संघीयताको सवलिकरणका लागि जनमुखी कानुन निर्माण र कार्यान्वयन प्राथमिकतामा : मुख्यमन्त्री आचार्य

दाङ, ६ असार। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको सवलिकरणका लागि जनमुखी कानुन निर्माणमा सरकारले प्राथमिकता दिएको र बनेका कानुनहरूको प्रभावकारी कार्यान्वयनमा ध्यान केन्द्रित गरिएको बताउनु भएको छ । मुख्य न्यायाधिवक्ताको कार्यालय लुम्बिनीको आयोजनामा शुक्रबार लमहीमा आयोजित “संघीयताको सवलिकरणमा प्रदेश कानून निर्माण तथा कार्यान्वयनका चुनौती र समाधान” विषयक सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले संविधानले प्रदत्त गरेकाे एकल तथा...

जुनियर रेडक्रस सर्कलकाे अध्यक्षमा स्मारिका

विमला केसी घाेराही, ६ असार । घाेराही उपमहानगरपालिका १६ सर्रास्थित ज्ञानमाला एकेडेमीमा नेपाल जुनियर रेडक्रस सर्कल पूनर्गठन गरिएकाे छ । जुनियर रेडक्रस सर्कलका सचिव प्रणित रिजालकाे अध्यक्षता एवम् नेपाल रेडक्रस साेसाइटी घाेराही उपशाखा सभापति थम्मन चाैधरीकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रमले स्मारिका चाैधरीकाे अध्यक्षतामा १३ सदस्यीय सर्कल गठन गरेकाे छ । सर्कलकाे उपाध्यक्षमा समिर नेपाली, सचिवमा श्रीया पुन, उपसचिवमा विजय अधिकारी, कोषाध्यक्षमा...

नारायणपुर क्षेत्रस्तरीय हाजिरीजवाफ प्रतियाेगितामा ज्ञानकुञ्ज प्रथम

घाेराही, ६ असार । विद्यार्थीहरुकाे बाैद्धिक क्षमता प्रस्फुटन गर्ने उद्देश्यले नारायणपुर क्षेत्रस्तरीय हाजिरीजवाफ प्रतियाेगिता शुक्रबार नारायणपुरमा सम्पन्न भएकाे छ। नारायणपुर क्षेत्रका निजी तथा आवासीय विद्यालयहरुकाे सञ्जालका संयाेजक सुर्यबहादुर रावतकाे अध्यक्षता एवम् घाेराही उपमहानगरपालिका वडा नम्बर १० का अध्यक्ष दिपक पाण्डेकाे प्रमुख आतिथ्यतामा प्रतियाेगिता सम्पन्न भएकाे थियाे। प्रतियोगितामा ज्ञानकुञ्ज बाेर्डिङ स्कुल बकुलाहीका रञ्जित चाैधरी, कर्निका शाह र पूजा डाँगी प्रथम भएका थिए...

क्लब विश्वकपमा मेसीको निर्णायक गोलमा इन्टर मियामीले एफसी पोर्टोलाई हरायो

काठमाण्डौ, असार ६ । क्लब विश्वकपमा इन्टर मियामी एफसी पोर्टोलाई २–१ ले हराएको छ । आज बिहान भएको खेलमा लियोनल मेसीले गरेको निर्णायक गोलमा मियामी विजयी भएको हो । यस्तै मियामीका टेलास्को सेगोभिआ र पोर्टोका सामु आगेहोवाल एक–एक गोल गरेका थिए । यही समूहको गएराति भएको अर्को खेलमा पाल्मारेसियसले अल अहलीलाई २–० ले हरायो । समूह ‘बी’ को खेलमा भने...

सूचना प्रविधि उद्योगलाई विदेशमा लगानीको बाटो खुला

काठमाडौं, असार ६। सूचना प्रविधि (आईटी) उद्योगलाई विदेशमा लगानी गर्न मार्ग खुला भएको छ। नेपाल राष्ट्र बैंकले "विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८" को चौथो संशोधनमार्फत सूचना प्रविधि उद्योगलाई विदेशमा लगानी गर्ने अनुमति दिएको हो। संशोधित विनियमावलीअनुसार सूचना प्रविधि उद्योगले १० लाख अमेरिकी डलरसम्म (वा सो बराबरको अन्य विदेशी मुद्रा) विदेशमा लगानी गर्न सक्नेछ। राष्ट्र बैंकका अनुसार औद्योगिक व्यवसायसम्बन्धी...

बिनयी खोलाको बाढीमा फसेको बसबाट ३८ यात्रुको सकुशल उद्धार

नवलपरासी, असार ६ । पूर्वी नवलपरासीको दुम्कीबासस्थित विनयी खोलाको बाढीमा फसेको यात्रुबाहक बसबाट ३८ जना यात्रुको सकुशल उद्धार गरिएको छ। काठमाण्डौबाट नेपालगञ्जका लागि छुटेको भे १ ख ४०८५ नम्बरको बस गए राति झन्डै १२ बजेतिर बाढीमा फसेको हो। बस बाढीमा फस्नासाथ एक्साभेटरको सहायतामा सबै यात्रुको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ। प्रहरीका अनुसार बस विनयी खोलाको डाइभर्सन...

रिपोर्टिङ क्षमता अभिवृद्धि तालिम दाङको देउखुरीमा सुरु

दाङ, असार ६ । संसदीय मामिला पत्रकार समाज लुम्बिनी प्रदेश सभाले आयोजना गरेको रिपोर्टिङ क्षमता अभिवृद्धि तालिम असार ५ गते दाङको देउखुरीमा उद्घाटन भएको छ। लुम्बिनी प्रदेश सभा सचिवालयको आर्थिक सहयोगमा सञ्चालित उक्त तालिम असार ५ र ६ गते सञ्चालन हुने जानकारी दिइएको छ। कार्यक्रम संसदीय मामिला पत्रकार समाज लुम्बिनी प्रदेशका अध्यक्ष घनश्याम गौतमको अध्यक्षतामा सम्पन्न भयको थियो । कार्यक्रममा...

इरान–इजरायलबीच आक्रमण तीव्र

काठमाडौँ, असार ५ । इरान र इजरायलबीच आक्रमण थप तीव्र भइरहेका बेला अमेरिका आफ्नो संलग्नताबारे सोचिरहेको जनाएको छ। यद्यपि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संलग्नताको इच्छा देखाए पनि यसबारे स्पष्ट पुष्टि गरेका छैनन्। बीबीसीका अनुसार, गएराति पनि इरान र इजरायलले एकअर्कामाथि आक्रमण गरेका छन्। आक्रमण लगातार भइरहँदा राष्ट्रपति ट्रम्पले आफूले चाल्ने कदमबारे कसैले अनुमान गर्न नसक्ने बताएका छन्। तर इरानको अवस्था...

दीपक मनाङेको सांसद पद खारेज

काठमाडौँ, असार ५ । मनाङबाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) को सांसद पद खारेज भएको छ। ज्यान मार्ने उद्योगमा दोषी ठहर भई गएको कात्तिक अन्तिम साता जेल चलान भएका कारण उनको पद रिक्त भएको हो। सर्वोच्च अदालतको संवैधानिक इजलासले गुरुङ उम्मेदवार हुन अयोग्य रहेको ठहर गर्दै, उनले विवरण झुक्याएर सांसद बनेको निर्णय सुनाएको हो। संवैधानिक इजलासले दिएको...

त्रिदेशीय टी–२० शृङ्खला: नेदरल्यान्ड्सद्वारा स्कटल्यान्ड पराजित

काठमाण्डौ — स्कटल्यान्डमा जारी त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा नेदरल्यान्ड्सले घरेलु टोली स्कटल्यान्डलाई पराजित गरेको छ। हिजो सम्पन्न खेलमा नेदरल्यान्ड्सले स्कटल्यान्डलाई १७ रनले हराएको हो। नेदरल्यान्ड्सले दिएको १९९ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डको टोली १८१ रनमै अलआउट भएको थियो। शृङ्खला नेपाल, नेदरल्यान्ड्स र स्कटल्यान्डबीच डबल राउन्ड रोबिन प्रणालीमा सञ्चालन भइरहेको हो। शृङ्खलाको पहिलो खेलमा आइतवार स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले पराजित गरेको थियो। सोमवार...

ताजा समाचार