मावि दरबन्दी नहुँदा पठनपाठनमा समस्या
दाङ, १० जेठ । विद्यालयमा मावि दरबन्दी नहुँदा पठनपाठनमा समस्या भएको एक कार्यक्रमका सहभागीहरुले गुनासो गरेका छन् । इन्सेक दाङको समन्वय तथा मानवअधिकार निगरानी समूह लक्ष्मीपुरको आयोजनामा मावि झिङ्नीमा भएको शैक्षिक गुणस्तरका लागि शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति र विद्यार्थीबीच भएको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले त्यस्तो गुनासो गरेका हुन् ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद अधिकारीले मावि दरबन्दी नभएकाले तल्लो तहका शिक्षकले...
घोराहीमा जेठ २५ देखि मेयरकप फुटबल
घोराही, १० जेठ । घोराही यही जेठ २५ गतेदेखि नगरस्तरीय रनिङ मेयरकप फुटबल प्रतियोगिता हुने भएको छ । घोराही उपमहानगरपालिकाको २८ औँ कार्यपालिकाको बैठकले यही जेठ २५ गतेदेखि घोराहीमा ‘घोराही नगरस्तरीय रनिङ मेयरकप फुटबल’ खेल सञ्चालन गर्ने निर्णय गरेको हो ।
नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले घोराही उपमहानगरपालिकाभित्रका फुटबल खेल तथा फुटबल खेलका संरचनाहरु विकास गरी फुटबल खेलाडीहरुमा...
भावनात्मक रुपमा एकजुट हुन सके अधिकार सम्पन्न
घोराही, ९ जेठ । भावनात्मक रुपमा एकजुट हुन सकेमा अधिकार प्राप्त गर्नका लागि कसैलाई गुहार्नु नपर्ने घोराहीमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । नेपाल आदिवासी जनजाति महासंघ घोराही नगर समितिको आज सम्पन्न भएको भेलामा बोल्ने सहभागीहरुले यस्तो बताएका हुन् ।
बिगतमा आफ्नै कारणले पछाडि पारिएको भन्दै उनीहरुले जनजाति समुदायका अधिकार प्राप्तिका लागि सबै जनजातिहरुबीच एकता हुन आवश्यक रहेको बताएका...
काँग्रेस क्षेत्र नं. २ र ३ को बैठक सम्पन्न
दाङ, ९ जेठ । नेपाली काँग्रेस क्षेत्र नं. ३ को बैठक बुधबार सम्पन्न भएको छ । बैठकले घोराहीको बिपी चोकमा स्थापना गर्न थालिएको बिपीको शालिक निर्माणको तयारी अन्तिम चरणमा पुगेकाले शालिक निर्माणमा सहयोग गर्न नेपाली काँग्रेका नेता कार्यकर्ता, भातृ सङ्गठन तथा शुभेच्छुक संघसंस्था, व्यक्तिहरु सबैमा आग्रह गरेको छ ।
क्षेत्रिय सभापति भूपबहादुर डाँगीको अध्यक्षता तथा निवर्तमान सांसद राजु खनालको प्रमुख...
स्वास्थ्यमा ध्यान दिन नगर प्रमुख चौधरीको आग्रह
घोराही, ९ जेठ । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले नागरिकहरुलाई आफ्नो स्वास्थ्यमा ध्यान दिन आग्रह गर्नुभएको छ । घोराही उपमहानगरपालिकाको वडा नम्बर ८ ले आज मर्पामा आयोजना गरेको एकीकृत स्वास्थ्य शिविरको उद्घाटन गर्दै नगर प्रमुख चौधरीले स्वास्थ्य नै सम्पत्ति भएको भन्दै यसलाई खेलवाडका रुपमा लिन नहुने बताउनुभयो ।
कुनै पनि रोगलाई नलुकाउन आग्रह गर्दै नगर प्रमुख चौधरीले समयमै उपचार गर्न...
घोराहीका अधिकांश डेरी पसलहरु मापदण्ड बिपरीत !
दाङ, ९ जेठ । दाङको घोराहीमा रहेका डेरी पसलहरु मापदण्ड बिपरित सञ्चालन भएको पाइएको छ । घोराहीका अधिकांश डेरी पसल सञ्चालकहरुले डेरी पसलको रुपमा दर्ता गरेर कफी हाउस र किराना पसलहरु सञ्चालन गरेको पाइएको छ भने किराना पसल र कफी हाउसको रुपमा दर्ता गरेर डेरी पसलहरु सञ्चालन गरिरहेको पाइएको हो ।
बुधबार स्थानीय प्रशासन र विभिन्न निकायहरुले गरेको अनुगमनका क्रममा...
बालमैत्री स्थानीय शासन प्रवर्द्धन गर्दै बंगलाचुली गाउँपालिका
दाङ, ९ जेठ । स्थानीय तहमा बालमैत्री शासनको विकास भए मात्र बालबालिकाहरु अधिकार सम्पन्न बन्ने एक कार्यक्रमका सहभागीहरुले निष्कर्ष निकालेका छन् । देशभर रहेका ४२ प्रतिशत बालबालिकाहरुलाई अधिकार सम्पन्न बनाए मात्रै नयाँ पिढीले देशको लागि केही गर्नसक्ने निष्कर्ष निकालेका हुन् ।
बंगलाचुली गाउँपालिकाको आयोजनामा मंगलबार आयोजित बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण कार्यशाला गोष्ठीका सहभागीहरुले यस्तो कुरामा जोड दिएका हुन् ।
कार्यक्रममा बोल्दै...
घोराही २ मा बालविवाह विरुद्ध घरदैलो
घोराही, ८ जेठ । '१५ वर्षमै विवाह गरे, दुई सन्तान पनि जन्मिए, अहिले विभिन्न समस्या भोगिरहेकी छु, मैले नजानेर भविष्य राम्रो बनाउन सकिन तपाईहरुले विवाह होइन पढाई लेखाई गर्नुहोला' घोराही उपमहानगरपालिका–२ मोतीपुरकी २० वर्षीया शिवा परियारले मंगलबार स्थानीयलाई बालविवाह गर्दा आउने समस्याबारे घर घरमै पुगेर सुझाउनुभयो । पढ्न लेख्नसमेत नपाएकी परियार अहिले २० वर्षकी हुनुहुन्छ । दुई सन्तानकी आमा...
सुर्केडाँगीमा खानेपानीका लागि डिप बोरिङ
घोराही, ८ जेठ । घोराही उपमहानगरपालिका वडा नम्बर २ को सुर्केडाँगीमा करिब ४ सय घरधुरीलाई खानेपानी पुर्याउने लक्ष्यका साथ डिप बोरिङको निर्माण थालिएको छ । चालु आर्थिक वर्षको घोराही उपमहानगरपालिकाले विनियोजन गरेको १५ लाख रुपैयाँको लागतमा सुर्केडाँगी गाउँमा खानेपानीको डिप बोरिङ निर्माण थालिएको हो ।
डिप बोरिङको घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले शिलान्यास गर्नुभएको छ । चालु आर्थिक वर्षमै निर्माण सम्पन्न...
बालविवाह नगर्न र नगराउन कार्यबहाक नगर प्रमुख न्यौपानेको आग्रह
घोराही, ६ जेठ । घोराही उपमहानगरपालिकाका कार्यबहाक नगर प्रमुख सीता न्यौपानेले बालविवाह नगर्न र नगराउन सबैलाई आग्रह गर्नुभएको छ ।
दाङ सञ्चार प्रालिको आयोजना र घोराही उपमहानगरपालिका वडा नम्बर २ को सहयोगमा आजदेखि रामपुरमा सुरु भएको दुईदिने बालविवाह न्यूनिकरणसम्बन्धी अभिमुखीकरण कार्यक्रममा कार्यबहाक नगर प्रमुख न्यौपानेले बालविवाहले धेरै असर निम्त्याउने बताउनुभयो ।
बालविवाहलाई निरुत्साहित गर्न स्वयम् बालबालिका सचेत हुनुपर्ने र त्यसमा अभिभावकहरुले...













