३८ अर्ब ४२ करोड ९६ लाख ३२ हजार सात सय ३० रुपैयाँ बचत हिनामिना, अपचलन र दुरुपयोग भएको उजुरी दिएका थिए...














