भर्ना कार्यक्रम अन्तर्गत अभिभावकहरुसँग अन्तर्क्रिया

लक्ष्मी केसी दाङ, ६ वैशाख । सिद्ध रत्ननाथ नमुना माध्यमिक विद्यालयले विद्यालय भर्ना कार्यक्रम अन्तर्गत आज अभिभावकसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । "हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधाभूत शिक्षा" भन्ने नाराका साथ सुरु भएको विद्यालय भर्ना कार्यक्रमअन्तर्गत आज घोराही १० जलौरामा अभिभावक र विद्यालयबीच अन्तक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा अभिभावकहरुले विद्यालय तथा छोराछोरीको पढाइसँग सम्बन्धित विभिन्न समस्याहरु राखेका थिए...

दुर्घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्ड

लक्ष्मी केसी दाङ, ६ वैशाख । त्रिभुवननगर जेसिजले दुर्घटना न्यूनीकरणका लागि आज घोराही ३ चौपट्टामा सचेतनामूलक बोर्ड स्थापना गरेको छ । सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ जेसिज सप्ताहको आज छैठौँ दिनको कार्यक्रमअन्तर्गत दाङको घोराही-लमही सडक खण्डमा पर्ने चौपट्टामा एक कार्यक्रमको आयोजना गरी उक्त बोर्ड राखिएको हो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला  प्रहरी कार्यलय दाङका निमित्त प्रमुख रामप्रसाद घर्तीले जेसिजले दुर्घटना...

मानवअधिकारका सवाल र नागरिक सेवा सुदृढ गर्न जोड

घोराही, ६ वैशाख । जिल्लाको मानवअधिकार सवाल र बदलिँदो संरचनामा नागरिक सेवालाई सुदृढ गर्न सरोकारवालाहरुले जोड दिएका छन् । जिल्लास्तरीय मानवअधिकार निगरानी समूहको त्रैमासिक बैठकमा बोल्दै सरोकारवालाहरुले राज्यपुनरसंरचनापछिको अवस्थामा मानवअधिकार सवाल तथा जनताले पाउने सेवा प्रवाहका विषयमा छलफल गरिएको हो । तीन तहको सरकारी संरचनाले नागरिक सेवामा आएको सहजता र अप्ठ्याराका बारेमा गम्भीर हुनुपर्ने उनीहरुको जोड थियो ।कतिपय अवस्थामा स्थानीयतहमा...

घोराही बसपार्कबाट तीन जना पकेटमार पक्राउ, २ लाख ७५ हजार रुपैयाँ बरामद

घोराही, ६ वैशाख । दाङको घोराहीमा प्रहरीले ३ जना पकेटमारलाई २ लाख ७५ हजार रुपैयाँसहित पक्राउ गर्न सफल भएको छ । घोराही उपमहानगरपालिका १४ नयाँबसपार्कमा दुईजना व्यक्तिको पकेट काटेर लुटेको २ लाख ७५ हजार रुपैयाँसहित तीन जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको हो । रोल्पाको लिबाङ नगरपालिका वडा नम्बर ६ कोटगाउँ निबासी पूर्णबहादुर घर्तीमगरको पकेट काटेर लुटिएको १ लाख ७५...

विकासमा लम्कँदै घोराही उपमहानगर, गाउँगाउँमा सडक अनि बिपन्नका घरमा टिन

घोराही, ६ वैशाख । घोराही उपमहानगरपालिका वडा नम्बर १६ की उमा ओली सोच्नुहुन्थ्यो– ‘घरमा टिनको छानो मात्रै लगाउन पाए वर्षायाममा पानी चुहिने समस्या र खरको छानोमा आगलागीको जोखिम हट्ने थियो ।’ टिनको छानो फेर्ने रहर उहाँलाई नलागेको होइन तर भएको पैसाजति दुई छाक खाँदै र लाउँदैमा सकिन्थ्यो ।खर हटाई टिनको छानो लगाउने उहाँको सपना महिना दिन अघि पूरा भयो...

संस्थागत परिवार नियोजन क्लिनिक नसर्ने

सेवा प्रवाहमा गुणस्तरीयता ल्याउँछौः नगर प्रमुख चौधरी घोराही, ५ बैशाख । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले उपक्षेत्रीय अस्पतालमा रहेको संस्थागत परिवार नियोजन क्लिनिकलाई तोकिएका सेवा प्रवाहमा गुणस्तरीयता ल्याइने बताउनुभएको छ । परिवार नियोजन स्वास्थ्य सेवाहरु प्रवाह गर्ने भनिए पनि अहिले सेवाहरु गुणस्तरीय नभएको पाइएपछि अब उपमहानगरले त्यसको व्यवस्थापनमा तत्कालै काम थाल्ने नगर प्रमुख चौधरीले बताउनुभयो । क्लिनिकको संस्थागत व्यवस्थापन तथा सुढृढीकरण विषयक...

डकुमेन्ट्रीमा नित्यानन्द दाङ

दाङ, ५ वैशाख । स्वर्गीय नित्यानन्द शर्माकाे व्यक्तित्वमा अाधारित भएर वृत्तचित्र निर्माण भएकाे छ । साहित्यकार, पर्यटनविद् तथा संस्कृतिका खाेज एवम् अनुसन्धानकर्ता समेत रहेका शर्मा दाङ साहित्य तथा संस्कृतिका धराेहर मानिन्छन् । नेपाली साहित्यकाे उन्नयनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका शर्माले दाङकाे पर्यटन र संस्कृतिलाई विस्तार गर्न खेलेकाे भूमिका निकै प्रशंसनीय रहेकाे वृत्तचित्रमा उल्लेख गरिएकाे छ । दाङ जिल्लामै रहेर लामाे...

जेसिज सप्ताहको अवसरमा मौलाकोटमा निःशुल्क स्वास्थ्य शिविर

लक्ष्मी केसी दाङ, ५ वैशाख । त्रिभुवननगर जेसिजको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आज पाँचौ दिन घोराही उपमहानगरपालिका–१३ मौलाकोटमा निःशुल्क स्वास्थ्य शिविर तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । बजार क्षेत्रबाट नजिक भएर पनि आधारभूत सेवा सुविधाबाट वञ्चित भएको गाउँलाई दिगो विकासको मुलधारमा ल्याउन र ग्रामीण वस्तीको जीवनस्तर उकास्न मौलाकोटलाई जेसिज ग्राम बनाउने तयारी गरिएको जेसिजका अध्यक्ष लालमणि भण्डारीले बताउनुभयो । मौलाकोटमा...

पत्रकार महासंघको प्रदेश निर्वाचनमा यस्तो रह्‍यो तीन संगठनको भागवण्डा

दाङ, ४ वैशाख । नेपाल पत्रकार महासंघको प्रदेस निर्वाचन नजिकिँदै गर्दा प्रमुख तीन दल निकटका पत्रकार संगठनले प्रदेस कार्यसमितिमा भागवण्डा गरेका छन् । यही वैशाख २२ गते हुन लागेको अधिवेशनको लागि आज तीनवटै संगठनहरुले आपसमा पद भागबण्डा गरेका हुन् । मंगलबार गरिएको सहमतिअनुसार सातवटा भौगोलिक प्रदेश, उपत्यका, प्रतिष्ठान र एसोसिएट गरी १० प्रदेश कार्यसमितिमा नेकपा एमाले निकट प्रेस चौतारीले ५...

अबको विकास प्राथमिकताका आधारमाः जनप्रतिनिधि

घोराही, ४ वैशाख । दाङका जनप्रतिनिधिहरुले जिल्लाको समग्र विकास गर्न प्राथमिकताका आधारमा योजना तथा कार्यक्रमको तय गर्ने प्रतिबद्धता जनाएका छन् । जिल्ला समन्वय समितिले मंगलबार घोराहीमा आयोजना गरेको 'दाङको समृद्धिका लागि दूरदर्शी योजना' विषक अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधिहरुले आवस्यकता र प्राथमिकताको आधारमा विकासका कामहरु अघि बढ्ने प्रतिबद्धता जनाएका हुन् । दाङबाट प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद तथा स्थानीय तहका प्रमुखहरुले...

ताजा समाचार