घोराही १६ को ५४ वटा योजना सम्पन्न

घोराही, २२ वैशाख । घोराही उपमहानगरपालिका वडा नम्बर १६ ले चालु आर्थिक वर्षमा ५४ वटा योजना सम्पन्न गरेको जनाएको छ । वडास्तर तथा नगरस्तरका ५४ वटा योजनाका काम सम्पन्न भएको वडा कार्यालयले जनाएको छ । वडास्तरमा रहेका ७४ वटा योजनाहरुमध्ये २० वटा योजनाहरुको काम पनि सञ्चालन भइरहेको वडाध्यक्ष लछिनप्रसाद बुढा मगरले जानकारी दिनुभएको छ । चालु आर्थिक वर्षमा वडा र नगरस्तरबाट...

पुनर्निर्माण गरिँदै धारपानी सुनकोटको भगवती मन्दिर

घोराही, २२ वैशाख । घोराही उपमहानगरपालिका वडा नम्बर ५ मा पर्ने सुनकोट डाँडामा खड्गदेवी मन्दिरको भग्नावशेषलाई पुनर्निर्माण गरिने भएको छ । सो क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न मन्दिरको पुनर्निर्माण गर्न लागिएको धारापानी मन्दिर व्यवस्थापन समितिले जनाएको छ । पहिले निरन्तर पूजा हुँदै आएको उक्त मन्दिर अहिले संरक्षणको अभावमा भत्किएर भग्नावशेष मात्र रहेको छ । पछिल्लो समयमा धारपानी मन्दिर पर्यटकीय...

बालविवाह न्यूनिकरण गर्न अभिमुखीकरण

दाङ, २१ वैशाख । घोराही उपमहानगरपालिका वडा नं. १६ को सहयोग र दाङ सञ्चार प्रालिको आयोजनामा आजदेखि घोराहीमा दुईदिने बालविवाह न्यूनिकरणसम्बन्धी तालिम सुरु भएको छ । तालिम उद्घाटन कार्यक्रममा बोल्दै उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले बालबालिकालाई सानै उमेरमा विवाह गर्नबाट रोकी उनीहरुको उचित संरक्षण गर्नुपर्ने बताउनुभयो । बालमैत्री उपमहानगर बनाउन बालबालिकाका अधिकार सुरक्षित गर्नुपर्ने उल्लेख गर्दै चौधरीले सबै सरोकारवाल जिम्मेवार भएमा...

जग्गाको बढ्दो खण्डीकरणलाई रोक्न स्थानीय सरकारलाई आग्रह

घोराही, २१ वैशाख । दाङमा बढ्दै गइरहेको जग्गा खण्डीकरण रोक्न नागरिकहरुले स्थानीय सरकारसँग आग्रह गरेका छन् । जिल्ला समन्वय समिति दाङको आयोजना र फियान तथा खाद्य अधिकार सञ्जालको समन्वयमा आज घोराहीमा खाद्य अधिकारका विषयमा स्थानीय सरकारका प्रतिनिधिहरुसँगको छलफलमा नागरिकहरुले जग्गा खण्डीकरणलाई तत्काल रोक्न आग्रह गरेका हुन् ।सरकारले कित्ताकाट गर्न नपाउने गरी नीति ल्याए पनि कार्यान्वयन हुन नसकेको भन्दै नागरिकहरुले अब...

कक्षा ११ र १२ को नेपालीको पूर्णाङ्क नघटाउन माग

दाङ, २० वैशाख । महेन्द्र बहुमुखी क्याम्पस दाङको नेपाली विभागले कक्षा ११ र १२ को अनिवार्य नेपाली विषयको पूर्णाङ्कलाई नघटाउन माग गरेको छ । विभागले बिहीबार विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो । पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ र १२ को १०० पूर्णांकबाट खुम्च्याएर अन्यथा गर्न थालेको भन्दै विभागले आपत्ति जनाएको छ । नेपाली भाषाको संरक्षण नेपाली जातिको पहिचान...

डेढ लाख दिने सहमतिपछि शव बुझे परिवारले

तुलसीपुर, २० वैशाख । बिहीबार तुलसीपुरस्थित ज्योति मेडिकल एण्ड बिनोद प्याथोलोजीमा उपचारका क्रममा मृत्यु भएकी प्रेमा कुमाल कलौरीको शव आफन्तले बुझेका छन् । मृतकका आफन्त र मेडिकल संचालक बिच एक लाख ५० हजार रुपैयाँ क्षेतिपूर्ति दिने सहमति भएपछि आफन्तले शब बुझेको बताइएको छ । मेडिकलमा उपचार गर्न आएकी तुलसीपुर उपमहमनगरपालिका ७ पर्सेनी निबासी प्रेमा कुमाल कलौरीको मृत्यु भएपछि आफन्तले दोषीलाई कारबाही...

शैक्षिक शुल्कको घोराहीमा उपमहानगरले अनुगमन गर्ने

घोराही, २० वैशाख । घोराही उपमहानगरपालिका क्षेत्रका सरकारी र निजी विद्यालयहरुले चर्को शुल्क लिएको भन्ने व्यापक गुनासो आएपछि उपमहानगरले त्यसको अनुगमन गर्ने भएको छ । भर्ना र शिक्षण शुल्क चर्कोरुपमा लिएको भन्दै विद्यार्थी संगठनहरुले उपमहानगरको शिक्षा शाखामा तालाबन्दी र ज्ञापनपत्र मार्फत सूचना प्राप्त भएपछि उपमहानगरको सामाजिक विकास समितिको नेतृत्व र विद्यार्थी संगठनहरुको सहभागितामा अनुगमन गर्ने सहमति भएको हो । समितिका संयोजक...

शिक्षा, स्वास्थ्य र खाद्यअधिकारको ग्यारेण्टी गर्न माग

घोराही, २० वैशाख । स्वास्थ्य, शिक्षा र खाद्य सुरक्षाको ग्यारेन्टी गर्न सरोकारवालाहरुले घोराही उपमहानगरपालिकालाई आग्रह गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक दाङले बिहीबार घोराहीमा आयोजना गरेको सेवा प्रदायक र सेवाग्राहीबीच स्थानीय तहस्तरीय शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको अवस्था विषयक कार्यक्रममा सरोकारवालाहरुले आधारभूत आवस्यकताहरुलाई न्यूनतम रुपमा पूरा गर्न आग्रह गरेका हुन् । इन्सेकले घोराही उपमहानगरपालिकाभित्रका साविक लक्ष्मीपुर र सौंडियार...

स्वतन्त्र प्रेसबाट मात्रै नागरिकहरुको अधिकार सुरक्षित

घोराही, २० वैशाख । निष्पक्ष पत्रकारीताले मात्रै नागरिकहरुको अधिकारको रक्षा गर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ दाङ शाखाले बिहीबार घोराहीमा आयोजना गरेको नेपालको पत्रकारीता र प्रेस स्वतन्त्रताको अवस्था विषयक कार्यक्रममा बोल्ने पत्रकारहरुले सत्य, तथ्य र निष्पक्ष पत्रकारीताबाट मात्रै नागरिकका अधिकार सुरक्षित एव‌ं प्रेस जगत स्वतन्त्र बन्ने बताएका हुन् । पत्रकारीताको आडमा...

बिरामीको मृत्युपछि तनाव

तुलसीपुर, १९ वैशाख । तृलसीपुरमा एक बिरामीको उपचारमा लापरवाहीका कारण मृत्यु भएको भन्दै आफन्तहरुले तनाव सिर्जना गरेका छन् । पेट दुखेर बुधबार तुलसीपुरस्थित ज्योति मेडिकलमा उपचार गर्न गएकी तुलसीपुर ७ कुमाल गाउँकी ४० वर्षीया प्रेमा कुमालको मृत्यु भएपछि आफन्तले मेडिकल घेराउ गरेका हुन् । मेडिकलमा नेपालीलाई डा. प्रकाश नेपालीले दुखाई कम गर्ने औषधि र इन्जेक्सन दिएको र त्यसपछि झनै बिरामी...

ताजा समाचार