नयाँवर्षको शुभकामनामा नगर प्रमुख चौधरीको समृद्ध नगर बनाउने संकल्प
घोराही, १ वैशाख । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले नयाँवर्ष २०७५ सालको अवसरमा नगरवासी सबैलाई शुभकामना व्यक्त गर्नुभएको छ । नगर प्रमुख चौधरीले शुभकामना सन्देश जारी गर्दै नयाँवर्षको अबसरमा सम्पूर्ण घोराही उपमहानगरवासीहरुको सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।
नयाँवर्षमा नगरवासीमा छाएको उमङ्ग, उत्साहले घोराही उपमहानगरलाई समृद्ध नगर बनाउन सकारात्मक भूमिका खेल्ने अपेक्षा नगर प्रमुख चौधरीले गर्नुभएको छ ।...
राराबाट सम्बोधन गर्दै के भने प्रधानमन्त्रीले ?
रारा, १ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अब आर्थिक विकास र समृद्धिका लागि अभूतपूर्व अवसर आएको बताएका छन् ।
नेपालको ठूलो र मनमोहक ताल राराबाट देशवासीका नाममा आज बिहान सम्बोधन गर्दै प्रधानमन्त्रीले मुलुकका समस्या समाधान गर्न सरकार सक्षम रहेको उल्लेख गर्दै भने, ‘‘निर्वाचनको सफलतासँगै हाम्रो देश नेपाल, लोकतान्त्रिक अभ्यासमा नयाँ मानक स्थापित गर्न सफल भएको छ । इतिहासले...
त्रिभुवननगर जेसिजको सप्ताहव्यापी कार्यक्रम
दाङ, चैत्र २९ । त्रिभुवननगर जेसिजले जेसिज सप्ताह मनाउने भएको छ । बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी नयाँ वर्षको अवसरमा १ गतेदेखि विभिन्न कार्यक्रमहरु गरी सप्ताह मनाउने कार्यक्रम तय भएको जानकारी दिइएको थियो ।
पहिलो दिन बैशाख १ गते प्रभातफेरि तथा शुभकामना आदानप्रदान कार्यक्रम रहेको र सो कार्यक्रमको संयोजक बसन्तराज अधिकारी रहेको सप्ताह संयोजक मीनराज भाटले बताउनुभयो । दोस्रो दिन...
राप्ती साहित्य पुरस्कार मजगैयाँलाई, १८ स्रष्टा पुरस्कृत
घोराही, २९ चैत । राप्ती साहित्य परिषद प्रतिभा छनौट समितिकोे बैठकले यस वर्षका लागि विभिन्न प्रतिभाहरुको नाम छनौट गरेको छ । बुधबार घोराहीमा बसेको समितिको बैठकले गरेको निर्णय अनुसार यस वर्षको राप्ती साहित्य पुरस्कार दाङका वरिष्ठ साहित्यकार उत्तमकृष्ण मजगैयाँलाई प्रदान गरिने भएको छ ।
त्यसैगरी यस वर्षको राप्ती सिर्जना पुरस्कार रोल्पाको साहित्यकार डि.बी. टुहुरोलाई २०७३ सालमा प्रकाशित भएको उनको पुस्तक...
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने
घोराही, २९ चैत । दाङ जिल्ला खेलकुद विकास समितिले १०औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्ने भएको छ । बिहीबार समितिका अध्यक्ष डिल्लीबहादुर डाँगीको अध्यक्षतामा बसेको बैठकले वैशाख ६ गतेदेखि ८ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो ।
बिहान ११ बजेदेखि सुरु हुने कार्यक्रमको उद्घाटन गर्न राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट आउनु हुने भएको छ । सोही...
पेशागत सुरक्षाका लागि एकजुट हुन आग्रह
दाङ, २९ चैत । पेशागत सुरक्षाका लागि एकजुट हुनुपर्ने शिक्षकहरुले जोड दिएका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठन दाङले बिहीवार घोराहीमा आयोजना गरेको ३९ औं शिक्षक दिवस तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनीहरुले पेशागत सुरक्षाका लागि सबै शिक्षकहरु गोलबन्द हुनुपर्नेमा जोड दिए । दरबन्दी मिलानको क्रममा शिक्षा कार्यालयले अवरोध सिर्जना गरेको बताएका थिए ।
सामुदायिक विद्यालयका शिक्षकहरुको सम्मान...
एकीकृत पहिचानमा आधारित लगानीबाट मात्रै समृद्धि
घोराही, २९ चैत । सरकारी र गैरसरकारी निकायहरुको एकीकृत पहिचानका आधारमा मात्रै दिगो विकास हुने एक कार्यक्रमका बक्ताहरुले निष्कर्ष निकालेका छन् । जिल्ला समन्वय समिति दाङले बिहीबार घोराहीमा आयोजना गरेको समृद्ध दाङका लागि गैरसरकारी संस्थाहरुको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रममा बक्ताहरुले गैरसकारी निकायहरुको सहकार्यले सरकारका कार्यक्रमहरु सफल हुने निष्कर्ष निकालेक हुन् ।
समन्वय विनाका कार्यक्रमहरुले नतिजा राम्रो दिन नसक्ने भएकाले सरकारका...
घोराहीमा कक्षा ८ को नतिजा प्रकाशित
घोराही, २९ चैत । घोराही उपमहानगरपालिकाले यस वर्षको कक्षा ८ को जिल्लास्तरीय परीक्षाको नतिजा सार्वजनिक गरेको छ । यस वर्षदेखि स्थानीय सरकारले आफै सञ्चालन गरेको कक्षा ८ को परीक्षाको नतिजा उपमहानगरले बिहीबार सार्वजनिक गरेको हो ।
घोराही उपमहानगरपालिकास्तरीय आधारभूत तहको परीक्षा समितिका अध्यक्ष एवं प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीको अध्यक्षतामा कक्षा ८ को नतिजा सार्वजनिक गरिएको हो । ३९ वटा सरकारी...
प्रेस चौतारी योगदान पुरस्कार केसीलाई
घोराही, २९ चैत । प्रेस चौतारी दाङले यस वर्षको योगदान पुरस्कार प्रेस चौतारीका पूर्वअध्यक्ष दुर्गालाल केसीलाई दिने निर्णय गरेको छ । पुरस्कार छनौट समितिको आज बसेको बैठकले १० हजार राशि भएको उक्त पुरस्कार कान्तिपुर दैनिकका उप–सम्पादक समेत रहेका केसीलाई दिने निर्णय गरेको हो ।
यस्तै मदन स्मृति आर्थिक पत्रकारिता पुरस्कार सञ्चार अनलाइनका सम्पादक किरण गौतमलाई, प्रेस चौतारी प्रतिभा पुरस्कार रेडियो प्रकृतिका...
घोराही १६ को भवन शिलन्यास, असारसम्म निर्माण सम्पन्न हुने
घोराही, २९ चैत । घोराही उपमहानगरपालिका वडा नम्बर १६ ले वडा कार्यालयको भवन निर्माण थालेको छ । निर्माण हुन थालेको भवनको आज घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, उपप्रमुख सीता न्यौपाने र वडा अध्यक्ष लछिनप्रसाद बुढाले संयुक्तरुपमा शिलान्यास गर्नुभएको छ ।
सानीअम्बापुरको मुना टोलमा करिब ६७ लाख रुपैयाँको लागतमा चार कोठे भवन निर्माणको काम थालिएको छ । चालु आर्थिक वर्षभित्रै निर्माण...














