भोलिदेखि घोराहीमा मेयरकप रनिङ फुटबल

घोराही, २४ जेठ । घोराही उपमहानगरपालिकाको आयोजनामा भोलिदेखि प्रथम घोराही नगरस्तरीय मेयर कप रनिङ फुटवल प्रतियोगिता २०७५ हुने भएको छ । प्रतियोगिताको सबै तयारी पूरा भएको प्रतियोगिता मूल समितिले जनाएको छ । घोराही उपमहानगरपालिकाभित्र रहेका १९ वटै वडाबाट एकएक टिम प्रतियोगितामा सहभागी हुनेछन् । भोलिदेखि सुरु हुने प्रतियोगिता असार ११ गतेसम्म चल्नेछ । लिगकम नक आउटबाट खेलाइने प्रतियोगितामा प्रथम हुनेलाई...

सर्पदंशबाट तुलसीपुरमा एक महिलाको मृत्यु

तुलसीपुर, २४ जेठ । तुलसीपुर उपमहानगरपालिका ११ पिरगाउँमा सर्पदंशबाट एक जना महिलाको मृत्यु भएको छ । ३५ वर्षीया दुर्गा लामिछानेको सर्पदंशबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । बिहीवार विहान ९ बजेतिर घरभित्रै विषालु सर्पले डसेपछि उपचारका लागि राप्ती उपक्षेत्रीय अस्पताल घोराही पुर्‍याए लगतै लामिछानेलाई चिकित्सकले मृत घोषणा गरेका थिए । प्रावि कटाँहाको शिक्षिका समेत रहेकी लामिछाने विद्यालय जान आउन...

रझेना चोकमा लमही डेरीको बिक्री केन्द्र

घोराही, २४ जेठ । घोराही उपमहानगरपालिका रझेना चोकमा लमही डेरी उद्योगले बिक्री केन्द्र स्थापना गरेको छ । लमहीमा डेरी उद्योग सञ्चालन गर्दै आएका सञ्चालकले घोराहीमा थप बिक्री केन्द्र स्थापना गरेको छ । उद्योगले यस अघि शहीद उमेशमार्ग र भरतपुरमा पनि लमही डेरीको बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ । दूग्धजन्य पदार्थहरु र त्यसबाट बन्ने विभिन्न प्रकारका वस्तुहरु बिक्री केन्द्रमा पाइने सञ्चालक...

घोराही २ को विकट वस्ती चाक्लीघाटमा स्वास्थ्य शिविर

घोराही, २४ जेठ । घोराही उपमहानगरपालिका वडा नम्बर २ को आयोजनामा विकट वस्ती चाक्लीघाटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । वडा नम्बर २ को स्वास्थ्य प्रवर्द्धन केन्द्रमार्फत उक्त विकट वस्ती चाक्लीघाटमा एक दिने स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । नेपाल परिवार नियोजन संघ र पन्थी डेन्टल क्लिनिकको सहयोगमा शिविर चलाइएको छ । भुगोलको दृष्टिले विकटमा रहेको चाक्लीघाटका नागरिकहरुको स्वास्थ्य...

सेटिङमै कारोबार हुन्छ नदीजन्य पदार्थ !

घोराही, २३ जेठ । सेटिङ नं. १ः बैशाखको महिना रातभर स्थानीयले नदीजन्य पदार्थ चोरी भइरहेको खबर गरेपछि चोरी रोक्न तत्काल हिँडेको टोली पातुखोला नपुग्दै दर्जनौं टिप्पर र जेसिबी भागे । जिससकै पदाधिकारी चोरी रोक्न पातुखोला जाँदै थिए । तर टोली आउँदै गरेको सूचना पहिल्यै पु¥याइएकै कारण चोरको बदमासी हेरेर रित्तो हात टोली घोराही फर्कियो । सेटिङ नं. २ः बैशाखकै महिना हो,...

घोराही १ मा ठाटीखोला हुँदै करमकोटसम्म सडक पुग्यो

घोराही, २३ जेठ । घोराही उपमहानगरपालिकाको वडा नम्बर १ मा पर्ने विकट पहाडी वस्तीमा मोटरबाटो पुगेको छ । घोराही उपमहानगरपालिकाको २० लाख र वडा नम्बर १ को ५ लाख गरी २५ लाख रुपैयाँको लागतमा साविक रामपुर गाविसको ठाटीखोला, ठाटीकोट, हेकराम, वस्तीकोट र करमकोटमा मोटरबाटो पु¥याइएको हो । पहाडका चट्टानहरु फोड्दै ती गाउँहरुमा सडक पुगेपछि बुधबार घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले...

व्यवस्थित पशुपालन तालिम सम्पन्न

दाङ, २३ जेठ । घोराही उप–महानगरपालिका वडा नम्बर ७ को आयोजनामा सञ्चालित पशु व्यवस्थापन तालिमको आज समापन गरिएको छ । परम्परागत रुपमा जीवन निर्वाहका लागि पशुपालन गरिरहेका किसानहरुलाई व्यावसायिक र स्वरोजगार बनाउने उद्देश्यका साथ तालिमको आयोजना गरिएको थियो । तालिममा व्यवस्थित पशुपालन गर्ने तरिका, डाले घाँस, उन्नत जातका बाख्रा, बङ्गुर तथा गाईपालनका फाइदा, औषधी उपचार, खोर तथा गोठ सुधार लगायतका...

‘मामै’ संरक्षणमा राष्ट्रिय नाचघर

घोराही, २२ जेठ । मगर समुदायको मामै नाच संरक्षणका लागि राष्ट्रिय नाचघर जुटेको छ । लोपोन्मुख बन्दै गइरहेको मामै नाच संरक्षणका लागि संस्थानले अध्ययन सुरु गरेको राष्ट्रिय नाचघरका महाप्रबन्धक राजेश थापाले मंगलवार पत्रकारसँगको भेटमा बताउनुभयो । महाप्रबन्धक थापाले दाङको सवारीकोटमा मात्रै भेटिएको मामै नाच मगर समुदायको प्रसिद्ध साँस्कृतिक मौलिक कलामध्ये एक रहेकाले त्यसको संरक्षणका लागि राष्ट्रिय नाचघर लागिपरेको बताउनुभयो । मगर...

सीपलाई व्यवसायमा बदल्न नगर प्रमुख चौधरीको आग्रह

घोराही, २२ जेठ । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले सीपलाई व्यवसायमा रुपान्तरण गर्न आग्रह गर्नुभएको छ । अपांगता भएका व्यक्तिहरुका लागि २१ दिने सिलाई मेसिन मर्मत तालिमको मंगलबार झिँगौरामा उद्घाटन गर्दै नगर प्रमुख चौधरीले सीपलाई व्यवसायमा रुपान्तरण गर्न आग्रह गर्नुभएको हो । नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रको आयोजना र घोराही उपमहानगरपालिकाको सहयोगमा आयोजित तालिम उद्घाटन कार्यक्रममा नगर प्रमुख चौधरीले...

टेलिकमद्वारा ४ जिल्लामा नि:शुल्क इन्टरनेट सेवा

दाङ, २१ जेठ । नेपाल टेलिकमले देशमा विभिन्न चार जिल्लामा निःशुल्क इन्टरनेट सेवा सुरु गरेको छ । टेलिकमले भूकम्पबाट अति प्रभावित जिल्लाहरु सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट र रसुवाका सार्वजनिक संस्था तथा महत्त्वपूर्ण स्थानमा यस्तो सेवा सुरु गरेको जनाएको छ । टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणसँग भएको सम्झौताअनुसार चार जिल्लाको ६ सय ७५ स्थानमा नि:शुल्क इन्टरनेट सेवा सुरु गरेको हो । चार जिल्लाका ७ सय ४७...

ताजा समाचार