दुम्कीबासमा सडक एकतर्फी खुले पनि लामो जाम
काठमाण्डौ, असार ५ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दुम्कीबास क्षेत्रमा सडक एकतर्फी खुलेको भए पनि हिजैदेखि सवारीसाधनको लामो जाम लागेको छ। अस्ति मंगलबारको राति विनयी खोलामा आएको बाढीले अस्थायी डाइभर्सन बगाएपछि सडक दुईतर्फी रूपमा अवरुद्ध भएको थियो।
हिजो बेलुकी डाइभर्सन पुनः निर्माण गरी सडक एकतर्फी सञ्चालनमा ल्याइए पनि बाटो चिप्लो भएका कारण सवारीसाधनहरू विस्तारै मात्र गुडिरहेका छन्। त्यसैले लामो जामको अवस्था...
देशका विभिन्न स्थानमा वर्षा, केही क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना
काठमाडौं, असार ५ । देशका विभिन्न स्थानमा रातिदेखि नै वर्षा भइरहेको छ। पछिल्ला तीन घण्टामा सबैभन्दा धेरै वर्षा बाँकेमा ४७.२ मिलिमिटर मापन गरिएको छ। आज (बिहिबार) दिउँसो पनि देशका सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन...
दाङमा प्लास्टिक प्रदूषण न्यूनीकरणसम्बन्धी छलफल कार्यक्रम सम्पन्न
दाङ, असार ४ । मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र दाङले आज (बुधबार) आफ्नो २३ औं स्थापना दिवसको अवसरमा ‘प्लास्टिक प्रदूषण न्यूनीकरण : हाम्रो भूमिका’ विषयक छलफल कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा हालको गम्भीर वातावरणीय समस्या बनेको प्लास्टिक प्रदूषणले मानव स्वास्थ्य, वन्यजन्तु तथा प्राकृतिक स्रोतसाधनहरूमा पारिरहेको नकारात्मक प्रभावबारे व्यापक छलफल गरिएको थियो। प्लास्टिकजन्य वस्तुहरूको प्रयोगलाई निरुत्साहित गर्दै त्यसको सट्टा...
एमालेभित्रका समस्या समाधान गर्न पार्टी नेतृत्व नै सक्षम छ : उपप्रधानमन्त्री पौडेल
काठमाडौं , असार ४ । नेकपा (एमाले) का उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टीभित्र देखिएका समस्या समाधान गर्न एमालेको नेतृत्व आफैँ सक्षम रहेको बताउनुभएको छ। उहाँका अनुसार समकालीन राजनीतिक दलहरूबीच एमाले नै सबैभन्दा कम आन्तरिक समस्या भएको पार्टी हो।
एमाले जनसंगठन संयन्त्रको बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले भन्नुभयो, “कतै पनि पूर्ण रूपमा निर्दोष पार्टी पाइँदैन। गंगाजल जस्तो, धोएको...
नवलपरासी पूर्वमा धेरै भारी वर्षा, बाढीपहिरोको जोखिम
काठमाडौँ, असार ४ – पछिल्लो १२ घण्टामा नवलपरासी पूर्वको डण्डामा ११६ मिलिमिटर वर्षा मापन भएको छ। यो पछिल्लो समयकै सबैभन्दा धेरै वर्षा हो। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार चितवनमा १००.४ मिलिमिटर र डोटीमा ९१.२ मिलिमिटर पानी परेको छ। महाशाखाले ती क्षेत्र र आसपासका नदी–खोलामा जलसतह बढ्ने सम्भावनासँगै बाढी र पहिरोको जोखिम रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ।
सुदूरपश्चिम,...
गुल्मीको कालीगण्डकी करिडोर सडक एकतर्फी सञ्चालनमा
गुल्मी, असार ४ – पहिरोका कारण दुई दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोरअन्तर्गत गुल्मी खण्डको सडक एकतर्फी रुपमा सञ्चालनमा आएको छ। कालीगण्डकी गाउँपालिका–६ स्थित बरल्बामा सोमवार दिउँसो खसेको सुक्खा पहिरोका कारण सडक पूर्णरूपमा बन्द भएको थियो। पहिरो आंशिकरूपमा हटाइएपछि मंगलबार साँझदेखि सडक एकतर्फी रुपमा खुलाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो।
सडक निर्माण कम्पनी कालीका कन्ट्रक्सनले डोजर र...
त्रिदेशीय टी–२०: नेपाल अङ्क तालिकाको दोस्रो स्थानमा
काठमाडौँ, असार ४ – स्कटल्यान्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको दोस्रो खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डलाई २ विकेटले पराजित गरेको छ। हिजो सम्पन्न खेलमा स्कटल्यान्डले दिएको ९८ रनको लक्ष्य नेपालले १९ ओभर ५ बलमा ८ विकेट गुमाउँदै पूरा गर्याे। नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३० रन बनाए।
टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड १९.४ ओभरमा ९७ रनमै समेटिएको...
खामेनीको कडा चेतावनी: इजरायलसँग शान्ति असम्भव
काठमाडौँ, असार ४ – इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले इजरायलसँग शान्ति सम्झौताको कुनै सम्भावना नरहेको बताएका छन्। सामाजिक सञ्जाल ‘एक्स’मार्फत खामेनीले इजरायली आतङ्कवाद अन्त्यका लागि लड्ने स्पष्ट संकेत दिएका बीबीसीले जनाएको छ।
उनले युद्ध अब मात्र सुरु भएको चेतावनीसमेत दिएका छन्। यसअघि अमेरिका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले इजरायल सामु विना शर्त आत्मसमर्पण गर्नुपर्ने टिप्पणी गरेका थिए। खामेनीको तर्फबाट...
रेसु घिमिरेको मानवीय पहल: निःशुल्क बिरामी ओसार–पसार
दाङ, असार ४ । सामाजिक सेवाको उच्च भावना बोकेका अटोधनी रेसु घिमिरेले घोराही उप–महानगरपालिका वडा नं. ४ का बासिन्दाहरूलाई लक्षित गर्दै एक सकारात्मक र मानवीय पहल सुरु गरिएका छन्। अटोधनी रेसु घिमिरेले अतिविपन्न जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा गम्भीर बिरामीहरूका लागि निःशुल्क यातायात सेवा प्रदान गर्ने घोषणा गर्नुभएको छ।
उहाँले लुम्बिनी प्रदेशमा दर्ता नं. ००ह०३७० रहेको आफ्नै सवारी साधन...
घोराही–१४ का तीन टोल फोहोरमैत्री घोषित
घाेराही, असार ४, घोराही उपमहानगरपालिकाले बजार क्षेत्रका टोल विकास संस्थाहरूलाई ‘पूर्णरूपमा फोहोर वर्गीकृत टोल’ घोषणा गर्ने अभियानलाई निरन्तरता दिँदै आएको छ। यही क्रममा मंगलबार आयोजित एक कार्यक्रमका बीच वडा नं. १४ अन्तर्गतका जनचेतना टोल, सगरमाथा टोल र नवजलजला टोल विकास संस्थालाई ‘पूर्णरूपमा फोहोर वर्गीकृत टोल’ घोषणा गरिएको हो।
वडा अध्यक्ष भानसिं बुढाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरी र...














