बालमैत्री स्थानीय शासन अभिमुखीकरण सम्पन्न
दाङ, १९ बैशाख । घोराही उपमहानगरपालिका वडा नं. १६ को सहयोग र दाङ सञ्चार प्रालिको आयोजनामा सञ्चालित दुईदिने बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण कार्यक्रम आज घोराहीमा सम्पन्न भएको छ ।
तालिम समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपमहानगरपालिकाकी उपप्रमुख सीता न्यौपानेले बालबालिकाका अधिकार सुरक्षित गर्नु हरेक अभिभावकको दायित्व भएको बताउनुभयो । बालमैत्री स्थानीय शासनका सूचकहरु पूरा गरी घोराही उपमहानगरपालिकाका हरेक वडालाई बालमैत्री...
नर्सिङ कर्मचारीहरुको लागि दक्षता वृद्धि तालिम
घोराही, १९ बैशाख । घोराही उपमहानगरपालिकाले बर्थिङ सेन्टरमा कार्यरत नर्सिङ कर्मचारीहरुको दक्षता अभिबृद्धी गर्न तालिम सञ्चालन गरेको छ । बर्थिङ सेन्टरमा कार्यरत नर्सिङ कर्मचारीहरुलाई क्लिनिकल अपडेट कार्यक्रम अन्तगत दक्षता अभिबृद्धlका लागि तीनदिने तालिम सञ्चालन गरेको हो ।
घोराही उपहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बुधबारदेखि घोराही उक्त तालिमको सुरुवात भएको छ । राप्ती उपक्षेत्रीय अस्पतालमा कार्यरत देवा पौडेल र जनस्वास्थ्य कार्यालयमा...
घोराहीमा परिवार नियोजन क्लिनिकल तालिम केन्द्र
घोराही, १९ वैशाख । दाङको घोराहीमा परिवार नियोजन क्लिनिकल तालिम केन्द्रको स्थापना गरिएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तालिम केन्द्र टेकु काठमाडौँले नेपाल परिवार नियोजन संघ घोराहीमा परिवार नियोजन क्लिनिकल तालिम केन्द्रको स्थापना गरेको हो ।
तालिक केन्द्रको बुधबार घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले उद्घाटन गर्नुभएको छ । परिवार नियोजन सम्बन्धी सबै ज्ञान, सीप र परामर्शहरु दिने गरी...
ताइबानी उत्पादक तथा सप्लायरको उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल आउने
काठमाडौं, वैशाख १९ । नेपाली व्यवसायीसँग प्रत्यक्ष भेटघाट गर्न ताइबानी उत्पादक तथा सप्लायरसहितको उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल आउने भएको छ ।
ताइवान एक्स्टर्नल ट्रेड डेभलपमेन्ट काउन्सिलको नेतृत्वमा ९ सदस्यीय व्यापारिक प्रतिनिधिमण्डल नेपाल आउने भएको हो । यही वैशाख ३० गते ताइवानका प्रतिष्ठित उत्पादक तथा सप्लायरहरू सम्मिलित सो प्रतिनिधिमण्डलले काठमाडौंको दरबारमार्गस्थित अन्नपूर्ण होटलमा नेपाली व्यवसायीहरूसँग प्रत्यक्ष भेटघाट गरी व्यापारिक सम्भावनाबारे अन्तरक्रिया गर्ने...
बालमैत्री स्थानीय शासन अभिमुखीकरण कार्यक्रम
दाङ, १८ बैशाख । घोराही उपमहानगरपालिका वडा नं. १६ को सहयोग र दाङ सञ्चार प्रालिको आयोजनामा आजदेखि घोराहीमा दुईदिने बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सुरु भएको छ ।
तालिम उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपमहानगरपालिकाकी उपप्रमुख सीता न्यौपानेले बालबालिकाका अधिकार सुरक्षित गरी स्थानीय तहलाई बालमैत्री बनाउन सबै सरोकारवालाको सहयोग जरुरी भएको बताउनुभयो । उहाँले बालमैत्री स्थानीय शासनले समाजमा बालबालिकाको अवस्था...
मजदुर दिवसका अवसरमा क्रिकेट प्रतियोगिता
घोराही, १८ वैशाख । नेपाल औषधि बिक्री प्रतिनिधि संघ दाङले मजदुर दिवसका अवसरमा मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता गरेको छ । संघअन्तर्गतका विवाहित र अविवाहितका बीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता गरेको हो ।
घोराही उपमहानगरपालिका १७ गुलरिया क्रिकेट मैदान भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा विवाहित समूह ११ रनले विजयी भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको विवाहित समूहले २० ओभरको खेलमा ७ विकेट गुमाउँदै...
शान्ति निरकारी मण्डलद्वारा रक्तदान
दाङ, १५ वैशाख । शान्ति निरकारी मण्डलद्वारा शनिबार घोराहीको तेह्रौँटे बृद्धाश्रममा रक्तदान गरिएको छ । शान्ति निरकारी मण्डलको आयोजनामा मानव एकता दिवसको अवसर पारेर रक्तदान गरिएको हो । सो मण्डलसँग आबद्ध र शुभचिन्तकहरु गरी २६ जनाले रक्तदान गरेका थिए ।
सो कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै नेपालीले रक्तदान जीवनदान भएको भन्दै...
बैंकिङ बीमाहरु तत्काल बन्द गरिनुपर्छः भुसाल
दाङ, १५ वैशाख । बिमक समिति नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका केन्द्रीय सचिव ऋषिराम भुसालले बैंकबाट गरिने बीमाहरु तत्काल बन्द गरिनु पर्ने बताउनुभएको छ । शनिबार पेशागत बीमा अभिकर्ता संघ नेपाल दाङको चौथो अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि भुसालले बीमाको क्षेत्राधिकार मिचेर बीमा समितिले बैंकहरुलाई बीमाको अनुमति दिइरहेको बताउँदै तत्काल यो कार्य रोकिनुपर्ने बताउनुभयो ।
कसैले पनि अर्काको क्षेत्राधिकार मिचेर...
अदालत समाजको ऐना होः न्यायाधीश रावल
दाङ, १५ वैशाख । दाङ देउखुरी जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलले समाजको ऐना नै अदालत भएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल दाङ शाखाले शनिबार घोराहीमा जिल्ला अदालत र सरकारी वकिल कार्यालयसँगको समन्वयमा आयोजना गरेको अदालती रिपोर्टिङ अभिमुखीकरण कार्यक्रममा बोल्दै न्यायाधीश रावलले समाजमा घट्ने सबै घटना अदालतमा पुग्ने भएकाले समाजको ऐना अदालत भएको बताउनुभएको हो ।
अदालत स्वच्छ, निष्पक्ष र...
घोराहीमा विमानस्थल निर्माणको गृहकार्य सुरु, जग्गा खोज्ने जिम्मा उपमहानगरलाई
घोराही, १४ वैशाख । घोराही उपमहानगरपालिकाले नगर क्षेत्रमा विमानस्थल निर्माणका लागि केन्द्रीय सरकारसँग समन्वयको कार्य थालेको छ । नगर क्षेत्रमा तत्कालका लागि प्रदेशस्तरको र भावि अन्तराष्ट्रियस्तरको विमानस्थल बनाउन सकिने गरी केन्द्रीय सरकारसँग समन्वयको कार्य अघि बढेको नगरप्रमुख नरुलाल चौधरीले जानकारी दिनुभयो ।
नगर प्रमुख चौधरी, प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेल, सांसद सुजिता शाक्यसहितो टोलीले केन्द्रीय सरकारका पर्यटन तथा...













