सार्वजनिक यातायात बन्दको दोस्रो दिन: घोराही बजार सुनसान
भरत वली
जेठ २०, दाङ ।सार्वजनिक यातायात व्यवसायीहरूको देशव्यापी आन्दोलनका कारण यातायात बन्दको दोस्रो दिन घोराही बजार वरपरका सार्वजनिक सवारी साधन पूर्ण रूपमा ठप्प भएका छन्। मंगलबार बिहानैदेखि घोराही बसपार्क सुनसान देखिएको छ भने विभिन्न गन्तव्यतर्फ छुट्ने गाडीहरू चल्न सकेका छैनन्।
आज घोराहीको मुख्य बसपार्कमा दर्जनौं गाडीहरू रोकिएका छन् भने यात्रुहरू पैदल यात्रा गरेर आवतजावत गरिरहेका छन्। सार्वजनिक सवारी साधनको अभावमा...
कलाकार घनश्याम गौतमको असामयिक निधन
जेठ २०, काठमाडौं
चर्चित कलाकार घनश्याम गौतमको निधन भएको छ। टेलिशृंखला र प्रहसनहरूमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को क्यारिकेचर गरेर चर्चा कमाउनुभएका गौतमको गएराति ४३ वर्षको उमेरमा निधन भएको हो।
गौतम दुई वर्षदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो। भक्तपुरको ताथलीस्थित काठमाडौं क्यान्सर अस्पतालमा उपचाररत रहँदै गर्दा उहाँको निधन भएको हो।
रङ्गमञ्चमा सक्रिय गौतम सडक नाटक, रेडियो नाटक र कचहरीजस्ता प्रस्तुतीहरूमा पनि...
गृहमन्त्रीको राजीनामा माग्दै विपक्षीको संसद अवरोध जारी
जेठ २०, काठमाण्डाैँ ।
आज (मंगलबार) प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १:१५ बजेका लागि बोलाइएको छ। संघीय संसदमा जेठ १५ गते बजेट प्रस्तुत भएपछि आज पहिलोपटक बैठक बस्न लागेको हो। बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल सुरु गर्ने कार्यसूची तय गरिएको छ।
गृह मन्त्रालयका सहसचिव तीर्थ भट्टराई भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल थाइल्यान्डसँग पराजित
जेठ २०, काठमाण्डौ — आगामी महिना आयोजना हुने एएफसी महिला एशियन कप छनोटको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा थाइल्यान्डसँग २–० गोलले पराजय बेहोरेको छ।
हिजो बैंककमा सम्पन्न उक्त खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। तर, दोस्रो हाफमा नेपालले खेलमा पकड जमाउन सकेन। खेलको ५९औं मिनेटमा थाइल्यान्डले फ्रिकिकमार्फत अग्रता लिएको थियो।
झन्डै ३० यार्ड दूरीबाट मोंग्कोल्दीले...
सिक्किममा पहिरो: तीन सैनिकको मृत्यु, छ जना बेपत्ता
जेठ २०,
भारतको सिक्किम राज्यमा लगातारको मुसलधारे वर्षापछि आएको पहिरोका कारण तीन जना सैनिकको मृत्यु भएको छ भने अन्य ६ जना बेपत्ता भएका छन्। भारतीय सेनाले एक विज्ञप्ति जारी गर्दै वर्षासँगै गएको पहिरो गएराति सेनाको क्याम्पमा खसेको जानकारी दिएको छ।
यसैबीच, मनसुनजन्य अविरल वर्षाका कारण आएको बाढी र पहिरोले भारतको पूर्वोत्तर क्षेत्रमा कम्तीमा ३० जनाको ज्यान गएको छ। बाढी र पहिरोका...
सार्वजनिक यातायात बन्दप्रति मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण
जेठ २०, काठमाडौं – राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक यातायात सेवा बन्द भएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । देशभरका यातायात व्यवसायीहरूले साेमबार देखि सार्वजनिक सवारी सेवा अवरुद्ध गरेपछि आयोगले एक विज्ञप्ति जारी गर्दै यसप्रति गम्भीर चासो व्यक्त गरेको हो।
सेवा बन्दका कारण सर्वसाधारणले भोग्नुपरेको असुविधाप्रति चिन्ता व्यक्त गर्दै आयोगले विरोधका वैकल्पिक र शान्तिपूर्ण माध्यम अपनाउन यातायात व्यवसायीहरूलाई आग्रह...
स्कटल्यान्डसँगको खेलमा नेपालले टस जितेर पहिला बलिङ रोज्यो
काठमाडौँ, १९ जेठ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डसँगको खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ। स्कटल्यान्डको फोर्थहिल क्रिकेट मैदानमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेपछि बलिङ रोजेका हुन्।
लिग–२ अन्तर्गत घरेलु टोली स्कटल्यान्ड, नेपाल र नेदरल्यान्ड्स सहभागी त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला आजदेखि सुरु भएको छ। लिग–२ को दोस्रो खेलमा नेपालले पर्सि बुधवार नेदरल्यान्ड्ससँग खेल्नेछ।...
सरकार र यातायात व्यवसायीबीचको वार्ता निष्कर्षविहीन, भोलि पुनः बैठक बस्ने
काठमाडौं, १९ जेठ । गण्डकी प्रदेश सरकारद्वारा ल्याइएको राइड सेयरिङ नियमावलीविरुद्ध आन्दोलनमा उत्रिएका यातायात व्यवसायी र सरकारबीचको वार्ता निष्कर्षविहीन भएको छ। सोमबार गृह मन्त्रालयमा बसेको बैठकमा सहमति नजुटेपछि वार्ता भोलि (मंगलबार) बिहान साढे १० बजे पुनः बस्ने तय भएको छ।
नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष विजय स्वाँरका अनुसार, व्यवसायीहरूको मुख्य माग भनेको गण्डकी प्रदेशले ल्याएको राइड सेयरिङ नियमावली तत्काल...
घोराहीमा सुरक्षित आप्रवासन कार्यक्रमअन्तर्गत पत्रकार अभिमुखीकरण सम्पन्न
घाेराही, १९ जेठ । घोराहीमा सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत पत्रकारहरूसँग अन्तरक्रिया तथा अभिमुखीकरण सम्पन्न भएकाे छ । ‘स्वदेशमै रोजगारी गरौं, वैदेशिक रोजगारीमा जानै परे सही सूचना लिएर र सीप सिकेर मात्र जाऔं’ भन्ने मूल नारासहित सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत पत्रकारहरूसँग अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम घोराहीमा सम्पन्न भएको हाे।
सोमबार घोराही उपमहानगरपालिकाको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा उप–प्रमुख हुमा कुमारी डि.सी.को अध्यक्षता...
दाङमा यातायात बन्द, जनजीवन प्रभावित
दाङ, १९ जेठ — सार्वजनिक यातायात बचाउ संघर्ष समितिले सात बुँदे माग अघि सार्दै सोमबारदेखि आह्वान गरेको अनिश्चितकालीन यातायात बन्दका कारण दाङको जनजीवन प्रभावित भएको छ। यात्रु, व्यवसायी लगायत दैनिक आवागमनमा निर्भर नागरिकहरू बन्दबाट प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।
यात्रुबाहक सवारी साधन सञ्चालनमा नआउँदा सयौं यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् भने गन्तव्यतर्फ गइरहेका सवारी साधनहरू दाङका विभिन्न सडकखण्डमा रोकिएका...














