दाङमा लागू औषध तथा मदिरा नियन्त्रणसम्बन्धी प्रदेशस्तरीय कार्यशाला सम्पन्न
दाङ, जेठ २६ — लुम्बिनी प्रदेश सरकार तथा विभिन्न संघ–संस्थाको साझेदारीमा स्थानीय तहका पदाधिकारीहरूका लागि दाङमा “लागू औषध तथा मदिरा नियन्त्रणसम्बन्धी प्रदेशस्तरीय कार्यशाला गोष्ठी” आज (सोमबार) सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका सचिव श्री बाबुराम अधिकारी रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता प्रमुख जिल्ला अधिकारी श्री कृष्णप्रसाद लम्सालले गर्नुभएको थियो।
गोष्ठीमा जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख, प्रहरी...
प्रतिनिधिसभाको बैठक आज दिउँसो २ बजे बस्दै
काठमाडौँ , जेठ २६ । प्रतिनिधिसभाको बैठक आज (जेठ २६ गते) दिउँसो २ बजेका लागि बोलाइएको छ। पटक–पटक स्थगित हुँदै आएको बैठक आज सञ्चालन हुने वा नहुने भने अझै निश्चित छैन। गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै विपक्षी दलहरूले संसद् अवरुद्ध गर्दै आएका छन्।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता हुन सक्ने भन्दै छानबिनमा सहयोग गर्न उनी राजीनामा दिनुपर्ने विपक्षीको...
अमेरिकाबाट निष्कासित ३७ जना नेपाली काठमाडौँ आइपुग्दै
जेठ २६, काठमाडौँ । अमेरिकाबाट निष्कासित (डिपोर्ट) गरिएका थप ३७ जना नेपाली गएराति काठमाडौँ आइपुगेका छन्। अमेरिकी सरकारद्वारा चार्टर्ड विमानमार्फत उनीहरूलाई स्वदेश फर्काइएको हो। अध्यागमन विभागका अनुसार अमेरिकी कानुन उल्लङ्घन गरेको आरोपमा डिपोर्टमा परेका ३२ जना पुरुष र ५ जना महिला काठमाडौँ अवतरण गरेका हुन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हालेयता हालसम्म १७७ जना नेपालीलाई निष्कासन गरिएको विभागले जनाएको...
दाङमा ब्राउन सुगरसहित ३ जना पक्राउ
दाङ, जेठ २५ । दाङमा लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गढवा गाउँपालिका–६ प्रगतिनगरका २२ वर्षीय लक्ष्मण बिष्ट, गढवा–४ अजगढवाका ३९ वर्षीय भन्साराम यादव र गढवा–६ थानदेउखुरीका ३७ वर्षीय सदान मनिहार रहेका छन्।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं सूचना अधिकारी चक्रबहादुर शाहका अनुसार, कोइलाबासबाट गढवा तर्फ आउँदै गरेको लु.९६प ८८९३ नम्बरको मोटरसाइकल चेकजाँचका क्रममा चालक...
दाङ कारागारमा बायोग्यास उत्पादन
घोराही (दाङ), जेठ २५ । दाङको घोराहीस्थित कारागारमा दिसाजन्य फोहोरबाट बायोग्यास उत्पादन सुरु गरिएको छ। कारागारमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीकाबीच रु १२ लाखको लागतमा बायोग्यास प्लान्ट निर्माण गरिएको हो। कारागार कार्यालयका प्रमुख लक्ष्मणसिंह राठौरका अनुसार, ५० घनमिटर क्षमताको बायोग्यास प्लान्टबाट हाल ८० जनाका लागि खाना पकाउन प्रयोग भइरहेको छ।
उहाँले भन्नु भयाे , “दिसाजन्य फोहोर व्यवस्थापनमा चुनौती थियो। बायोग्यास उत्पादन...
रोल्पामा सुरक्षित आप्रवासनसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
रोल्पा, जेठ२५ । सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत वैदेशिक रोजगारी तथा कानुनी सेवासम्बन्धी अन्तरक्रिया कार्यक्रम आज (आइतबार) रोल्पा नगरपालिका–०२, लिबाङमा सम्पन्न भएको छ। स्थानीय तहको न्यायिक समिति तथा मेलमिलापकर्ताहरूको समन्वयमा आयोजित उक्त अन्तरक्रिया कार्यक्रम रोल्पा नगरपालिका न्यायिक समितिका संयोजक तथा नगर उपप्रमुख श्री गीता आचार्यको अध्यक्षता तथा नगरप्रमुख श्री सुरेन्द्र थापा (घर्ती) प्रमुख आथित्यतामा सम्पन्न भएकाे हाे ।
कार्यक्रममा प्रमुख...
दाङमा बस पल्टिँदा एकको मृत्यु, ३५ घाइते
जेठ २५, दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१३ बखरीयामा यात्रुबाहक बस पल्टिँदा एक जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन्। मृत्यु हुनेमा दंगीशरण गाउँपालिका–२ का ६५ वर्षीय नारायण भण्डारी रहेकाे प्रहरीले जनाएको छ । उनलाई गम्भीर अवस्थामा राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएकाे भए पनि उपचारका क्रममा मृत्यु भएको हो।
प्रहरीका अनुसार गोल्टाकुरीबाट तुलसीपुर जाँदै गरेको ना ४ ख...
सुनपुर थारुगाउँमा डिप बोरिङ सञ्चालन
घाेराही, २५ जेठ । घोराही उपमहानगरपालिका वडा नम्बर ४ सुनपुर थारुगाउँ टोलमा डिप बोरिङ सञ्चालनमा आएको छ । वडा नम्बर ४ को कार्यालयले गरेको सिफारीस अनुसार घोराही उपमहानगरपालिकाले २० लाख रुपैयाँको लागतमा डिप बोरिङ सञ्चालनमा ल्याएको हो ।
डिप बोरिङ सञ्चालक समितिका अध्यक्ष शिवचन्द्र रिजालको अध्यक्षता एवं घाेराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता र वडा अध्यक्ष मधुसुदन घिमिरे...
नेपालले आज स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं, जेठ २५ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत जारी त्रिकोणात्मक एकदिवसीय क्रिकेट सिरिजमा नेपालले आज स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बजे स्कटल्याण्डको डुण्डेमा सुरु हुनेछ।
नेपालले यसअघिका दुवै खेलमा जित हात पारिसकेको छ। पहिलो खेलमा स्कटल्याण्डलाई १ विकेटले पराजित गरेको नेपालले दोस्रो खेलमा नेदरल्याण्डलाई ५ विकेटले हराएको थियो। आजको खेलमा नेपाल अपराजित रहँदै सिरिजको तेस्रो जित निकाल्ने...
सदन चलेमा आज यी विषयमा हुनेछ छलफल
जेठ २५ , काठमाण्डाैँ । प्रतिनिधिसभा बैठक केही सातादेखि विपक्षी दलको अवरोधका कारण अवरुद्ध हुँदै आएको छ। उनीहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामाको माग गर्दै बैठक चल्न दिएका छैनन्। यद्यपि सत्तापक्ष उक्त मागमा सहमत छैन। जेठ १५ मा बजेट प्रस्तुतिपछि सदन अवरुद्ध भएको हो। त्यसयता दुवै पक्ष आ–आफ्ना अडानबाट पछि नहट्दा संसद् सञ्चालन हुन सकेको छैन।
सदन सञ्चालनमा सहमति जुट्न...














