वर्ल्डलिङ्कले सांगीतिक कार्यक्रम गर्दैै, सुमन र खत्री दाङ आउने
घोराही, ९ वैशाख । निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेशन प्रालिले यही वैशाख ११ गते घोराहीमा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
घोराहीको कर्मचारी मिलनकेन्द्रको प्राङ्गणमा हुने कार्यक्रममा युवा पुस्तामाझ चर्चित गायक सोप्न सुमन र कमल खत्रीले सांगीतिक प्रस्तुति दिने वर्ल्डलिङ्क कम्युनिकेशन प्रालि दाङ शाखा प्रवन्धक आकाश सापकोटाले जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा वर्ल्डलिङ्कका नयाँ नयाँ अफरहरुको बारेमा जानकारी...
गोरखाले चुम्यो राष्ट्रपति रनिङ शिल्ड
लक्ष्मण बस्नेत
तुलसीपुर, ८ वैशाख । जिल्लास्तरीय दशौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७५ को उपाधी गोरखा मावि तुलसीपुरले चुमेको छ । खेलकुद विकास समिति दाङको आयोजनामा भएको प्रतियोगितामा ७ स्वर्ण, ६ रजत र १ कास्य पदक हात पार्दै गोरखा मावि तुलसीपुरले उपाधी चुमेको हो ।
एथलेटिक्सका विभिन्न स्पर्धामा उत्कृष्ट प्रदर्शन गरेको गोरखाले रनिङ शिल्ड, ट्रफीसँगै नगद ३५ हजार हात पारेको हो...
ज्ञानदीप कलेजमा कानुनी परामर्श
तुलसीपुर, ८ वैशाख । तुलसीपुरमा रहेको ज्ञानदीप कलेजका विद्यार्थीहरुलाई कानुनी जानकारी दिइएको छ । कानुनका विषयमा आम विद्यार्थीहरुले जानकारी पाउन् भन्नका लागि उच्च अदालत तुलसीपुरले आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले कानुनको परिपालनामा हरेक नागरिकले सजगता अपनाउनुपर्ने कुरामा जोड दिएका थिए । कानुनभन्दा माथि कोही पनि नहुने भएकाले कसैले पनि कानुनको उपेक्षा गर्न नहुने उनीहरुको तर्क थियो ।
कार्यक्रमका प्रमुख अतिथि...
स्थापना दिवसका अवसरमा भोलि एमाले दाङको कार्यक्रम
दाङ, ८ वैशाख । नेकपा एमाले दाङले नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसरमा कार्यक्रम गर्ने भएको छ । नेकपा एमाले जिल्ला कमिटी दाङले भोलि दिउँसो १२ बजे घोराही उपमहानगरपालिकाको सभाकक्षमा कार्यक्रम गर्ने भएको हो ।
नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ६९औँ वर्ष पुगेको अवसरमा आयोजित उक्त कार्यक्रममा ‘नेपालमा कम्युनिष्ट पार्टी स्थापना, विकास र आगामी सम्भावना’ बारेमा छलफल समेत राखिएको एमाले दाङले...
अब कुनै पनि बालबालिका विद्यालय बाहिर हुने छैनन्ः ओली
दाङ, ८ वैशाख । दाङ क्षेत्र नं ३ (ख) का प्रदेश सभा सदस्य उत्तर कुमार ओलीले अब कुनै पनि बालबालिका विद्यालय बाहिर नहुने बताउनुभएको छ । तुलसीपुर ११ नवलपुरस्थित श्री शान्ति प्राविद्वारा आयोजित भर्ना अभियान कार्यक्रममा बोल्दै ओलीले गरिबीको कारणले शिक्षाबाट अब कुनै पनि बालबालिका बन्चित नहुने बताउनुभएको हो ।
सबैभन्दा पहिला सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार गर्न आग्रह गर्दै ओलीले अब सबै विद्यालयहरुलाई...
राप्ती उपक्षेत्रीयमा चर्पीदेखि भान्सासम्म फोहरै फोहर
घोराही, ७ वैशाख । उत्तरतिर आँखा उपचार केन्द्र, दक्षिणतिर हेमोडायलाइसिस कक्ष दुवै कक्षको बीचमा टिनले बारेको एक कोठे टहरो । कवार्ड स्थलजस्तै देखिने त्यही टहराभित्र राप्ती उपक्षेत्रीय अस्पतालका विरामीका लागि खाना पाक्छ । जहाँ खाना पाक्ने चुल्हो र जुठा भाँडा धुने रछ्यान एकै ठाउँमा छन् । स्वास्थ्य उपचारका लागि अस्पताल भर्ना भएका बिरामीलाई त्यही फोहर भान्साका कारण बिरामीमा थप...
निजामति कर्मचारी संगठनको स्थापना दिवस
घोराही, ७ वैशाख । नेपाल निजामति कर्मचारी संगठनको ३९ औं स्थापना दिवस एक कार्यक्रमको आयोजना गरी शुक्रवार घोराहीमा मनाइएको छ । संगठनका जिल्ला अध्यक्ष खिमबहादुर डाँगीको अध्यक्षता तथा प्रदेशसभा सदस्य अमरबहादुर डाँगीको प्रमुख आतिथ्यतमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले कर्मचारीहरुले नागरिक सेवालाई थप सहज र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।
संघीयता कार्यान्वयनसँगै अधिकार र सेवा विकेन्द्रित भएको अवस्थामा नागरिकले पाउने...
अस्तव्यस्त उपक्षेत्रीय अस्पताल, परिसर फोहरै फोहर
घोराही, ७ वैशाख । राप्ती उपक्षेत्रीय अस्पताल अस्तव्यस्त ढङ्गले सञ्चालन भएको पाइएको छ । आज घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीसहित खानेपानी तथा सरसफाई स्वच्छता पत्रकार मञ्च वास फोरमले गरेको अनुगमनका क्रममा सेवा प्रवाह अस्तव्यस्त हुनुका साथै सरसफाइमा समेत कमजोर पाइएको हो ।
उपचारका लागि आएका बिरामीहरुले सहजै सेवा पाउन नसकेको र अस्पताल परिसरको सरसफाई अत्यन्तै कमजोर रहेको पाइएको छ ।...
दीपक मनाङ्गे पक्राउ
दाङ, ६ वैशाख । फरार अभियुक्त दीपक मनाङ्गे (राजीव गुरुङ) पक्राउ परेका छन् । प्रहरी परिसर काठमाडौंले गुरुङलाई बिहीबार पक्राउ गरेको हो ।
ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै २०६९ सालमा तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई ५ वर्ष जेल सजाय सुनाएको थियो। गत माघमा सर्वोच्चले ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको सजाय सदर गरेको थियो ।
मनाङको...
रावतले गरे असहाय बालकलाई विद्यालय भर्ना
घोराही, ६ वैशाख । जिल्ला युवा समिति दाङका अध्यक्ष सुरेश रावतले असहाय बालक दीपक घर्तीलाई विद्यालय भर्ना गराएर अभिभावकत्व ग्रहण गरेका छन् । 'हामी सबैको इच्छा, अनिवार्य आधारभूत निःशुल्क शिक्षा' भन्ने मुल नाराका साथ सरकारले यही वैशाख २ गतेदेखि सुरु गरेको विद्यालय भर्ना कार्यक्रमअन्तर्गत आफूले बालकलाई विद्यालय भर्ना गरेको रावतले बताए ।
आशाराम घर्ती र चन्द्रकली घर्तीका छोरा तुलसीपुर उपमहानगरपालिका १६ निबासी ...














