नेपाल राष्ट्रिय शिक्षक संगठन घोराहीको नगर परिषद सम्पन्न

घाेराही, २५ जेठ । नेपाल राष्ट्रिय शिक्षक संगठन घोराहीले छैठौँ नगर परिषद शनिबार सम्पन्न गरेको छ । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता एवं नेपाल राष्ट्रिय शिक्षक संगठन लुम्बिनी प्रदेशका अध्यक्ष भागवत पौडेलको विशिष्ट आतिथ्यतामा नगर परिषद सम्पन्न भएको थियाे । कार्यक्रममा बाेल्दै प्रमुख अतिथि चौधरीले शिक्षक गानमा भनेझै सूर्यको ज्योती समानको तेजिलो शिक्षाको किरण छर्न सक्ने शिक्षक हुनुपर्ने बताउनुभयो...

तत्काल ठूलो पानीको सम्भावना छैन, पर्सिदेखि पश्चिममा वर्षा प्रणाली सक्रिय हुन सक्ने

जेठ २५, काठमाडौं । आज कोशी प्रदेशसहित देशका केही स्थानहरूमा छिटपुट वर्षा भए पनि हालको लागि ठूलो पानी पर्ने सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार, पर्सिदेखि देशको पश्चिमी भू–भागमा वर्षा गराउने प्रणाली सक्रिय हुने सम्भावना रहेको छ। यस वर्ष मनसुन औसत समयभन्दा १५ दिन छिटो नेपाल प्रवेश गरे पनि हालसम्म पनि कोशी...

युवालाई नवप्रवर्तन र रोजगारीमा जोड्छाैं: मुख्यमन्त्री आचार्य

दाङ, २४ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समृद्धिमा युवापुस्ताको योगदान बढाउन प्रविधि, उद्यमशीलता र आयआर्जनमा आधारित योजनाहरूलाई प्राथमिकतामा राखिएको बताउनु भएको छ । शनिबार राप्ती उपत्यका (देउखुरी) मा नेपाल उद्योग परिसंघका प्रतिनिधिमण्डलसँग भएको छलफलमा मुख्यमन्त्री आचार्यले `जेन जि पुस्ता´ लाई लक्षित गरी स्टार्टअप तथा इनक्युबेसन कार्यक्रम सञ्चालन गरेर नवप्रवर्तनको माध्यमबाट रोजगारी सिर्जना गर्ने सरकारको प्राथमिकता रहेकाे स्पष्ट...

असार १५ भित्र शिक्षा विधेयक पास हुने : शिक्षामन्त्री पन्त

जेठ २४, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न तयार पारिएको शिक्षा विधेयक २०८० आउँदो असार १५ गतेसम्म प्रतिनिधिसभाबाट पारित हुने दाबी गर्नुभएको छ। प्रारम्भिक बाल विकासका लागि सांसदहरूको सहकार्य तथा समन्वय समूहले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री पन्तले विधेयक पारित गर्न सरकार तीव्र गतिमा कार्यरत रहेको जानकारी दिनुभयो। उहाँले...

भ्रष्टाचार मुद्दाबारे माधव नेपालको प्रतिक्रिया : “मैले कसैसँग एक रुपैयाँ घुस लिएको छैन”

जेठ २४, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूमाथि बदलाको भावनाले भ्रष्टाचारको मुद्दा लगाइएको दाबी गर्नुभएको छ।पार्टीको केन्द्रीय कार्यालय आलोनगरमा आज आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले आफ्नो पार्टीको प्रभावशाली भूमिकाले केही व्यक्तिहरू आत्तिएको उल्लेख गर्नुभयो। उहाँले राजनीतिमा ईर्ष्या र पूर्वाग्रहका कारण आफूविरुद्ध मुद्दा दायर गरिएको धारणा व्यक्त गर्नुभयो। “नेपालको राजनीतिमा हाम्रो पार्टीको भूमिका महत्त्वपूर्ण छ,”...

पूर्व राज्यमन्त्री महेश चाैधरीकाे स्मृति दिवस मनाइयो

घाेराही, २४ जेठ । नेकपा एमाले दाङले केन्द्रीय परिषद् सदस्य स्वर्गीय महेश चौधरीको दोस्रो स्मृति दिवस मनाएको छ । स्मृति सभालाई सम्बोधन गर्दै एमालेका केन्द्रिय सदस्य सीता सिग्देल न्यौपानेले स्वर्गीय चौधरीको व्यक्तित्वको चर्चा गर्दै उहाँ स्वाभिमानी राष्ट्रवादी नेता रहेको उल्लेख गर्नुभयाे । न्यौपानेले चौधरीले जनजाति आन्दोलनमा पुर्‍याएको योगदानको चर्चा गर्दै उहाँले देखाएको बाटोमा लाग्न कार्यकर्तालाई आग्रह गर्नुभयाे । चौधरी सुखसुविधा...

प्रेस चौतारी नेपाल घोराही नगर समितिको दोस्रो बैठक सम्पन्न

घोराही, २४ जेठ। प्रेस चाैतारी नेपाल घाेराही नगर कमिटीको दाेस्राे बैठक शनिबार सम्पन्न भएकाे छ। प्रेस चाैतारी नेपाल घाेराही नगर कमिटीका अध्यक्ष महेश बस्नेतकाे अध्यक्षता एवम् प्रेस चाैतारी नेपालका केन्द्रीय सदस्य एवम् दाङ र राेल्पा जिल्ला इञ्चार्ज दुर्गालाल केसीकाे प्रमुख आतिथ्यता तथा प्रेस चाैतारी नेपालका निवर्तमान केन्द्रीय उपाध्यक्ष सविन प्रियासनकाे विशिष्ट आतिथ्यतामा बैठक बसेकाे थियाे। बैठकले प्रेस चाैतारी नेपाल दाङ र राेल्पा...

भारतकोबाट सुदूरपश्चिम फर्किएका पाँच जनामा कोरोना संक्रमण

जेठ २४, कञ्चनपुर । भारतको गौरीफन्टा नाका हुँदै सुदूरपश्चिम फर्किएका पाँच जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आज गरिएको एन्टिजेन परीक्षणमा ती पाँच महिला ‘पोजेटिभ’ देखिएका हुन्। संक्रमितमध्ये तीन जना कैलाली र दुई जना अछाम जिल्लाका रहेकाे पाइएकाे छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी हेमराज जोशीका अनुसार, भारतबाट फर्किएका शंकास्पद ३० जनाको एन्टिजेन परीक्षण गरिएको...

१७औँ राष्ट्रिय खाद्य स्वच्छता दिवस शनिबार मनाइँदै

जेठ २४, काठमाडौं । ‘खाद्य पदार्थमा स्वच्छता: विज्ञानको अपरिहार्यता’ भन्ने नाराका साथ आगामी शनिबार १७औँ राष्ट्रिय खाद्य स्वच्छता दिवस मनाइँदैछ। सन् २०१८ मा सम्पन्न संयुक्त राष्ट्रसंघको ७३औँ महासभाले सन् २०१९ देखि हरेक वर्ष जुन ७ तारिखलाई विश्व खाद्य स्वच्छता दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। यसैअनुसार नेपालमा पनि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यस वर्ष जेठ १८ गते...

आज वैदिक सनातन धर्मावलम्बीले घरघरमा तुलसीको दल राख्दै

जेठ २४, काठमाडौं । वैदिक सनातन धर्मावलम्बीहरूले आज आफ्ना घरको मठमा तुलसीको दल अर्थात् बीउ राख्दै छन्। प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन तुलसीको दल राख्ने परम्परा छ। यो दिनलाई निर्जला एकादशी पनि भनिन्छ। आज राखिएको बीउ एक महिनापछि असार शुक्ल एकादशी, अर्थात् हरिशयनी एकादशीका दिन रोपिन्छ। त्यस दिनदेखि कात्तिक शुक्ल एकादशीसम्म तुलसीको विशेष पूजाआजा गरिन्छ। यही अवधिमा तुलसीलाई हुर्काएर...

ताजा समाचार