दाङको विकासका लागि साझा र ठोस योजना आवस्यक

घोराही, ४ वैशाख । संघीय संसदका सभामुख कृष्णबहादुर महराले दाङको एकीकृत विकासका लागि साझा पहल र ठोस योजनाको आवस्यक रहेको बताउनुभएको छ । जिल्ला समन्वय समितिले आज घोराहीमा आयोजना गरेको दाङको समृद्धिका लागि दूरदर्शी योजना विषक अन्तरक्रिया कार्यक्रममा बोल्दै सभामुख महराले अबको गन्तव्य भनेकै समृद्ध दाङ भएको बताउनुभयो । विकासका लागि बजेटको अभाव नहुने तर काम गर्दा हुने ढिलाइले समस्या...

घोराहीमा ६५ कुकुरको बन्ध्याकरण

घोराही, ४ वैशाख । घोराही बजार क्षेत्रमा रहेका भुस्याह कुकुरहरुको बन्ध्याकरण गरिएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १४ को आर्थिक सहयोगमा बजार क्षेत्रमा रहेका ६५ वटा भुस्याह कुकुरहरुको बन्ध्याकरण गरिएको हो । भुस्याह कुकुर बन्ध्याकरण तथा नियन्त्रण समितिले बजार क्षेत्रमा रहेका भुस्याह कुकुरहरुको पशु सेवा कार्यालयको प्राविधिक सहयोगमा बन्ध्याकरण गरेको हो । भुस्याह कुकुर बन्ध्याकरण, नियन्त्रण तथा व्यवस्थापनका लागि...

चौतारी दाङको अध्यक्षमा जेएन सागर, दक्षता अभिवृद्धिमा ध्यान दिने प्रतिबद्धता

घोराही, ४ वैशाख । प्रेस चौतारी दाङको अध्यक्षमा जेएन सागर निर्वाचित हुनुभएको छ । चौतारीको गत चैत्र ३० गते उद्घाटन भएको आठौँ अधिवेशनको बन्द सत्रले जेएन सागरको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । चौतारीको उपाध्यक्षमा इन्द्रविवस डिसी, सचिवमा प्रेमबहादुर राम्जा, सहसचिवमा सुधासुमन ढकाल र कोषाध्यक्षमा दशरथ घिमिरे निर्वाचित हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा किरण गौतम, रमा...

आज मातातीर्थ औंसी, आमाप्रति श्रद्धा व्यक्त गरी मनाइँदै

दाङ, ३ वैशाख । आज मातातीर्थ औंसी देशैभर आमाको श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै मनाइँदैछ । हरेक वर्षको वैशाख कृष्ण औंसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गर्दै मातातीर्थ औंसी मनाइन्छ । आमाको मुख हेर्ने दिनका रुपमा समेत लिइने यो पर्वमा आमालाई मिठा परिकार, विभिन्न उपहार एवं नयाँ बस्त्रहरु  दिएर सम्मान गर्ने गरिन्छ । आमा गुमाइसकेकाहरुले तर्पण, पिण्ड दान र श्राद्ध गरी...

विकासका लागि साझा धारणा बनाउन बृहत् अन्तरक्रिया हुने

घोराही, २ वैशाख । दाङको समग्र विकासका लागि साझा धारणा बनाउन घोराहीमा यही बैशाख ४ गते बृहत अन्तरक्रिया कार्यक्रम हुने भएको छ । जिल्ला समन्वय समिति दाङको आयोजनामा जिल्लाको समग्र क्षेत्रको विकासका लागि दाङ जिल्लाको समृद्धिको लागि दूरदर्शी योजना विषयका बृहत् अन्तरक्रिया कार्यक्रम हुने भएको हो । जिल्ला समन्वय समितिले आज आफ्नै कार्यकक्षमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी बैशाख ४...

जेसीज सप्ताहअन्तर्गत आयोजित रक्तदान कार्यक्रममा २१ जनाद्वारा रक्तदान

दाङ, बैशाख २ । प्रत्येक वर्ष जस्तै यो वर्ष पनि त्रिभुवननगर जेसिज घोराहीले सप्ताहब्यापी कार्यक्रम सुरु गरेको छ । जेसिजले वर्षकोपहिलो दिन देखि एक साता सम्म विभिन्न कार्यक्रमहरु गरेर सामाजिक सेवा तथा परिवर्तनका लागि काम गर्दै आएको छ । यस वर्ष पनि विभिन्न कार्यक्रमहरु सहित बैशाख १ गते देखि जेसिज सप्ताह सुरु भएको हो ।सप्ताहको पहिलो दिन प्रभातफेरी, सप्ताहब्यापी...

अधिवेशनपछि राप्ती समिति फुट्यो, बामदेव खनालको अध्यक्षतामा नमस्ते यातायात प्रालि

घोराही, १ वैशाख । यात्रुहरुको सहजताका लागि दाङमा नमस्ते राप्ती यातायात प्रालि खुलेको छ । राप्ती समितिबाट बाहिरिएका व्यवसायीहरुको समूहले नयाँ प्रालि दर्ता गरेर यही वैशाख ६ गतेदेखि बस सञ्चालनमा ल्याउने प्रालिले शनिवार घोराहीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । यात्रुहरुलाई भरपर्दो र सुरक्षित यात्रासहितको सुविधा दिनेगरी प्रालि सञ्चालनमा ल्याइएको प्रालिले जनाएको छ । घोराहीको होटल डोकोमा पत्रकार सम्मेलन...

नयाँवर्षको दिन विभिन्न घटनामा परी चार जनाको मृत्यु

घोराही, १ वैशाख । दाङमा भएका विभिन्न घटनामा परी चारजनाको मृत्यु भएको छ । दुईजनाको गाडीको ठक्करबाट र २ जनाको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । घोराही उपमहानगरपालिका १४ नयाँ बसपार्क जाने ओरालोमा लु २ त ९३१२ नम्बरको ट्यांकरले रा २ प ४४९२ नम्बरको स्कुटीलाई ठक्कर दिदा घोराही १३ निबासी २६ वर्षीय प्रेम रोकाको...

प्रेस चौतारी दाङद्वारा सातजना पत्रकार पुरस्कृत

घोराही, १ वैशाख । प्रेस चौतारी दाङले आठौँ अधिवेशनको अवसरमा ७ जना पत्रकारहरुलाई पुरस्कृत गरेको छ । चौतारीले यस वर्षको चौतारी योगदान पत्रकारिता पुरस्कार कान्तिपुर राष्ट्रिय दैनिकका उप–सम्पादक दुर्गालाल केसीलाई प्रदान गरेको छ । केसीलाई चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतसहित संघीय संसदका सदस्य सुजिता शाक्यले नगद १० हजार राशिसहित सम्मानपत्र प्रदान गर्नुभयो । यस्तै मदन स्मृति आर्थिक पत्रकारिता पुरस्कार सञ्चार...

तुलसीपुरका मेयरले दिए नयाँवर्षको शुभकामना

तुलसीपुर, १ वैशाख । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले नयाँवर्ष २०७५ को अवसरमा सम्पूर्ण नगरवासीलाई शुभकामना व्यक्त गरेका छन् । विज्ञप्ती जारी गर्दै नगर प्रमुख पाण्डेले नयाँवर्षले हरेक नगरवासीले सोचेका कुरा पूरा होऊन् भन्दै तुलसीपुरलाई समृद्ध नगरका रुपमा विकास गर्नका लागि हरेक नगरवासीमा उत्साहको सञ्चार हो‌ओस् भन्ने कामना समेत गरिएको छ । मेयर पाण्डेले विज्ञप्तिमा लेखेका छन् ‘ पुराना कुरा सबै...

ताजा समाचार