महिला सामुदायिक भवनको उद्घाटन
दाङ, २६ जेठ । बेलहरीमा निर्माण भएको महिला सामुदायिक भवनको आज एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर पुनको अध्यक्षता तथा स्थानीय बयोबृद्ध प्रेमबहादुर बुढाथोकीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बयोबृद्ध प्रेमबहादुर बुढाथोकीले रिवन काटेर भवनको उद्घाटन गर्नुभएको हो ।
वडा कार्यालयले उपलब्ध गराएको रकम भन्दा पाँच गुणा बढी जनश्रमदानबाट निर्माण गरिएको दुई कोठे महिला सामुदायिक...
बाल क्लवलाई नेतृत्व विकास तालिम
दाङ, २६ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ को सहयोग तथा वडास्तरीय बाल सञ्जालको आयोजनामा शनिबार बालक्लवको नेतृत्व तथा क्षमता विकास तालिम सम्पन्न भएको छ । वडालाई बालमैत्री घोषणाका लागि बाल क्लवको नेतृत्व तथा क्षमता विकास तालिम सञ्चालन गरिएको हो ।
सञ्जालका अध्यक्ष लीलाधर नेपालीको अध्यक्षता तथा वडा सदस्य केशर पुनको प्रमुख आतिथ्यमा भएको तालिममा बालबालिकाको परिचय, बालअधिकार,...
सर्वोदय पुस्तकालयमा अक्षयकोष बृद्धि अभियान
दाङ, २६ जेठ । सर्वोदय पुस्तकालय तथा वाचानालय घोराहीले आजीवन सदस्यका लागि सार्वजनिक आव्हान गरेको छ । पुस्तकालय व्यवस्थापन समितिको बैठकले आजीवन सदस्यता शुल्क १ हजार पाँच सय कायम गर्दै सदस्यका लागि सार्वजनिक आव्हान गरेको हो ।
बैठकले अक्षयकोष बढाउने अभियानलाई थप प्रभावकारी बनाउने निर्णय गर्दै स्रोत पहिचान तथा व्यवस्थापन समितिका सदस्य नरेन्द्र केसीलाई प्रचार संयोजक तोक्ने निर्णय गरेको छ ।
अक्षयकोष...
खेलकुदको विकासका लागि लगानी बढाउँछौः मेयर चौधरी
घोराही, २६ जेठ । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले खेलकुदको विकासका लागि उपमहानगरले लगानी बढाउने बताउनुभएको छ । दाङमा क्रियाशिल पत्रकारहरुका लागि एक दिने क्रिकेट खेल समाचार लेखन तालिमको उद्घाटन गर्दै प्रमुख चौधरीले खेल क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको बताउनुभयो ।
जिल्लामा खेलकुदको विकासका लागि सबै स्थानीय तहले प्रयास गरिरहेको भन्दै घोराहीमा फुटबल र क्रिकेटका ठुला प्रतियोगिता भइरहेको जानकारी दिनुभयो ।...
फ्रिडम फोरम अवार्ड विजेता चौधरीसँग विद्यार्थीको अन्तर्क्रिया
दाङ, २५ जेठ । नेदरल्याण्डबाट भर्खरै ‘फ्रिडम फोरम फेयर अवार्ड २०१८’ प्राप्त गरेर फर्किनुभएकी पूर्व कमलरी उर्मिला चौधरीसँग शुक्रबार घोराही–१७ सर्रास्थित ज्ञानमाला एकेडेमीका विद्यार्थीहरुले अन्तर्क्रिया गरेका छन् ।
चौधरीले कमलरी जीवनदेखि अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्दासम्मका विभिन्न संघर्षका अनुभवहरु विद्यार्थीमाझ सुनाउनुभएको थियो । विद्यार्थीहरुले चौधरीको जीवनमा यती ठूलो सफलता प्राप्त गर्न कसरी सम्भव भयो भन्ने जिज्ञासा राखेका थिए । उहाँले निरन्तरको...
सुरु भयो घोराहीमा प्रथम मेयरकप रनिङ फुटबल, पहिलो खेलमा वडा नं. ५ विजयी
घोराही, २५ जेठ । दाङको घोराहीमा शुक्रबारदेखि प्रथम घोराही नगरस्तरीय मेयरकप रनिङ फुटबल प्रतियोगिता सुरु भएको छ । घोराही उपमहानगरपालिकाको आयोजनामा नगरस्तरीय मेयरकप रनिङ फुटवल प्रतियोगिता सुरुभएको हो ।नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षता एवं जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपाली र प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठको विशिष्ट आतिथ्यतामा मेयर कप प्रतियोगिता सुरुभएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपालीले...
पूर्ण सरसफाइ कार्ययोजना तथा रणनीतिक सम्मेलन
घोराही, २५ जेठ । घोराही उपमहानगरपालिका १४ ले पूर्ण सरसफाई कार्ययोजना तथा रणनीतिक सम्मेलन गरेको छ । सम्मेलनमा वडाभित्रका ४८ वटा टोल विकास संस्था, उद्योग वाणिज्य संघ, विद्यालय, होटललगायतका क्षेत्रमा क्रियाशील एक सय पचास बढी सहभागीले सरसफाई योजना तयार पारेका छन् ।
यो योजनालाई अझै ब्यवस्थित गरी सार्वजनिक गर्न वडा अध्यक्ष शक्तिराम डाँगीको संयोजकत्वमा कार्ययोजना निर्माण समिति गठन गरिएको छ...
बुद्ध हस्पिटलमा भाँचिएको लिङ्गको सफल अप्रेसन
घोराही, २५ जेठ । लिङ्ग भाँचिएपछि दाङमा एकजनाको लिङ्गको सफल अप्रेसन भएको छ । यौन सम्पर्क गर्दा लिङ्ग भाँचिएपछि अस्पताल आइपुगेका बिरामीको दाङको घोराहीमा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलको चिकत्सकको टोलीले उक्त अप्रेसन गरेको हो ।
तुलसीपुरका एक युवाको भाँचिएको लिङ्ग अप्रेसन गरिएको अस्पतालका चिकित्सक डा. रमेश बस्नेतले जानकारी दिनुभयो । २९ वर्षीय ती युवाको यौन सम्पर्क गर्ने क्रममा लिङ्ग भाँचिएर...
उद्यमी बनाउन दुनाटपरी तालिम
घोराही, २५ जेठ । घोराही उपमहानगरपालिका वडा नम्बर १३ ले प्लाष्टिकका वस्तुको प्रयोगलाई निरुत्साहित गर्ने उद्देश्यले दुनाटपरी बनाउने तालिम सञ्चालन गरेको छ । महिलाहरुलाई उद्यमी बनाउने र प्लाष्टिकका वस्तुहरुको प्रयोगमा कमी ल्याउने उद्देश्यले वडाका २५ जना महिलाहरुलाई वडा कार्यालयले तालिम प्रदान गरेको हो ।
विभिन्न वनस्पतिका पातहरुबाट दुना र टपरी बनाएर बिक्री गर्न सके आम्दानी समेत बढ्ने भन्दै महिलाहरुलाई तालिम...
भोलिदेखि घोराहीमा मेयरकप रनिङ फुटबल
घोराही, २४ जेठ । घोराही उपमहानगरपालिकाको आयोजनामा भोलिदेखि प्रथम घोराही नगरस्तरीय मेयर कप रनिङ फुटवल प्रतियोगिता २०७५ हुने भएको छ । प्रतियोगिताको सबै तयारी पूरा भएको प्रतियोगिता मूल समितिले जनाएको छ । घोराही उपमहानगरपालिकाभित्र रहेका १९ वटै वडाबाट एकएक टिम प्रतियोगितामा सहभागी हुनेछन् ।
भोलिदेखि सुरु हुने प्रतियोगिता असार ११ गतेसम्म चल्नेछ । लिगकम नक आउटबाट खेलाइने प्रतियोगितामा प्रथम हुनेलाई...












