घोराही २ मा जन्मदर्ता शिविर

घोराही, ३० वैशाख । घोराही उपमहानगरपालिका वडा नम्बर २ ले जन्मदर्ता शिविर सम्पन्न गरेको छ । वडाको पहाडी विकट क्षेत्र चाक्लीघाटमा ३ दिने जन्मदर्ता विशिर आयोजना गरेको हो । २७ गतेबाट सुरु भएको शिविरमा झण्डै दुईसय जनाले सेवा लिएको वडाअध्यक्ष केशव आचार्यले बताउनुभयो । जन्मदर्ता शिविर नाम दिइए पनि शिविरमा जन्मदर्ता, जेष्ठ नागरिक परिचय पत्र, मृत्यु दर्ता, नागरिकताको सिफारिस, विवाह...

घोराहीमा दश महिनामा १८ किलोमिटर कालोपत्रे

घोराही, ३० वैशाख । नीति तथा कार्यक्रममा सडक सञ्जाललाई बलियो बनाउने योजना ल्याएको घोराही उपमहानगरपालिकाले दश महिनामा १८ किलोमिटर सडकमा कालोपत्रे गरेको छ । उपमहानगरले बजार क्षेत्रमा कालोपत्रे र ग्रामीण क्षेत्रमा सडक खन्ने कामलाई तिब्रता दिएको छ । चालु आर्थिक वर्षमा उपमहानगर र सघन सहरी विकासको तर्फबाट सडक कालोपत्रे गर्ने काम तीब्र गतिमा भैरहेको छ । बजार क्षेत्रसँगै जोडिएका भित्री...

कृषकका लागि उन्नत जातको बोका वितरण

घोराही, २९ वैशाख । घोराही उपमहानगरपालिका वडा नम्बर २ ले कृषकहरुलाई उन्नत जातको बोका वितरण गरेको छ । बाख्रापालनलाई व्यावसायिक रुपमा विकास गर्नका लागि वडाले बोयर जातको बोका वितरण गरेको वडा अध्यक्ष केशव आचार्यले बताउनुभयो । चितवनबाट खरिद गरेर ल्याइएका दुईवटा बोका रामपुरस्थित प्रगति कृषक समूह र चाक्लीघाटको बाख्रापालन समूहलाई हस्तान्तरण गरिएको अध्यक्ष आचार्यले बताउनुभयो । रामपुरमा हाल चारवटा बाख्रापालन...

पार्टी एकीकरण जेठको पहिलो साता

दाङ, २८ वैशाख । पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले जेठ दोस्रो साता पार्टी एकीकरणको टुुङ्गो लाग्ने बताउनुभएको छ । शुुक्रबार प्रेस चौतारी नेपाल दाङ र प्रेस सेन्टर दाङ शाखाले घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोख्रेलले यस्तो बताउनुभएको हो । पार्टी एकीकरणका केही प्राविधिक विषय टुंग्याउने काम अन्तिम चरणमा पुगेको मुख्यमन्त्री पोख्रेलले बताउनुभयो । 'बढीमा १५...

शैक्षिक सुधारमा उपमहानगरको चासो, विद्यालयहरुमा देखियो चरम लापर्वाही

घोराही, २८ वैशाख । शैक्षिक क्षेत्रलाई सुधार गर्न घोराही उपमहानगरपालिका कडारुपमा प्रस्तुत हुन थालेको छ । शैक्षिक गुणस्तर वृद्धिका नाममा र लापर्वाहीहरु हुने क्रम बढेको गुनासोपछि घोराही उपमहानगरपालिकाले विद्यालयको अनुगमनमा कडाइ गरेको हो । उपमहानगरपालिकाको सामाजिक विकास समितिका संयोजक भरत अर्यालको संयोजकत्वमा रहेको विद्यालय अनुगमन समितिले आज नगर क्षेत्रका ६ वटा विद्यालयमा अनुगमन गरेको छ । दुईवटा सामुदायिक र चार...

बुद्ध इन्टरनेशनल हस्पिटलमा अण्डकोषको सफल अप्रेसन

घोराही, २८ वैशाख । बुद्ध इन्टरनेसनल हस्पिटल घोराहीमा पेटमा रहेको अण्डकोषको अप्रेसन सफल भएको छ । मृगौला रहेको स्थानबाट उत्पादन भएर गुप्ताङ्गमा झर्ने अण्डकोष नझरेपछि घोराही ११ हापुरका २३ वर्षीय चन्द्र बोहराको दुरविन विधिबाट अप्रेसन गरिएको हो । अस्पतालका प्रबन्ध निर्देशक डा. रमेश बस्नेतका अनुसार दायाँ भागको अण्डकोष अण्डथैलीमा झर्नुपर्ने भए पनि नझरेका कारण अप्रेसन गर्नु परेको हो । चिकित्सकहरु...

स्थापना दिवसमा रक्तदान

घोराही, २८ वैशाख । दाङ सूचना तथा सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित रेडियो मध्यपश्चिमको १२औँ स्थापना दिवसका अवसरमा १९ जनाले रक्तदान गरेका छन् । रेडियोको प्राङ्गणमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका १९ जनाले रक्तदान गरेको रक्तदान कार्यक्रम संयोजक बाबुराम पाण्डेले जानकारी दिनुभयो । रक्तदान गर्नेहरुमा रेडियो सञ्चालक समितिका सचिव सुदर्शन रिजाल, सदस्य शरद अधिकारी, एकनारायण पौडेल, स्थानीय शान्ति समितिका कार्यालय सचिव हेमराज...

घोराही ७ को वडा कार्यालय भवनको शिलान्यास

घोराही, २८ वैशाख । घोराही उपमहानगरपालिका वडा नम्बर ७ को कार्यालय भवनको आज शिल्यान्यास गरिएको छ । वडा अध्यक्ष खोपीराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले भवनको शिल्यान्यास गर्नुभएको हो । भवनको शिल्यान्यास गर्दै मेयर चौधरीले वडा कार्यालयको भवन निर्माणपछि जनतालाई सेवा दिन थप सहज हुने बताउनुभयो । उपमहानगरपालिकाको भ्याट बाहेक ५७ लाख रुपैयाँको लागतमा भवन निर्माण...

घोराहीका जलाशयलाई उत्पादनसँग जोड्न मुख्यमन्त्रीको आग्रह

घोराही, २८ वैशाख । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले घोराही उपमहानगरपालिकाले स्थापना गरेका जलाशयहरुको अवलोकन गर्नुभएको छ । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले सीमसार क्षेत्र विस्तार गर्ने, पानीको मुहान बढाउने, स्रोतको संरक्षण गर्दै जलाशयबाट किसानहरुले लाभ लिने उद्देश्यले निर्माण गरिएका जलाशयहरुको मुख्यमन्त्रीलाई अवलोकन गराउनुभएको हो ।घोराही उपमहानगरपालिका वडा नम्बर १६ बाहुनडाँडाको गंगटे, वडा नम्बर १७ को ढिकपुर...

हतकडीसहित एक अभियुक्त भागे

दाङ, २७ बैशाख– काठमाण्डौबाट दाङको तुलसीपुर ल्याउँदै गरेका एक अभियुक्त आज दिउँसो हतकडीसहित भागेका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिकाको मौरीघाटमा खाना खाने क्रममा उनी भागेको प्रहरीले जनाएको छ । जर्वजस्ती करणी र डाँकाचोरी मुद्धामा अभियोग लागेका घोराही उपमहानगरपालिका–१५ कटरबोट निवासी २१ बर्षीय पारस केसी काठमाण्डौस्थित सिंहदरबार बृत प्रहरीले पक्राउ गरी तुलसीपुर ल्याउने क्रममा भागेका हुन् । सार्वजनिक...

ताजा समाचार