बिपन्न बालबालिकालाई विद्यालय ल्याउँदै घोराही ४ नम्बर

घोराही, १४ वैशाख । घोराही उपमहानगरपालिका वडा नम्बर ४ ले बालबालिकालाई विद्यालय पहुँचमा सुनिश्चितता गर्ने भएको छ । वडा कार्यालयले वडाभित्र रहेका चार वटा सामुदायिक विद्यालयका व्यवस्थापन समिति र प्रधानाध्यापकहरुसँग छलफल गर्दै सबै बालबालिकालाई अनिवार्यरुपमा विद्यालयमा ल्याउने गरी काम गर्ने जानकारी दिएको हो । त्यसका लागि वडास्तरका जनप्रतिनिधि, सम्बन्धित विद्यालयका शिक्षक र विद्यार्थीहरु बालबालिकाको अवस्था बुझ्न घरघरमा पुग्ने भएका छन्...

भर्ना शुल्क रोक्न माग गर्दै स्थानीय तहमा धर्ना

घोराही, १४ वैशाख । प्रमुख दल निकट विभिन्न विद्यार्थी संगठनहरुले विद्यालय भर्ना शुल्क रोक्न माग गर्दै दाङका स्थानीय तहमा धर्ना दिएका छन् । विद्यालय सञ्चालनको अधिकार स्थानीय तहमा आइसकेको अवस्थामा पनि सामुदायिक विद्यालयहरुले भर्ना शुल्क लिइरहेको र संस्थागत विद्यालयले पनि चर्को शुल्क लिएको भन्दै शुल्क रोक्न स्थानीय तहलाई दबाब दिएको संगठनहरुले बताएका छन् । अनेरास्ववियु, अखिल क्रान्तिकारी र नेविसंघले दाङका...

चौतारी दाङद्वारा न्यायिक रिपोर्टिङ….

घोराही, १३ वैशाख । प्रेस चौतारी नेपाल दाङले एकदिने न्यायिक रिपोर्टिङ सम्बन्धी तालिम सञ्चालन गर्ने भएको छ । दाङ देउखुरी जिल्ला अदालत र जिल्ला न्यायाधिवक्ताको कार्यालयको सहयोगमा तालिम सञ्चालन गर्ने निर्णय भएको चौतारी दाङका अध्यक्ष जेएन सागरले बताउनुभयो । उहाँका अनुसार चौतारी दाङको सल्लाहकारमा टीका बस्नेत, दुर्गालाल केसी, प्रबल रेग्मी, संगीत बस्याल, राधा पौडेल र रञ्जिता शर्मालाई चयन गरिएको छ...

खोलामा अप्रेसन !

इन्द्र डिसी दाङ, १३ वैशाख । जिल्ला समन्वय समिति दाङले जिल्लाका विभिन्न खोलाहरुमा अप्रेसन थालेको छ । जिल्लामा अवैध रुपमा नदीजन्य पदार्थको चोरी निकासी र उत्खनन् बढेपछि जिससले स्थलगत रुपमा अप्रेसन थालेको हो । बिहीबार दाङका खोलाहरुमा अवैध रुपमा ढुङ्गा, बालुवा गिट्टी उत्खनन् गरिरहेका टिप्पर र टेक्टर गरी १३ वटा साधन नियन्त्रणमा लिएको छ । ग्वारखोलाबाट ७ वटा टिप्पर, भमकेखोलाबाट एउटा...

गस्तीमा गएका प्रहरीको दुर्घटनामा मृत्यु

घोराही, १२ वैशाख । मोटरसाइकल गस्तीमा रहेका एक प्रहरी जवानको मंगलबार राति दुर्घटनामा परि ज्यान गएको छ । अर्का प्रहरी जवान घाइते भएका छन् । बा २ प ११११ नम्बरको मोटरसाइलमा गस्तीमा रहेका बेला दुर्घटनामा परेर सुवर्णावती गाउँपालिका वडा नं २ खुग्री रोल्पा घर भई वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत ओवीलाल गिरीको ज्यान गएको दाङका प्रहरी प्रमुख दुर्गा सिंहले जानकारी...

प्राधिकरण गठन गरेर तत्काल समस्या समाधान गर्नुपर्छः यातायात व्यवसायी महासंघ

घोराही, ११ वैशाख । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ अञ्चल समिति राप्तीले तत्काल यातायात प्राधिकरण गठन गरेर यातायात क्षेत्रमा देखिएका समस्यालाई हल गर्न सरकारसँग माग गरेको छ । अञ्चल समितिले मंगलबार घोराहीमा पत्रकार सम्मेलन गरी आफूहरु यात्रुमैत्री सेवासँगै राज्यको नीति नियम मान्न तयार रहेको भन्दै यातायात प्राधिकरण गठन गरेर यातायात क्षेत्रलाई गुणस्तरीय बनाउन सरकारसँग माग गरेको हो । कार्यक्रममा राप्ती अञ्चल सार्वजनिक...

सडक खन्ने क्रममा वन सँग स्थानिय तहको टकराव

घोराही, ११ वैशाख । आवस्यक समन्वय नहुँदा दाङमा स्थानीय तहले थालेका सडक निर्माणमा वन कार्यालयसँग स्थानीयहरुलाई बाझिनु परेको छ । स्थानीय सरकारहरुले पहिले सडकको बिस्तार भए मात्रै अन्य विकासहरु सम्भव हुने भन्दै धमाधम गाउँमा सडक जोड्न थालेका छन् । कतिपय स्थानमा वन क्षेत्रबाट सडक निकाल्नु पर्ने भएपछि त्यस्ता स्थानहरुमा स्थानीय सरकार र वन कार्यालयबीच असमझदारीहरु उत्पन्न भएका छन् । देउखुरीको...

स्वास्थ्यविज्ञान प्रतिष्ठानमा राजनीति नगर्न काँग्रेसको आग्रह

घोराही, ९ वैशाख । घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती उपक्षेत्रीय अस्पतालबीचको विवाद तत्काल समाधान गरेर अगाडि बढ्न नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर २ र ३ ले माग गरेका छन् । काँग्रेस दाङ क्षेत्र नम्बर २ र ३ को आइतवार घोराहीमा छुट्टाछुट्टै बसेको बैठकले अस्पताल र प्रतिष्ठानबीचको विवादलाई तत्काल समाधान गरी अगाडी बढ्न माग गरेका हुन् । राजनीतिक...

६९औँ कम्युनिष्ट स्थापना दिवसको सन्देशः जनमतको उच्च कदर आवस्यक

घोराही, ९ वैशाख । नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको आज ६९ वर्ष प्रवेश गरेको छ । कम्युनिष्ट पार्टीले आजको दिनलाई स्थापना दिवसका रुपमा मनाउने गर्दछन् । तत्कालीन राणा सरकारको विरोधमा जनतालाई उतार्न तथा मुलुकमा सामाजिक रुपान्तरण र जागरणका लागि पुष्पलाल श्रेष्ठको अगुवाइमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको हो । उहाँले नै कम्युनिष्ट पार्टीको घोषणा पत्रलाई नेपाली भाषामा पहिलोपटक अनुवाद गरी...

सरकारी विद्यालयमा बालबच्चा भर्ना गर्न आग्रह

घोराही, ९ वैशाख । घोराही उपमहानगरपालिकाले नगर क्षेत्रका राजनीतिक दल, जननिर्वाचित प्रतिनिधि र सरकारी कर्मचारीहरुलाई सरकारी विद्यालयमा बालबालिकालाई भर्ना गर्न आग्रह गरेको छ । सरकारी विद्यालयको शिक्षालाई गुणस्तरीय बनाउँदै आकर्षणको केन्द्र बताउनुपर्ने भन्दै उपमहानगरले सबै सरोकारवालाहरुलाई सरकारी विद्यालयमा बालबालिका भर्ना गराउन आग्रह गरेको हो । नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले भर्ना अभियानकै चरणमा नगर क्षेत्रका राजनीतिक दल,...

ताजा समाचार