एसईई नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण

दाङ, असार १४ । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक भएकाे छ, जसअनुसार ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले शुक्रबार सार्वजनिक गरेको नतिजा अनुसार यो वर्ष ग्रेडेड (ग्रेड प्राप्त गर्ने) विद्यार्थीको प्रतिशत गत वर्षको तुलनामा उल्लेख्य रूपमा बढेको छ। गएको वर्ष ४८ प्रतिशत मात्र विद्यार्थी ग्रेडेड भएका थिए भने...

राप्ती मोर्डन एकेडेमीमा प्लस टु विज्ञान र व्यवस्थापन कार्यक्रम सुरु

दाङ, असार १४ । राप्ती इन्जिनियरिङ कलेजको व्यवस्थापनमा स्थापना गरिएको राप्ती मोर्डन एकेडेमीले यस वर्षदेखि प्लस टु विज्ञान र व्यवस्थापन कार्यक्रम सञ्चालनमा ल्याएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत एकेडेमीले शैक्षिक सत्र २०८२ देखि प्लस टु तहको साइन्स र म्यानेजमेन्ट कार्यक्रम सुरु गरिएको जानकारी गराएको हो। वि.सं. २०५३ मा स्थापना भई २०७३ देखि माध्यमिक तहमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको एकेडेमीले...

मदन भण्डारी स्कूलद्वारा महाकाल समूहलाई खाद्यान्न सहयोग

घोराही, १३ असार । घोराहीको शहिद गुम्राह चोकमा जय महाकाल युवा समूह घोराहीले साँझ–विहान आयोजना गरेको निशुःल्क खाना खुवाउने कार्यक्रममा सहयाेग र समर्थन बढी रहेकाे छ । महाकाल समूहको कामबाट प्रभावित भएर घोराही–१७ गुलरियास्थित मदन भण्डारी मेमोरियल स्कूलले ठूलो परिमाणको खाद्यान्न सहयोग गरेको छ । महाकाल युवा समूहले खाना खुवाउन सुरु गरेको १२ दिन भित्र अहिलेसम्मकै ठूलो परिमाणमा मदन भण्डारी...

लमही–१ सुनडबरीमा सीपमूलक तालिमको समापन

दाङ, असार १३ । लमही नगरपालिका–१ स्थित सुनडबरीमा सञ्चालित कटाई–सिलाई तथा गुडिया बनाउने सीपमूलक तालिमको समापन समारोह भव्य रूपमा सम्पन्न भएको छ। समापन कार्यक्रममा नगरप्रमुख जोगराज चौधरीले सीपलाई आत्मनिर्भरताको आधार भन्दै मानिसको जीविकोपार्जनमा सहयोग पुर्‍याउने प्रमुख साधनको रूपमा व्याख्या गर्नु भएकाे थियाे । “सीप भनेको केवल काम गर्न सक्ने क्षमता मात्र होइन, यो आत्मनिर्भर जीवनको जग पनि हो,” उनले भने,...

स्थानीय विकासमा वन क्षेत्रको सहकार्य अपरिहार्य : लमही नगरप्रमुख चौधरी

दाङ, असार १३ । लमही नगरपालिकाका नगरप्रमुख जोगराज चौधरीले स्थानीय विकास योजना कार्यान्वयन गर्दा वनसम्बन्धी ऐन, कानुन र प्रक्रियाले प्राविधिक जटिलता सिर्जना गर्ने भएकाले वन कार्यालयको सक्रिय सहकार्य अत्यावश्यक भएको बताउनु भएकाे छ। लमही नगरपालिका, डिभिजन वन कार्यालय लमही र सरोकारवाला निकायबीच आयोजित अन्तरक्रिया तथा समन्वय बैठकमा बोल्दै नगरप्रमुख चौधरीले यस्तो धारणा राख्न्र भएकाे हाे। “नगरको समग्र विकासमा वन क्षेत्रसँगको...

चीनमा पेटको क्यान्सर पहिचान गर्ने एआई प्रणाली विकास

असार १३ । चीनका वैज्ञानिकहरूले पेटको क्यान्सर सुरुवाती चरणमै पत्ता लगाउन सक्ने अत्याधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रणाली विकास गरेका छन्। नियमित रूपमा गरिने सिटी स्क्यानमार्फत क्यान्सर पहिचान गर्ने यो प्रविधिबाट डाक्टरहरूलाई समयमै उपचार थाल्न सहयोग पुग्ने विश्वास लिइएको छ। पूर्वी चीनको चच्याङ प्रान्तस्थित चच्याङ क्यान्सर अस्पताल र अलिबाबाको ‘डामो एकेडेमी’को सहकार्यमा तयार पारिएको यस प्रणालीलाई ‘डामो ग्रेप’ नाम दिइएको छ।...

दाउन्ने सडकखण्डमा वर्षाका बेला रातको सवारी रोकिए

असार १३ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने सडकखण्डमा वर्षाका समयमा राति सवारी आवागमनमा रोक लगाइएको छ। नवलपरासी प्रहरीले दिएको जानकारीअनुसार हिजो साँझ ७ बजेदेखि बन्द गरिएको सडक आज बिहान ५ बजेदेखि पुनः सञ्चालनमा आएको हो। पानी परेका बेला बिनयी खोलामा बाढी आउँदा गाडी फस्ने जोखिम रहेकाले रातिको समयमा यातायात बन्द गरिएको प्रहरीले जनाएको छ। सडक डिभिजन कार्यालय भरतपुरले पाँच दिनअघि...

देशका पहाडी क्षेत्रहरूमा निरन्तर वर्षा, केही खोलामा बाढी

काठमाण्डाै, असार १३ । काठमाण्डाै उपत्यकासहित देशका अधिकांश पहाडी भेगमा रातभर वर्षा भएको छ। पछिल्लो ६ घण्टाको अवधिमा डोटी, डोल्पा, रुकुम, म्याग्दी, कास्की, मनाङ, लमजुङ, काठमाण्डौ, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक र इलाम लगायतका स्थानमा हल्कादेखि मध्यम खालको वर्षा मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। वर्षासँगै काठमाण्डौ उपत्यकाको बागमती, विष्णुमती र धोबीखोला तथा लमजुङको खुदीखोलामा रातिको समयमा बाढी आएको भए पनि...

दंगीशरण गाउँपालिकाको ४५ करोड बढीको बजेट पारित

दाङ, असार १३ । दंगीशरण गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्ताव गरेको ४५ करोड ११ लाख ४१ हजार रुपैयाँ बराबरको बजेट गाउँसभाबाट सर्वसम्मत रुपमा पारित भएको छ। गाउँपालिकाकी उपाध्यक्ष पिमा वली (खड्का)ले मंगलबार सभामा प्रस्तुत गरेको उक्त बजेट बिहीबार सम्पन्न १९ औँ गाउँसभाको तेस्रो बैठकले अनुमोदन गरेको हो। सोही बैठकमा गाउँपालिकाको मटावा प्रणालीको संरक्षण, प्रवर्द्धन तथा विकाससम्बन्धी तयार गरिएको विधेयक...

दाङमा ड्रागन फ्रुट उत्पादकहरूको पहिलो भेला

असार १२, दाङ । दाङ जिल्ला स्तरीय ड्रागन फ्रुट व्यवसायीहरूको पहिलो भेलाले शोभाराम डाँगीको संयोजकत्वमा तदर्थ समिति गठन गरेको छ। घोराही–१८ अकबरेस्थित ‘दंगाली ड्रागन फ्रुट’ का सञ्चालक दुर्गा बहादुर बुढामगरको अध्यक्षतामा सम्पन्न भेलामा १७ जना व्यवसायीहरूको सहभागिता रहेको थियो। भेलाले ड्रागन फ्रुटको व्यवसायिक उत्पादन, बजारीकरण तथा भावी सम्भावनाहरूका बारेमा विस्तृत छलफल गरेको थियो। भेलामा उपस्थित सहभागी र अनुपस्थित व्यवसायीहरूको बगैचामा...

ताजा समाचार