वेस्ट इन्डिजसँगको पहिलो टी–२० क्रिकेटमा इंग्ल्याण्ड २१ रनले विजयी
जेठ २४, काठमाडौं । वेस्ट इन्डिजविरुद्धको पहिलो टी–२० क्रिकेट खेलमा इंग्ल्याण्ड २१ रनले विजयी भएको छ। चेस्टर ली स्ट्रीटमा गएराति सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८८ रन बनाएको थियो।
इंग्ल्याण्डका कप्तान जोस बटलरले सर्वाधिक ९६ रनको शानदार पारी खेले। वेस्ट इन्डिजका रोमारियो सेफार्डले दुई विकेट लिए।
१८९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले...
मनसुनजन्य विपद् पूर्वतयारीमा जुट्न मुख्यमन्त्री आचार्यको आह्वान
दाङ, २३ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मनसुनजन्य विपद्को पूर्वतयारीमा जुट्न सरोकारवाला सबै पक्षलाई आह्वान गर्नु भएको छ ।
लमही नगरपालिका–६, मध्यनगरमा शुक्रबार आयोजित लुम्बिनी प्रदेशस्तरीय एकीकृत अभ्यास हातेमालो–७ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले मनसुनजन्य विपदबाट हुने क्षति न्यूनिकरण गर्न पूर्वतयारीलाई चुस्त बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।
`कुनै पनि विपद् पूर्व जानकारी दिएर आउँदैन । त्यसैले...
अमेरिकी कर नीतिका कारण जर्मनीले दुई वर्षसम्म मन्दी भोग्ने अनुमान
जेठ २३ – अमेरिकासँगको व्यापार विवाद चर्कँदै गएमा जर्मनीले आगामी दुई वर्षसम्म आर्थिक मन्दीको सामना गर्नुपर्ने जर्मनीको केन्द्रीय बैंक बुन्डेस बैंकले जनाएको छ। यदि अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्तावित कर नीति जुलाईदेखि पूर्णरूपमा कार्यान्वयनमा आइहाल्यो र युरोपेली संघ (EU) ले त्यसको प्रतिकार गर्यो भने, जर्मनीको कुल औद्योगिक उत्पादन यस वर्ष ०.५ प्रतिशत र सन् २०२६ मा ०.२ प्रतिशतले घट्ने...
फोटो पत्रकारमाथि दुर्व्यवहारप्रति प्रेस चौतारीको आपत्ति
जेठ २३ , काठमाण्डाैँ । वरिष्ठ अधिवक्ता शम्भु थापाले नेकपा (एकीकृत समाजवादी) को आलोकनगरस्थित पार्टी कार्यालय बाहिर फोटो पत्रकार उमेश कार्कीमाथि गरेको दुर्व्यवहारप्रति प्रेस चौतारी नेपालले गम्भीर आपत्ति जनाएको छ।
प्रेस चौतारीका महासचिव हिरामान लामाद्वारा जारी विज्ञप्तिमा जेठ २२ गते घटेको उक्त घटनाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप भएको ठहर गरिएको छ। "श्रमजीवी पत्रकारमाथि गरिएको यस्तो व्यवहार अस्वीकार्य छ," विज्ञप्तिमा...
फ्रि मिडिया नेटवर्कको अध्यक्षमा चौलागाईं, सदस्य सचिवमा शर्मा
भालुबाङ, २३ जेठ। प्रेस स्वतन्त्रता एवम् अभिव्यक्ति स्वतन्त्राको पक्षमा पहरेदारी गर्ने उद्देश्यले लुम्बिनी प्रदेशमा फ्रि मिडिया नेटवर्क गठन गरिएको छ ।
नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यक्रम अन्र्तगत लुम्बिनी प्रदेशका सबै सरोकारवाला पक्षहरुलाई समेटेर प्रदेशस्तरीय फ्रि मिडिया नेटवर्क गठन गरिएको हो । नेटवर्कको समंयोजकमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति अध्यक्ष शुक्रऋषि चौलागाईं रहनुभएको छ । नेटवर्कको सदस्य सचिवको रुपमा नेपाल...
बाजुराको बाम्का बजारमा भीषण आगलागी, दर्जनभन्दा बढी पसल जले
जेठ २३, काठमाडौँ – बाजुराको बुढीगङ्गा नगरपालिका–६ स्थित बाम्का बजारमा आज दिउँसो भीषण आगलागी भएको छ। दिउँसो करिब ४ बजे सुरू भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार आगलागीको कारणबारे स्पष्ट विवरण आउन बाँकी भए पनि ग्यास सिलिन्डर विस्फोट भएको आशंकामा प्रारम्भिक अनुसन्धान भइरहेको छ।
प्रहरी निरीक्षक देवबहादुर चौधरीले आगलागीका कारण मानवीय क्षति नभए पनि बजार...
वैशाख यता चट्याङका कारण १४ जनाको मृत्यु
जेठ २३, काठमाडौँ । प्राकृतिक प्रकोपहरू मध्ये चट्याङ पनि एक गम्भीर र जोखिमयुक्त घटना हो। प्रत्येक वर्ष देशभर चट्याङका कारण धेरै नागरिकले ज्यान गुमाउने गरेका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चालू वर्षको वैशाख १ गतेदेखि जेठ २२ गते (हिजो बिहीबार) सम्म देशभर चट्याङका १०२ वटा घटना भएका छन्। ती घटनामा १४ जनाको मृत्यु भएको छ भने ७५...
नेपाली किसानको २१ टन मह बिक्री हुन बाँकी
जेठ २३, काठमाडौँ । नेपाल मौरीपालक महासङ्घका अनुसार हालसम्म किसानले उत्पादन गरेको करिब २१ टन मह अझै बिक्री हुन सकेको छैन। अघिल्लो वर्ष यही समयमा ६९ टन मह बिक्रीविहीन अवस्थामा थियो।
त्यसबेला किसानहरूले तत्कालीन कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको घरमै पुगेर गुनासो गरेपछि समस्या केही हदसम्म समाधान भएको थियो। त्यसैको फलस्वरूप दबाबका कारण डाबर नेपालले थोरै मात्रामा भए...
प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित, विपक्षीको अडान यथावत्
जेठ २३, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक बस्न नपाउँदै स्थगित गरिएको छ। आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक आइतवार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो।
गृह मन्त्रालयमा देखिएको भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै विपक्षी दलहरूले संसद् चल्न दिइरहेका छैनन्। सदन सञ्चालनका लागि छलफल भइरहे पनि सहमति जुट्न सकेको छैन।
आज बसेको विपक्षी दलहरूको बैठकले माग...
ज्ञानमालामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न
विमला केसी
घाेराही, २३ जेठ । घाेराही १६ सर्रास्थित ज्ञानमाला एकेडेमीमा शुक्रबारिय अतिरिक्त क्रियाकलाप अन्तर्गत हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थीहरुको सहभागिता रहेको अन्तर-सदनात्मक हाजिरी जवाफ प्रतियोगितामा सगरमाथा सदन प्रथम भएकाे छ भने धाैलागिरी सदन द्वितीय भएकाे छ । विद्यालयमा रहेका चार ओटा सदनबीच भएकाे प्रतिस्पर्धामा सगरमाथा सदनका अदिति के सी, श्रीया पुन,...














