अध्ययन मञ्चको ‘किताब किन पढ्ने?’ दोस्रो श्रृङखला सम्पन्न, ज्ञानज्योतीमा अध्ययन मञ्च गठन

घोराही, २९ माघ । पठन सस्कृति निर्माणका लागि अध्ययन मञ्च दाङले सुरु गरेको किताब किन पढ्ने अभियानको दोस्रो श्रृङ्खला मंगलबार घोराहीमा सम्पन्न भएको छ । मञ्चका संयोजक सूर्य बिसीले बालबालिकाहरुलाई पुस्तक पढ्नु पर्ने कारण र यसबाट हुने लाभबारे आफ्नो प्रस्तुति दिनुभएको थियो । ‘बालपाठक निर्माणमा जोड दिनु आजको अनिवार्य आवश्यकता हो ।’ बिसीको भनाइ थियो । सभाध्यक्षको भूमिकामा रहनुभएका वरिष्ठ पत्रकार...

पर्लले मनायो २१ औं वार्षिकोत्सब

घोराही, २८ माघ । घोराही उपमहानगरपालिका १५ रतनपुरस्थित पर्ल एकेडेमीले आफ्नो वार्षिकोत्सब सोमबार सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेगबहादुर थापाको अध्यक्षता एवम् घोराही उपमहानगरपालिका सामाजिक विकास महाशाखाका प्रमुख नारायण प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा विद्यालयले आफ्नो २१ औँ वार्षिकोत्सब सम्पन्न गरेको हो । २१औं वार्षिकोत्सब समारोहमा विद्यालयले विभिन्न कार्यक्रममा उत्कृष्ट भएका विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरेको थियो ।...

गुठी पिडितहरुको समस्या समाधान गर्न सांसद पोख्रेलको माग

दाङ, २७ माघ । प्रतिनिधि सभा सदस्य मेनका कुमारी पोख्रेलले हिउँदे अधिवेशनबाटै गुठी पिडित किसानहरुको समस्या समाधान गर्न सरकारसँग माग गर्नुभएको छ । आइतबार बसेको संसद बैठकको शून्य समयमा बोल्दै सांसद पोख्रेलले स्वर्गद्वारी गुठीलगायतका देशभरका गुठीपिडितहरुको समस्या समाधान गर्नका लागि तत्काल गुठी ऐन ल्याई यही अधिवेशनबाट समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण समेत गराउनुभयो । विगतमा पनि स्वर्गद्वारी गुठीलगायत गुठी पिडितहरुको समस्या...

घोराही किड्स ओलम्पियाड सम्पन्न, २ हजार विद्यार्थीले गरे एकसाथ नृत्य

महेश बस्नेत घोराही, २६ माघ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घोराही नगर कमिटीद्वारा आयोजित किड्स ओलम्पियाड बेल्झुण्डी रङ्गशालामा शनिबार सम्पन्न भएको छ । प्याब्सन घोराहीले पहिलो पटक सञ्चालन गरेको प्रथम प्याब्सन घोराही किड्स ओलम्पियाड २०८१ मा ३२ ओटा विद्यालयका झण्डै २ हजार विद्यार्थीहरुले आफ्ना प्रतिभाहरु प्रस्तुत गरेका थिए । प्याब्सन घोराही नगर कमिटीका अध्यक्ष बालकृष्ण ओलीको अध्यक्षता एवम्...

किड्स ओलम्पियाडको तयारी पूरा

घोराही, २६ माघ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घोराही नगर कमिटीद्वारा आयोजित किड्स ओलम्पियाडको तयारी पूरा भएको छ । आज बेल्झुण्डी रंगशालामा हुने ओलम्पियाडकाे सबै तयारी पूरा भएकाे आयाेजकले जनाएकाे छ । प्याब्सन घोराही नगर कमिटीले पहिलो पटक आयोजना गर्न लागेको किड्स ओलम्पियाड १ हजार ७ सय बालबालिकाहरुले एकसाथ नृत्य प्रस्तुत गर्ने संयोजक मानसिंह घर्तीले बताउनुभयो । प्रथम...

फागुन ५ को जनसभामा एमाले दाङले गर्‍यो ५० हजार सहभागी गराउने सङ्कल्प

घोराही, २३ माघ । नेकपा एमाले जिल्ला कमिटी दाङको बैठक पार्टी कार्यालय घोराहीमा सम्पन्न भएको  छ । जिल्ला अध्यक्ष शिवकुमार आचार्यको अध्यक्षतामा बसेको बैठकले फागुन ५ गते प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा वलीको विशेष उपस्थितिमा हुने जनसभामा ५० हजार बढी जनसहभागिता गराउने सङ्कल्प गरेको छ । बैठकले घोराहीमा हुने विशाल जनसभालाई व्यवस्थित बनाउन जिल्ला अध्यक्ष शिवकुमार आचार्यको संयोजकत्वमा  १...

प्रेस चौतारी दाङले मनायो २७ औं स्थापना दिवस, २८ जनाले गरे रक्तदान

विमल योगी दाङ,२२ माघ । प्रेस चौतारी नेपालको २७ ओेैं स्थापना दिवसका अवसरमा घोराहीमा रक्तदान कार्यक्रम गरिएको छ । 'समृद्धिका लागि सञ्चार कर्म, प्रेस चौतारीको मूल मर्म' भन्ने नारा सहित प्रेस चौतारी दाङ शाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गरेका थिए । चौतारीका अध्यक्ष सुधासुमन ढकालको अध्यक्षता एवम् प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष सविन प्रियासनको प्रमुख आतिथ्यता तथा नेकपा एमाले...

प्रज्ञान एकेडेमीको नवनिर्मित भवन र सरस्वती मूर्तिको उद्घाटन

घोराही, २२ माघ । घोराही उपमहानगरपालिका १३ बडहरामा अवस्थित प्रज्ञान एकेडेमीको नवनिर्मित भवन र विद्यालय परिसरमा स्थापित सरस्वती मूर्तिको उद्घाटन समारोह सोमवार भव्यताका साथ सम्पन्न भयो । 'तत्व ज्ञान, कर्म ज्ञान र ब्रह्म ज्ञानको संगम, प्रज्ञान एकेडेमी' भन्ने मुल नाराका साथ स्थापना भएको विद्यालयको आधिकारिकरूपमा भवन र मूर्तिको उद्घाटन घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले गर्नुभएको थियो ।  कार्यक्रमका प्रमुख अतिथि...

ज्ञानमालामा एचपिभी खोपको शुभारम्भ

माघ, २२ दाङ । पाठेघरको मुखको क्यान्सर विरुद्धको मानव पेपिलोमा भाइरस (एचपिभी) खोप आजदेखि सुरु भएको छ । यसै अवसरमा घोराही उपमहानगरपालिका १६ को खोप कार्यक्रम ज्ञानमाला एकेडेमीबाट शुभारम्भ गरिएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १६ का अध्यक्ष तारा बहादुर डाँगीको अध्यक्षतामा उद्घाटन गरिएको खोप कार्यक्रममा विद्यालयका प्रिन्सिपल महेश बस्नेतले छात्राहरुलाई निर्धक्कसँग खोप लगाउन आग्रह गर्नुभएको थियो । शुभारम्भका...

एचपिभी विरुद्धको खाेप आजदेखि; देशभर झण्डै १७ लाख किशाेरीलाई लगाइदै

माघ, २२ दाङ । सरकारले आजदेखि किशोरीहरूलाई मानव पेपिलोमा भाइरस (एचपिभी) विरुद्धको खोप अभियान सुरु गरेको छ। यो अभियान पाठेघरको मुखको क्यान्सर रोक्ने उद्देश्यले सञ्चालन गरिएको हो, जसको प्रमुख कारक एचपिभी भाइरस मानिन्छ। यस अन्तर्गत विद्यालय जाने ६ देखि १० कक्षासम्मका छात्रा र विद्यालय नजाने १० देखि १४ वर्षका किशोरीहरूलाई खोप लगाइने छ। जिल्लामा कुल ३९ हजार ४५० जना किशोरीहरूलाई...

ताजा समाचार