रामेछापमा फौजी कीराको प्रकोप, किसान चिन्तित
जेठ २३, रामेछाप । खेतबारीमा लगाइएको मकैबालीमा फौजी कीराको प्रकोप देखिएपछि रामेछापका किसानहरू चिन्तित भएका छन्। प्रारम्भमा पात खान थालेको फौजी कीराले अहिले मकैको गुबोसम्म नष्ट गर्न थालेको छ। गुबोबाट निस्कने धानचमरा र मकैको डाँठमा लाग्ने सुत्ला समेत कीराका कारण निस्कन नसकेको किसानहरू बताउँछन्। निस्किहाले पनि धानचमरा विकास नहुने, घोगा नलाग्ने, र पातसमेत पूर्ण रूपमा नष्ट हुनेजस्ता समस्या देखिएका...
सप्तरीमा डाँका समूहको प्रतिकार गर्दा एक जनाको ज्यान गयो
जेठ २३, काठमाडौं । सप्तरीमा लुटपाट गर्न आएका डाँका समूहको प्रतिकार गर्दा एक जनाको मृत्यु भएको छ भने अर्को एक जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार डाँका समूहले चलाएको गोली लागेर सुरुङ्गा नगरपालिका–८ मल्हनवाका कान्तालाल चौधरीको ज्यान गएको हो। कान्तालालका भाइ रामाकान्त चौधरी घाइते हुनु भएको छ, उहाँको अहिले प्रादेशिक अस्पताल लहानमा उपचार भइरहेको छ।
गएको राति...
सप्तकोशीमा बेपत्ता सशस्त्रका दुईमध्ये एक जवानको शव फेला
जेठ २३, काठमाडौं । सप्तकोशी नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका दुई जवानमध्ये एकजनाको शव फेला परेको छ। सशस्त्र प्रहरीका सह–प्रवक्ता शैलेन्द्र थापाका अनुसार हरदेव राजवंशीको शव घटनास्थलबाट करिब तीन किलोमिटर दक्षिणमा फेला परेको हो। बेपत्ता अर्का जवान सुरज साउदको खोजी कार्य जारी रहेको थापाले जानकारी भनाइ छ।
मनसुनजन्य विपद्को पूर्वतयारी अभ्यासको क्रममा हिजो ती दुई जवान सप्तकोशी नदीमा बेपत्ता भएका...
आजभन्दा भोलि र भोलिभन्दा पर्सि वर्षा घट्दै जाने
जेठ २३, काठमाडौं । बिहिबार बेलुकादेखि आज बिहानसम्म देशका विभिन्न स्थानहरूमा वर्षा भए पनि अहिले काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँहरूमा घाम लागेको छ। देशको पश्चिमी तथा मध्य भूभागमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायम रहेको छ। कोशी प्रदेशका धेरै स्थानहरूमा भने मनसुनी वायुको प्रभाव देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो मधेस प्रदेश बाहेक सबै प्रदेशका...
माधवकुमार नेपालको सांसद पद निलम्बन
जेठ २२, काठमाडौं । नेकपा (समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सांसद पद निलम्बनमा परेको छ। पतञ्जली समूहसँग सम्बन्धित जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेसँगै उहाँको सांसद पद स्वतः निलम्बनमा परेको हो।
सार्वजनिक पदमा बसेको व्यक्तिविरुद्ध अख्तियारमा मुद्दा दर्ता भएमा पद स्वतः निलम्बन हुने प्रावधान रहेको छ। यस्तो व्यवस्था अख्तियार...
समुद्रको भित्री भागमा अँध्यारो बढ्दै गएको अध्ययनको निष्कर्ष
जेठ २२ — एक अध्ययनले संसारभर समुद्रको भित्री भागमा अँध्यारोको मात्रा बढ्दै गएको निष्कर्ष निकालेको छ। बेलायतको प्लाइमाउथ विश्वविद्यालयको अनुसन्धान टोलीद्वारा गरिएको अध्ययन अनुसार पछिल्लो दुई दशकमा समुद्रको गहिराइसम्म प्रकाश पुग्न कठिन बन्दै गएको पाइएको हो।
समुद्रको सतहमा आएको परिवर्तनका कारण भित्री भागसम्म प्रकाश पुग्न अवरोध हुँदा समुद्रको गहिरो भाग क्रमशः अँध्यारो हुँदै गएको एक अध्ययन प्रतिवेदनले जनाएको छ।
समुद्रमा प्रकाश...
सप्तकोशी नदीमा खोज तथा उद्धारका क्रममा सशस्त्रका दुई जवान बेपत्ता
जेठ २२, काठमाडौं । सप्तकोशी नदीमा खोज तथा उद्धार अभ्यासमा खटिएका सशस्त्र प्रहरी बलका दुई जना जवान बेपत्ता भएका छन्। आज (बिहिबार) दिउँसो सवा तीन बजे कोशी ब्यारेज नजिकै अभ्यासका क्रममा हरिदेव राजवंशी र सुरज साउद नाम गरेका दुई जना जवान नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बलका सह–प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेन्द्र थापाले उनीहरूको...
प्रतिनिधि सभाको बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित
जेठ २२, काठमाडौं । प्रतिनिधि सभाको बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ। आज बिहिबारको बैठक विपक्षी दलको अवरोधका कारण कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको हो। दिउँसो १ बजेका लागि तोकिएको बैठक दलहरूबीच सहमति नजुटेपछि दिउँसो साढे ३ बजेका लागि सारिएको थियो। त्यसपछि केही ढिलो गरी बैठक सुरु हुनासाथ विपक्षी सांसदहरू उठेर विरोध जनाए।
सभामुख देवराज घिमिरेले...
विश्व वातावरण दिवसमा ग्लोबल आईएमई बैंकद्वारा वृक्षारोपण सम्पन्न
दाङ, जेठ २२ । विश्व वातावरण दिवसको अवसरमा ग्लोबल आईएमई बैंक लिमिटेड, घोराही शाखाले घोराही उपमहानगरपालिका–१५ स्थित पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालय परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा विभिन्न प्रजातिका करिब १५० बिरुवा रोपिएका छन्। कार्यक्रमको उद्घाटन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास चौधरी, प्रधानाध्यापक लाेकबहादुर बस्नेत र बैंकका शाखा प्रबन्धक ठेकराज विनाडीले संयुक्त रूपमा वृक्षारोपण गरी शुभारम्भ गरीएकाे...
विश्व वातावरण दिवसको अवसरमा जनचेतनामूलक र्याली
घोराही, २२ जेठ । विश्व वातावरण दिवस २०२५ को अवसरमा आज घोराही उपमहानगरपालिका–१५, तुलसीपुर चोकमा जनचेतनामूलक र्याली सम्पन्न भएकाे छ।
घाेराही उपमहानगरपालिका वातावरण तथा विपद महाशाखाकाे आयाेजना तथा सञ्जीवनी कलेज अफ हेल्थ साइन्स र पिरामिड एकेडेमीको प्राविधिक सहयाेगमा उक्त जनचेतनामूलक र्यालीकाे आयाेजना गरिएकाे थियाे । र्याली तुलसीपुर चाेकबाट सुरु भइ ट्राफिक चाेक, हस्पिटल राेड, नेपाल टेलिकम राेड, लखन पार्क, दामाेदर...














