सौँडियारमा वस्तीस्तरीय योजना छनौट

दाङ, २९ जेठ । दाङको घोराही उप–महानगरपालिका वडा नम्बर ७ मा वस्तीस्तरीय योजना छनौट सुरु भएको छ । वडा तथा नगरस्तरबाट आगामी आर्थिक वर्ष २०७५/०७६ मा सञ्चालन गर्ने योजना तथा कार्यक्रमका लागि वस्तीस्तरीय योजना छनौट थालिएको वडा अध्यक्ष खोपीराम चौधरीले जानकारी दिनुभयो । आगामी आर्थिक वर्षका लागि वस्तीस्तरीय योजना छनौट गर्दा कृषि र सिँचाईलाई बढी प्राथमिकता दिइएको छ । चालु...

विवाद समाधान गर्ने तरिका-मेलमिलाप 

दाङ, २९ जेठ । समुदायमा हुने विवादको समाधान मेलमिलाप प्रक्रियाबाट गर्न सकेमा दिगो रुपमा विवादको समाधान हुने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । घोराही उप–महानगरपालिका वडा नम्बर ७ ले डबरगाउँमा आयोजना गरेको सामुदायिक मेलमिलाप प्रक्रियासम्बन्धी सचेतना तालिम समापन कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् । समाजमा हिंसा तथा विवादको सिर्जना बोली र व्यवहारबाट हुने भएकाले त्यसलाई न्यूनीकरण गर्न व्यक्तिको आचरणमा...

घोराहीमा नक्कली नोटको कारोबार, ५ सयका १२ थान नोट बरामद

घोराही, २८ जेठ । दाङको घोराहीमा नक्कली रुपैयाँको कारोबार हुने गरेको फेला परेको छ । घोराहीको एक भाँडा पसलले भारतीय रुपैयाँ साट्दा नेपाली ५ सय रुपैयाँ नक्कली नोट दिएपछि यस्तो तथ्य बाहिर आएको छ । घोराही उपमहानगरपालिका १४ नयाँ बजारमा रहेको ओम भाँडा पसलका सञ्चालक अजय गुप्ता र अमित गुप्ताले बङ्गलाचुली गाउँपालिका वडा नम्बर २ मर्पेस निबासी फुर्सी पुनलाई सोमबार...

बालविवाह रोक्न सडक नाटक

तुलसीपुर, २८ जेठ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ मा बालविबाह न्युनिकरण सम्वन्धि सचेतनामुलक सडक नाटक प्रर्दशन गरिएको छ । वडा कार्यालयको आयोजनामा शनिवार र आइतवार बाल विवाह न्युनिकरण सम्बन्धी सचेतनामूलक सडक नाटक प्रर्दशन गरिएको हो । वडास्तरीय बालसंरक्षण समितिका संयोजक डिला परियारले समाजमा अहिले पनि बालविवाह भइरहेको भन्दै वडालाई बालविवाह मुक्त बनाउन नाटक प्रदर्शन गरिएको बताउनुभयो । वालविबाह गरेमा...

रकमले मात्रै मनमा शान्ति आएन-द्वन्द्वपीडित

घोराही, २८ जेठ । घोराही उपमहानगरपालिका १७ कटहीका द्वन्द्वपीडितहरुले न्यायको नाममा रकमले मात्रै मनमा शान्ति नहुने बताएका छन् । पीडित परिवारका सदस्यहरुले सरकारले क्षतिपूर्तीको नाममा दश/दश लाख रुपैयाँ दिए पनि पीडकलाई कार्वाही नभएको प्रति दुःख व्यक्त गरेका छन् । विक्रम सम्बत २०५८ साल मंसिर १३ गते धान दाउने क्रममा नेपाली सेनाले ११ जना किसानको हत्या गरेको थियो । इन्टरनेशनल अलर्ट...

सरसफाई सभ्य समाजको आधारः नगर प्रमुख चौधरी

घोराही, २८ जेठ । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले सरसफाई नै सभ्य समाजको आधार भएको बताएका छन् । जलजला बचत तथा ऋण सहकारी संस्था घोराही १४ ले सोमबार आयोजना गरेको सरसफाई कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले मानिसको पहिलो परिचय भनेकै सरसफाई भएको बताए । ४६ औँ विश्व वातावरण दिवसको अवसरमा आयोजित सरसफाई कार्यक्रममा नगर प्रमुख चौधरीले सरसफाईलाई विकासको आधारकारुपमा लिन...

किवानिज शैक्षिक सम्मेलन पोखरामा

काठमाडौँ, २७ जेठ । बालबालिकाको क्षेत्रमा काम गर्दै आएको किवानिज इन्टरनेशनल नेपालले शैक्षिक सम्मेलन गर्ने भएको छ । आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा किवानिज इन्टरनेशनल नेपालका अध्यक्ष सुजनकुमार श्रेष्ठले क्लबका पदाधिकारीलाई प्रविधियुक्त बनाउन शैक्षिक सम्मेलन गर्न लागेको जानकारी दिनुभयो । किवानिज इन्टरनेशनल नेपालको केन्द्रीय कमिटीको बैठकले आगामी भदौ १५ गते पोखरामा  शैक्षिक सम्मेलन गर्ने निर्णय गरेको हो । सम्मेलनका संयोजक तथा किवानिज...

मावि नारायणपुरमा बालक्लब पुनर्गठन

लक्ष्मी के.सी. नारायणपुर, २७ जेठ । विद्यालयलाई बालमैत्री बनाउने उद्देश्यका साथ आइतबार मा.वि. नारायणपुरमा बाल क्लब पुनर्गठन  गरिएको छ । विद्यालयका प्रधानाध्यापक टोपबहादुर केसीको प्रमुख आतिथ्यतामा भएको भेलाले करुणा गिरीको अध्यक्षतामा १० सदस्यीय बाल क्लब पुनर्गठन गरेको छ । विद्यालयमा अनुशासन कायम राख्न र समाजमा बाल अधिकार संरक्षण गर्ने उद्देश्यका साथ विद्यालयमा २०६९ सालमा बाल क्लब गठन सुरु गरिएको प्रधानाध्यापक केसीले बताउनुभयो...

मन्त्री बरालद्वारा दाङका विभिन्न क्षेत्रको अवलोकन

लक्ष्मी के‍.सी. दाङ, २६ जेठ । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले घोराही उपमहानगरपालिकामा रहेका विभिन्न क्षेत्रको अवलोकन गर्नुभएको छ ।  अवलोकनका क्रममा राष्ट्रिय परीक्षा बोर्ड पुग्नुभएका मन्त्री बरालले राष्ट्रिय परीक्षा  बोर्डको प्रदेश कार्यलय दाङमा राख्नुपर्ने मागप्रति सकारात्मक भएको बताउनुभयो । मन्त्री बरालले घोराही १४ मा रहेको खगेन्द्र नवजीवन केन्द्रको अवलोकन पनि गर्नुभएको छ ।मन्त्री बरालले  शनिबार घोराही...

महिलाहरुका लागि सेनेटरी प्याड निर्माण तालिम

घोराही, २६ जेठ । महिलाहरुका लागि सेनेटरी प्याड निर्माण तालिम लक्ष्मीपुरमा सम्पन्न भएको छ । घोराही उपमहानगरपालिका वडा नं. ३ र निगरानी समूह लक्ष्मीपुरको संयुक्त आयोजना तथा इन्सेक दाङको समन्वयमा कार्यक्रम सम्पन्न भएको थियो ।निगरानी समूहकी अध्यक्ष खिमा शर्माको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नं. ३ का अध्यक्ष माधवप्रसाद चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले महिलाहरुका...

ताजा समाचार