बालबालिकाको सर्वोत्तम हितमा लगानी आवश्यक
घोराही, १२ जेठ । बालबालिकाको सर्वोत्तम हितका कार्यक्रममा लगानी अावश्यक रहेको घोराही उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत बालकृष्ण खनालले बताउनुभएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर ११ को आयोजनामा शुक्रबारदेखि खैरामा सञ्चालित बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण कार्यक्रमको आज समापनका अवसरमा बोल्दै प्रमुख अतिथि खनालले बालबालिकाका क्षेत्रमा थुप्रै रकम खर्च गरिए पनि त्यसको प्रतिफल सोचेअनुसारको नभएकाले बालबालिकाकोआवश्यकता एवं प्रतिफलमुखी कार्यक्रममा लगानी...
अम्बापुर खानेपानीको पाँचौँ साधारणसभा सम्पन्न
दाङ, १२ जेठ । अम्बापुर खानेपानी तथा सरसफाइ उपभोक्ता समिति घोराही १८ अम्बापुर दाङको पाँचौं साधारणसभा आज (शनिवार) सम्पन्न भएको छ ।
समितिका अध्यक्ष बिष्णुप्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि घोराही १८ का वडा अध्यक्ष भरत अर्यालले खानेपानीको दिगो ब्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभएको थियो । सरकारी र निजी क्षेत्रबाट गरी त्यस क्षेत्रमा झण्डै दुइ सय बिघा जमिनमा ब्यवस्थित बसोबासको...
कम्युनिष्ट नेता गौतमको श्रद्धाञ्जलीसभा सम्पन्न
घोराही, १२ जेठ । कम्युनिष्ट नेता घोराही उपमहानगरपालिका १२ हिलेखर्क निबासी भानु गौतमको १२औँ दिनको पुण्यतिथिमा श्रद्धाञ्जलीसभा गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी दाङले स्वर्गीय गौतमको शनिबार उहाँकै घरमा श्रद्धाञ्जलीसभा गरेको हो ।
श्रद्धाञ्जलीसभामा बोल्ने नेताहरुले तत्कालिन नेकपा एमाले दाङ जिल्ला सल्लाहकार कमिटीका सदस्य गौतमको निधनले बामपन्थी कम्युनिष्ट आन्दोलनमा ठूलो क्षति पुगेको उल्लेख गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि नेपाल...
सांसद विष्णु पौडेलद्वारा मुक्त कमैयाको उचित व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण
दाङ, जेठ १२ । प्रतिनिधिसभा सदस्य विष्णु शर्मा पौडेलले मुक्त कमैयाको उचित व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सरकारको नीति तथा कार्यक्रमको छलफलमा बोल्दै दाङ क्षेत्रनम्वर १ का समानुपातिक प्रतिनिधिसभा सदस्य पौडेलले मुक्त कमैया घोषणाको १८ वर्ष पुग्न लाग्दा समेत मुक्त कमैयाहरुको सही व्यवसथापन हुन नसकेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
मुक्त कमैया घोषणा व्यवहारमा नदेखिएको पौडेलले...
पारदर्शिता ल्याउन सामाजिक संस्थालाई लेखा तालिम
घोराही, ११ जेठ । सामुदायिक संस्थाहरुको लेखा व्यवस्थापनलाई सुधार गर्ने उद्देश्यले दाङको घोराहीमा दुईदिने तालिमको आयोजना गरिएको छ । घोराही उपमहानगरपालिका गरिबसँग विश्वेश्वर कार्यक्रमको आयोजनामा सामुदायिक संस्थामा आबद्ध पदाधिकारीहरुलाई तालिम दिन थालिएको हो ।
वडा नम्बर १३ र १८ मा गरिव सँग विश्वेश्वर कार्यक्रम मार्फत गठन भएका विभिन्न समूहका अध्यक्ष, कोषाध्यक्ष र सचिवहरुका लागि लेखा व्यवस्थापन सम्बन्धी तालिमको आयोजना गरिएको...
देशको समृद्धिका लागि बालबालिकामा लगानी गर्नुपर्ने
तुलसीपुर, ११ जेठ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ का वडा अध्यक्ष भूपबहादुर केसीले देशको समृद्धिका लागि बालबालिकामा लगानी गर्नुपर्ने बताउनुभएको छ । वडा कार्यालयले आयोजना गरेको बालअधिकार तथा बालमैत्री स्थानीय शासनसम्बन्धी ३ दिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष केसीले बालबालिकाहरुमा आज गरिएको लगानी नै भोलिका लागि देशको समृद्धिको आधार भएको बताउनुभएको हो ।
कार्यक्रममा बोल्दै वडा नं. १७...
विद्यानिलकण्ठमा विद्यार्थीहरुले आफ्नो नेतृत्व आफै चुने
घोराही, ११ जेठ । विद्यानीलकण्ठ माध्यमिक विद्यालय घोराहीका विद्यार्थीहरुले मतदानबाट आफ्नो नेतृत्व आफै चुनेका छन् । मतदानको विधिबाट उनीहरुले आफ्नो नेतृत्व चुनेका हुन् । विद्यालयको अतिरिक्त क्रियाकलापअन्तर्गत भएको प्रयोगात्मक अभ्यासमा मतदाता शिक्षा र लोकतन्त्रको अभ्यास सिकाउने उद्देश्य राखिएको विद्यालयका प्रिन्सिपल गणेश केसीले जानकारी दिनुभयो ।
विद्यालयमा रहेका चार सदनका क्याप्टेन, भाइस क्याप्टेन र समग्र विद्यार्थी नेताका रुपमा एक छात्र र...
रोग लुकाउनाले पाठेघरको समस्या डरलाग्दो बन्दै
घोराही, ११ जेठ । रजमती थापा उमेरले ७९ बर्ष पुग्नुभयो । ५ वटा बालबच्चा जन्माउनुभयो । गर्भअवस्थामा उचित स्याहार र ध्यान नपुग्दा उहाँको स्वास्थ्य नाजुक बन्यो । ९/१० वर्षदेखि उहाँले पेटको समस्या बोकेर बिभिन्न अस्पताल धाउँदै हुनुहुन्छ ।
घोराही उपमहानगरपालिका ८ निवासी रजमतीलाई पाठेघरको समस्याले ग्रसित बनाएको छ । 'दर्जनौ अस्पतालहरुमा पुगेँ तर निको नै हुँदैन, कस्तो रोग लागेछ?' रजमतीले...
पत्रकार शर्मा र बस्नेत पुरस्कृत हुने
घोराही, ११ जेठ । नेपाल पत्रकार महासंघ दाङले दुईजना पत्रकारहरुलाई सम्मान गर्ने भएको छ । पत्रकार महासंघको प्रतिभा छनोट समितिले पुरस्कारका लागि २ जना पत्रकार प्रतिभाहरुहरुलाई छनोट गरेको हो ।
जसमा कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य अजयदीप शर्मा र चिन्तामणी–जमुना स्मृति पत्रकारिता पुरस्कार नागरिक दैनिकका पत्रकार देवेन्द्र बस्नेतलाई प्रदान गरिने छ । उहाँहरुलाई जेठ...
विद्यार्थीहरुलाई बानी बृद्धि विकाससम्बन्धी अभिमुखीकरण
महेश बस्नेत
घोराही, ११ जेठ । सकारात्मक सोचका साथै विद्यार्थीहरुको बानीमा बृद्धि विकास पुर्याउनका लागि घोराही उपमहानगरपालिका वडा नं. १६ मा रहेको ज्ञानमाला एकेडेमीले अभिमुखीकरण सम्पन्न गरेको छ । विद्यार्थीहरुमा आत्मविश्वास उजागर गराउनुका साथै लक्ष्य प्राप्तिका लागि निरन्तर कर्ममा कटिबद्ध भएर लाग्न प्रेरणा जगाउन अभिमुखीकरण सञ्चालन गरिएको विद्यालय सञ्चालन समितिका अध्यक्ष नारायण पोख्रेलले बताउनुभयो ।
सफलता प्राप्त गर्नका लागि आफूमा असल...














