बुहारीले गरिन् सासुको हत्या
घोराही, ७ असार । घोराही उपमहानगरपालिका वडा नं. ८ की ३२ वर्षीया लालसरी बुढाले ५६ वर्षीया सासु दिलकुमारी बुढाको हत्या गरेकी छन् । कान्छी बुहारी लालसरीले घाँटी थिचेर मारेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
सेवारस्थित बृद्धा बस्दै आएको झुपडीमा उनको शव भेटिएपछि नजिकै बस्दै आएकी कान्छी बुहारीलाई प्रहरीले बुधवार नै पक्राउ गरी अनुसन्धान थालेको दाङका निमित्त प्रहरी प्रमुख डिएसपी...
सभामुख सर्वोदयको आजीवन सदस्य
दाङ, ७ असार । सभामुख कृष्णबहादुर महराले सर्वोदय पुस्तकालय तथा वाचानालय घोराहीको आजीवन सदस्यता लिनुभएको छ ।
उहाँले बिहीवार घोराहीमा आयोजित एक कार्यक्रमबीच सदस्यतापत्र लिनुभएको हो । पुस्तकालय ब्यवस्थापन समिति अध्यक्ष सुशील गौतमले सदस्यतापत्र प्रदान गर्नुभएको हो । सो अवसरमा सभामुख महराले राप्तीकै जेठो पुस्तकालय सर्वोदयको सदस्यता लिएसँगै आफ्नो दायित्व पनि बढेको र यसको विकासका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो...
बिपन्न गाउँबाट विकास थाल्न महराको सुझाव
घोराही, ६ असार । संघीय संसदका सभामुख कृष्णबहादुर महराले बिपन्न वस्तीहरुबाट विकास थाल्न सुझाव दिनुभएको छ । घोराही उपमहानगरपालिकाका प्रमुखसहित जनप्रतिनिधिहरुसँग बुधबार घोराहीमा भएको छलफलमा सभामुख महराले विकासमा पछि परेको क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको हो ।
बिपन्न वस्तीहरुका साना साना योजनाहरुलाई प्राथमिकता दिन सभामुख महराले सुझाव दिनुभएको छ । अबको नीति, कार्यक्रम र बजेटमा प्राथमिकीकरण गर्न आवस्यक रहेको भन्दै...
अखिल (क्रान्तिकारी)द्वारा आइतवार देशैभर शैक्षिक संस्था बन्द आह्वान
घोराही, २ असार । अखिल (क्रान्तिकारी)ले पक्राउ परेका आफ्ना नेता, कार्यकर्ताको रिहाइको माग गर्दै भोलि आइतवार दाङसहित देशैभर आम शैक्षिक हड्तालको आह्वान गरेको छ ।
शनिबार प्रेस विज्ञप्ति जारी गर्दै अखिल (क्रान्तिकारी) दाङले शिक्षा क्षेत्रमा देखिएको दलालीकरण, भ्रष्टीकरण अन्त्यको माग गर्दै शान्तिपूर्णरुपमा विरोध गरिरहेको अवस्थामा सरकारले नागरिकलाई पक्राउ गरी झुठा मुद्दा लगाउन लागेको भन्दै उनीहरुको यथाशीघ्र रिहाइको माग गरेको छ...
समाज रुपान्तरणका लागि युवाको नेतृत्व आवश्यक
दाङ, २ असार । प्रदेश नं. ५ का प्रदेशसभा सदस्य उत्तरकुमार ओलीले युवाको नेतृत्व समाज रुपान्तरणका लागि महत्वपूर्ण भएको बताउनुभएको छ । दङ्गीशरण गाउँपालिकामा रहेका युवा क्लवका पदाधिकारीहरुका लागि आयोजित अभिमुखीकरण कार्यक्रमको आज आयोजित समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि ओलीले युवाहरुको सही नेतृत्वले समाजलाई सही दिशामा निर्देश गर्ने बताउनुभएको हो ।
कार्यक्रममा बोल्दै प्रमखु अतिथि ओलीले स्थानीय तहलाई युवा लक्षित...
मरुभूमिको धुलो भित्रिदा ‘हिलो’ सहितको पानी
दाङ, २ असार । भारतको राजस्थान मरुभूमिबाट नेपाल प्रवेश गरेको ठुलो मात्राको धुलोयुक्त हावाको कारणले नेपालमा गएराति ‘हिलो’ सहितको पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
काठमाडौँ, सुनसरीको धरान, इटहरी, मोरङको पूर्वी क्षेत्र, सिराहाको धनगढीमाइ, नवलपरासी, दाङ, नेपालगञ्जलगायतका स्थानहरुमा हिलोसहितको पानी परेको स्थानीयहरुले बताएका छन् । नेपालका विभिन्न स्थानहरुमा यस्तो पानी परेको जनाउँदै विभागले आफ्नो ट्वीटमार्फत सो कुराको...
पुस्तकालयलाई डिजिटल प्रविधिमा लगिनेः सापकोटा
घोराही, १ असार । लाइब्रेरी फाउण्डेसनका अध्यक्ष सोम सापकोटाले फाउण्डेसनले नेपालका पुस्तकालयहरुलाई डिजिटल प्रविधिमा लग्ने अभियान थालेको र यस क्रममा मुलुकभरीका ४० बढी पुस्तकालयलाई डिजिटल प्रविधिमा रुपान्तरण गरेको जनाउनुभएको छ । अध्यक्ष सापकोटाले दाङको सर्वोदय पुस्तकालयद्वारा घोराहीमा आज आयोजित स्वागत एवं छलफल कार्यक्रम उक्त कुरा बताउनुभएको हो ।
गैर आवासीय नेपाली संघ (एनआरएन) का सहकोषाध्यक्ष समेत रहनुभएका सापकोटाले जनस्तरबाट निर्मित...
फूल रोपेर नयाँ सेमेष्टरको सुरुवात
दाङ, १ असार । घोराहीस्थित भिक्टोरिया कलेजमा बिबिए नयाँ सेमेष्टरको सुरुवात फूल रोपेर गरिएको छ । शिक्षक र बिद्यार्थीहरुले शुक्रबार कलेज प्राङ्गणमा ज्ञाणको प्रतीकका रुपमा फूल रोपेर कक्षाको सुरुवात गरेका हुन् ।
कलेजमा शुक्रबारदेखि बिबिए दोस्रो, चौथो, छौठौं र आठौं सेमेष्टरको पठनपाठन सुरुवात भएको छ । नयाँ सेमेष्टर सुरुवात कार्यक्रममा बोल्ने वक्ताहरुले शिक्षालाई जीवन उपयोगी बनाउनुपर्नेमा जोड दिएका थिए ।कार्यक्रमका...
पाँच सयका नोट नक्कली नभएको पुष्टि
घोराही, २९ जेठ । घोराहीमा कारोवार भएको नेपाली ५ सयका नोट नक्कली नभएको पुष्टि भएको छ । घोराही उपमहानगरपालिका १४ नयाँबजारस्थित ओम भाँडा पसलका सञ्चालक अजय गुप्ता र अमित गुप्ताले भारु रुपैयाँ ग्राहकसँग सटही गर्दा ५ सयका नक्कली नोट दिएको भनी प्रहरीले नियन्त्रणमा लिएको थियो ।
५ सयका नोटमा दुई वटा बाघको चित्र हुने गरेको तर ती सटही नोटमा एउटा...
दाङका निजी विद्यालयमा तीन दिन गर्मी बिदा
घोराही, २९ जेठ । बढ्दो गर्मीका कारण पठनपाठन प्रभावित हुँदै गएपछि दाङका निजी विद्यालयहरु भोलिदेखि तीन दिन बन्द हुने भएका छन् । निजी विद्यालयहरुको छाता संगठन प्याब्सन र एन प्याब्सनले आज विज्ञप्ति जारी गर्दै बढ्दो गर्मीका कारण विद्यार्थीको संख्या पनि घटेपछि बिदा गरिएको उल्लेख गरेका छन् ।
प्याब्सन दाङका अध्यक्ष यादव गिरी र एन प्याब्सन दाङका अध्यक्ष भीमबहादुर बुढाथोकीले जारी...














